समाचार

    Showing २१-३० of ५,७०८ items.
  • देवानगञ्ज घटनापछि सामाजिक सद्भाव कायम राख्न भोक्राहा नरसिंह गाउँपालिकाको सार्वजनिक अपिल

    सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, नयाँहाट–कसामगञ्ज क्षेत्रमा भएको दुःखद घटनाप्रति भोक्राहा नरसिंह गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव तथा कानुनी व्यवस्था कायम राख्न सार्वजनिक अपिल जारी गरेको छ।गाउँपालिकाले घटनामा ज्यान गुमाएका दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।गाउँपालिकाद्वारा जारी अपिलमा घटनापश्चात विभिन्न स्थानमा देखिएका तनावपूर्ण गतिविधि, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति तथा सर्वसाधारणमा उत्पन्न त्रासप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख ग

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ४४९ पटक पढिएको
  • ‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी

    विराटचोकः यही साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हली’ को प्रचारप्रसार अभियान अन्तर्गत मोरङको सुन्दरहरैँचा–९, विराटचोकस्थित जेसीज भवनमा हिजो एक भव्य कार्यक्रमबीच चलचित्रको प्रचारप्रसार गरिएको छ ।सुदूर पश्चिममा रहेका छाउपडी प्रथामा आधारित सो चलचित्रले देशमा परिवर्तन ल्याउन एउटा हली नै काफी हुन सक्ने सन्देश छोडेको निर्माता जस्मिन श्रेष्ठले बताउनुभयो । जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको संयुक्त आयोजनामा सोमबार झापा र मोरङमा प्रचार कार्यक्रम गरिएको थियो । विराटचोकका स्थानीयले स्वतःस्फूर्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।विराटचोकस्थित इन्द्रपुर जेसीजको

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १०४ पटक पढिएको
  • भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

    भोजपुरः भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाएको र आफैँ उम्रिएका गाँजाका बोट तथा बेर्ना प्रहरीले नष्ट गरेको छ ।साउन ९ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोया, बालङ्खा, प्रहरी चौकी हसनपुर, अस्थायी प्रहरी चौकी दुम्माना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प युँ भोजपुरबाट खटिएको संयुक्त टोलीले ती गाँजाका बोट नष्ट गरेको हो ।हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न स्थानका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका गाँजाका ४ हजार ५ सय वटा बाटे, बेर्ना तथा नाभो बोटहरू नष्ट गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ८२ पटक पढिएको
  • विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने

    इटहरी ।  सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर लामो समयदेखि विवरण अद्यावधिक नगरेका र जरिवाना तिर्न बाँकी रहेका कम्पनीहरूको जरिवाना र शुल्क मिनाहा गर्ने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने जनाएको हो ।कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, आर्थिक विधेयक २०८३ को दफा ४८ को व्यवस्था बमोजिम कम्पनीहरूले कानुनले तोकेको म्यादभित्र विवरण पेश नगरेको वा शुल्क तथा जरिवाना दाखिला नगरेको भए तापनि अहिले निश्चित प्रक्रिया पूरा गरेमा त्यस्ता सबै जरिवाना मिनाहा हुनेछ । जुनसुकै कम्पनी

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ९५ पटक पढिएको
  • लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न

    इटहरीः लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजनामा तथा रिजन–२ को आतिथ्यतामा तालिम सम्पन्न भएको छ ।शनिबार प्रिमियम ग्लोबल स्कुलमा आयोजित प्रशिक्षण कार्यक्रम लियो सदस्यहरूमा नेतृत्व क्षमता तथा जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।तालिम कार्यक्रमको अध्यक्षता रिजन–२ चेयरपर्सन अमरदीप पौडेलले गर्नुभएको थियो । कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रवेश बास्ताकोटी, लियो क्लब चेयरपर्सन निराकार पोखरेल तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लोकेन्द्रप्रसाद ढकालको विशेष उपस

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १२१ पटक पढिएको
  • कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन

    इनरुवाः हिजो राति भएको झडपलाई नियन्त्रणमा लिने क्रममा भएको गोली प्रहारबाट एक जनाको ज्यान गएपछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड शुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो । अहिले हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ ।हिजो राति ९ बजे दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १४६ पटक पढिएको
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने

    काठमाडौंः आजदेखि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो ।आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्गमा तत्काल सबै सवारीसाधन चल्न अनुमति दिइने छैन । एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै परीक्षणकालमा निःशुल्क सुरुङमार्ग सञ्चालन गर्न दिइनेछ । तीन महिने परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) पछि सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कन गरेर

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ७९ पटक पढिएको
  • सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी

    इटहरी ।  ‘नझरेका फूलहरू’ले आयोजना गरेको ‘झरी र इन्द्रेणी’ शृङ्खलाको दोस्रो शनिबार साउन ९ गते मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० खोर्सानेमा रहेको सृजना क्याफेमा उपस्थित साहित्यानुरागीबीच सर्जक सबि मेवाहाङले एक दर्जन रचना वाचन गर्नुभयो ।तोटक, इन्द्रबज्रा, शिखरिणी, शार्दूलबिक्रीडितलगायतका छन्दमा उहाँले रचना गर्नुभएका कविता सुनेर कार्यक्रममा उपस्थित साहित्यानुरागी मन्त्रमुग्ध भएका देखिन्थे ।कविसँगै बसेर कविता सुनिरहनुभएका सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा. दीपक न्यौपाने तथा कार्यक्रमका सभाध्यक्ष सर्जक जेबी थुलुङले ध्यान दिएर कविता सुन्

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ७८ पटक पढिएको
  • झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश

    इनरुवाः बोलबम गएको समूह र स्थानीयबीच हिजो राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति थप भड्किन नदिन स्थानीय प्रशासनले सुनसरीको ५ बजारमा कर्फ्यु आदेश जारी गरेको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गर्नुभएको हो । कर्फ्यु जारी भएका स्थानमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ११० पटक पढिएको
  • छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने

    इटहरी । साउन २२ गतेदेखि देशभरका हलमा नेपाली कथानक चलचित्र ‘हली’ प्रदर्शन हुने भएको छ । हालै सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पारेको छ ।महिनावारी हुँदा किशोरीलाई विद्यालय पठाउनु हुँदैन भन्ने भ्रमको कथावस्तु यसमा रहेको बुझिन्छ । छाउपडी प्रथामा २१ दिनसम्म बुवा र छोरा मान्छेको अनुहार हेर्न हुँदैन भन्ने कुसंस्कारको कथा पनि यसमा रहेको निर्माता पूजा गुरुङले बताउनुभयो ।निर्माता जस्मिन श्रेष्ठका अनुसार एउटा हलीले देशको मुहार बदल्न सक्छ भन्ने सन्देश पनि चलचित्रमा छ । देश परिवर्तन गर्नका लागि नेताले भाषण गरेर

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ६२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल