समाचार

    Showing २९१-३०० of ६,२७० items.
  • १५०० केजी गाँजा बोकेको ट्रक नियन्त्रणमा

    इलामः इलामको इलाम नगरपालिका–९ भञ्ज्याङ स्थित मेची राजमार्गबाट १ हजार ५ सय ४ किलो ६१० ग्राम गाँजा बोकेको ना. ४ ख ८९९६ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ प्रहरी चौकी गोलाखर्कबाट गस्तीमा खटिएको प्रहरी टोलीले सवारी जाँचको क्रममा ट्रकमा फल्स बटम बनाएर त्रिपालले छोपी प्लास्टिको ४१ वटा बोरामा लुकाइछिपाई राखेको अवस्थामा सो गाँजा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । गाँजा बरामद भएसँगै उक्त ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ  । 

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ११० पटक पढिएको
  • साढे ४ सय केजी गाँजा बोकेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

    इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित कोशी लोकमार्गबाट ४ सय ५० किलोग्राम गाँजा बोकेको बा.२ च ९५७३ नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती प्रहरी चौकी तरहराबाट गस्तीमा खटिएको प्रहरी टोलीले कोशी लोकमार्गमा रोकिराखेको बा२ च ९५७३ नम्बरको एम्बुलेन्समाथि शंका लागी जाँच गर्ने क्रममा एम्बुलेन्सभित्र १५ वटा प्लास्टिकको पोको बनाएर राखेको ४ सय ५० किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएपछि सो एम्बुलेन्स नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १८३ पटक पढिएको
  • नमूना बचतको २६ औँ वार्षिक साधारणसभामा ४१ जना ज्येष्ठ सदस्य सम्मानित

    लेटाङः लेटाङ ८ जाँतेस्थित नमूना बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभाको अवसरमा ४१ जना ज्येष्ठ सदस्यसहित विभिन्न व्यक्तित्वहलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ज्येष्ठ सदस्यहरुको योगदानकै कारण संस्था यहाँसम्म आइपुगेकाले एकमुष्ट रुपमा ४१ जनालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले दोसल्ला ओढाएर विशेष उपहारसहित ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको थियो ।कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने शेयर सदस्यका सन्तानलगायतलाई सम्मान

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १२६ पटक पढिएको
  • सुन्दरहरैँचा–३ को कांग्रेस सभापतिमा जीवन ढुंगाना

    सुन्दरहरैँचा - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–३ को वडा सभापतिमा जीवन ढुंगाना निर्वाचित भएका छन्।अधिवेशनबाट ढुंगाना सभापतिमा निर्वाचित हुँदा माधवप्रसाद घिमिरे र भिमकुमारी भट्टराई उपसभापतिमा निर्वाचित भएका छन्। भट्टराई महिला समावेशी समूहअन्तर्गत उपसभापतिमा निर्विरोध निर्वाचित भएकी हुन्।त्यस्तै, सचिवमा रीता दाहाल र सहसचिवमा  झलका देवी दाहाल निर्वाचित भएका छन्। अधिवेशनबाट आठ सदस्यसहित वडा कार्यसमिति गठन भएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ८७६ पटक पढिएको
  • एकै पटक संशोधन हुँदै ३० भन्दा बढी ऐन

    काठमाडौंः सरकारले विभिन्न आपराधिक तथा गैरकानुनी गतिविधिबाट आर्जित सम्पत्ति, बैंक खाता, सवारी साधन तथा अन्य उपकरण रोक्का, जफत र व्यवस्थापन प्रक्रियालाई थप कडा र प्रभावकारी बनाउन ३० भन्दा बढी कानुनमा एकै पटक संशोधन गर्ने भएको छ ।गृह मन्त्रालयले ‘कसूरजन्य सम्पत्ति तथा साधनको रोक्का, नियन्त्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ को मस्यौदा तयार गरी राय–सुझावका लागि सार्वजनिक गरेको छ । मन्त्रालयले विधायन ऐन, २०८१ बमोजिम सर्वसाधारण तथा सरोकारवालाहरूबाट ईमेलमार्फत् राय सुझाव माग गरेको छ ।यो संशोधनमार्फत् अपराधबाट आर्जित सम्पूर्ण चल–अचल सम्पत्ति, अभौतिक मुद्रा (क्रिप्टोकरेन

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १६४ पटक पढिएको
  • प्रदेशको बजेट रोकिएपछि पूर्वाधार विकास कार्यालय खोटाङले संघीय सशर्त बजेटका योजनाको ठेक्का प्रक्रिया अघि बढायो

    खोटाङ - कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोजन भएको बजेट हाललाई रोकिएपछि प्रदेशअन्तर्गतका आयोजना तथा कार्यक्रमको ठेक्का प्रक्रिया प्रभावित भएको छ। बजेट संशोधनको प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म प्रदेश बजेटअन्तर्गतका योजनाको ठेक्का प्रकाशन नगर्न मन्त्रालयले निर्देशन दिएको छ।यता, संघीय सरकारबाट प्राप्त सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया भने अघि बढाइएको छ। पूर्वाधार विकास कार्यालय, खोटाङले संघीय सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया अघि बढाएको हो।ठेक्का प्रक्रियामा सहभागी हुने निर्माण व्यवसायी तथा सम्बन्धित पक्षलाई सहज होस् भन्ने उद्देश्यले कार्यालयले बोलपत्रसम्बन्ध

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ४०८ पटक पढिएको
  • अन्तरा म्युजिक सेन्टरको साङ्गीतिक कार्यक्रम भव्य, अतिथि दर्शकले गरे तारिफ

    बलियाः सुन्दरहरैंचा–४ बलियामा रहेको अन्तरा म्युजिक सेन्टरले प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार भव्य रूपमा साङ्गीतिक कार्यक्रम गरेको छ ।सुन्दरहरैंचा–४ बलियास्थित ज्येष्ठ नागरिक समाजको सभाहलमा भएको कार्यक्रममा सो म्युजिक सेन्टरमा प्रशिक्षण लिएका प्रशिक्षार्थीले आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।सो सेन्टरकी सञ्चालक भूमा अधिकारीको उद्घोषणमा भएको कार्यक्रममा सञ्चालकद्वय शर्मिला सिग्देल र अधिकारीका साथै सो सेन्टरका प्रशिक्षार्थीको वाद्यवादनमा भएको साङ्गीतिक कार्यक्रमको उपस्थित सबैले प्रशंसा गर्नुभएको थियो ।कार्यक्रममा आरम्भ गुरागाईँ, अभिस सुवेदी, एल्सन कोइराला, रचित घिमिरे, रोशिका कालाखे

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ९४ पटक पढिएको
  • सुन्दरहरैंचामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको जिल्ला र नगर समितिको भवन शिलान्यास

    बेलगाछीः नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघको मोरङ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवनको आज सुन्दरहरैंचा–७ बेलगाछीमा शिलान्यास गरिएको छ ।भवनको शिलान्यास सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, शिवदल गणका गणपति प्रमुख सेनानी अनिल बस्नेत, जग्गादाता तेजप्रसाद सिटौलालगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । शिलान्यास समारोहमा पञ्चेबाजा बजाउनुका साथै वेदका मन्त्रहरूको उच्चारण गरिएको थियो ।शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले विपद्को समयमा सेनाले गर्ने कार्यको प्रशंसा गर्दै राष्ट्रको सीमा रक्षक सेनाको जति नै गुणग

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २८९ पटक पढिएको
  • नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन

    काठमाडौ - प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवामा जोड दिन निर्देशन दिनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक-२०८३ लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभएको हो ।उहाँले अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिमआधारित प्रहरी परिचालन गर्ने तथा प्रमाणमुखी एवं प्रविधिको रणनीतिक उपयोगमा आधारित अपराध अनुसन्धान गर्नुपर्नेमा जोड दि

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ३८७ पटक पढिएको
  • सलकपुरस्थित चिया पसलबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल

    बेलबारीः साइबर ब्युरोमा परेको उजुरीका आधारमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।दाहाललाई मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित चिया पसलबाट  नियन्त्रणमा लिइएको छ । उनलाई आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने भएको छ ।ब्युरोले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्ने अनुमति लिएको बताइएको छ ।दाहाल एक कार्यक्रमका सिलसिलामा मोरङ आएका थिए । 

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १९३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल