समाचार

    Showing २३१-२४० of ६,२७० items.
  • घरमै बन्दुक बनाउँदै बिक्री गर्ने व्यक्ति लेटाङबाट पक्राउ

    विराटनगर । मोरङको लेटाङमा घरमै आरन सञ्चालन गरी बन्दुक बनाउँदै आवश्यक पर्ने व्यक्तिलाई बिक्री गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीका पूर्णबहादुर लिम्बू रहेका छन् ।लिम्बूले घरमै बन्दुक बनाएर बिक्री गर्ने गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लेटाङको टोलीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले घरमै बनाइएको एक थान भरुवा बन्दुक, एक थान दबासवाला बन्दुक, हतियार निर्माण गर्ने आरन तथा बन्दुकका विभिन्न पार्टपुर्जा बरामद गरेको थियो । लिम्बूले घरमै आरन थापेर भरुवा बन्दुक निर्माण गरी बिक्री गर्दै आएको प

    • प्रकाशित मितिः असोज २२, २०८३
    • २०७ पटक पढिएको
  • बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

    इटहरी ।  आज बिहान ५ बजेर २० मिनेटमा बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।उनलाई बचाउनका लागि ४५ मिनेटसम्म लगातार सीपीआर दिइए पनि सफल नभएको बताइएको छ । उनी हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो ।अभिनयका साथै फिल्म निर्माण, निर्देशन तथा लेखनमा पनि उनी सक्रिय थिए ।सन् १९७८ मा आएको फिल्म ‘गमन’बाट हिन्दी सिनेमामा डेब्यु गरेका उनले शुरुवाती चरणमा मराठी र हिन्दी दुवै फिल्ममा काम गरेका थिए । सन् १९८८ मा मिरा नायरको ‘सलाम बम्बे !’ मा उनको कामले प्रशंसा पाएको थि

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १६४ पटक पढिएको
  • किसान कल्याण साकोसको सुन्दर सेवाकेन्द्रको साधारणसभा सम्पन्न

    तरहराः इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ–२ सुन्दर सेवाकेन्द्रको सभा तरहरास्थित दुर्गा (रुद्राक्ष) पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ ।सभामा सेवाकेन्द्रअन्तर्गतका शेयर सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो । सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सेवा तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो ।सो सहकारीको पूर्वीगैसार तथा खनार सेवाकेन्द्रको सभा आज इटहरीको आइतबारेस्थित दुर्गा पार्टी प्यालेसमा हुने भएको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ७५ पटक पढिएको
  • इटहरी–७ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ७ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण शुरु गरिएको छ ।वडा कार्यालयमार्फत सम्बन्धित लाभग्राहीलाई निस्सा वितरणको प्रक्रिया अघि बढाइएको हो ।वडा कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी योग्य लाभग्राहीलाई निस्सा उपलब्ध गराउने जनाएको छ ।निस्सा प्राप्त भएपछि सम्बन्धित भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १०३ पटक पढिएको
  • ईरान राईको बाल एकाङ्की सङ्ग्रह ‘जिउँदा सपनाहरू’ विमोचित

    बेलबारी । स्रष्टा ईरान राईको बालएकाङ्कीसङ्ग्रह ‘जिउँदा सपनाहरू’ सार्वजनिक गरिएको छ । स्रष्टा राईको सो कृति संयुक्त लेखनको १५ औँ तथा एकल लेखनको ११ औँ कृति हो ।कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, एकाङ्कीकार ईरान राई, नाट्य विषयमा विद्यावारिधि गरेका डा. गोपीकृष्ण खतिवडा, शिल्पी थिएटर काठमाडौँका निर्देशक घिमिरे युवराज, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, नाट्यकर्मी प्रयाग न्यौपाने, पथरी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पसप्रमुख चेतन जङ्गली, वडाध्यक्ष कृष्णबहादुर गुरुङ र बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश न

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ९० पटक पढिएको
  • ‘डिजिटल युगमा बालएकाङ्कीको महत्त्व’ विषयक अन्तरक्रिया बेलबारीमा सम्पन्न

    बेलबारीः बालबालिकाहरूमा बढ्दै गएको स्क्रिन (मोबाइल, कम्प्युटरको अत्यधिक प्रयोग) को कुलत छुटाउन र उनीहरूलाई सृजनशील बनाउन बालएकाङ्कीको भूमिकाबारे सरोकारवालाबीच विचार–विमर्श गरिएको छ ।बेलबारी साहित्य विकास समितिको आयोजनामा ‘डिजिटल युगमा बालएकाङ्कीको महत्त्व’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व सांसद हर्कमान तामाङले स्क्रिनको लतबाट बालबालिकालाई जोगाउने विषय आजको समयमा अत्यन्तै आवश्यक र संवेदनशील भएकाले यस क्षेत्रमा अझ व्यापक चर्चा र अन्तरक्रिया हुनुपर्नेमा जोड दिनुभयो ।बेलबारी नगरप्रमुख दिलप्रसाद राईले सूचना प्रविधिको नकारात्मक प्रभावबाट बालबालिकालाई

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १०५ पटक पढिएको
  • दुर्घटनामा परेको स्कर्पियोबाट ३४१ किलो गाँजा बरामद

    धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको स्कर्पियो गाडीबाट प्रहरीले ३४१ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ।मंगलबार राति ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको स्कर्पियो भेडेटारस्थित स्काईवाक नजिकैको भित्री सडकखण्डमा दुर्घटनामा परेको थियो।दुर्घटनाको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले स्कर्पियोको छेउमा रहेका एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१० बस्दै आएका ३९ वर्षीय अमित विश्वकर्मा  रहेका छन् । 

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ७७ पटक पढिएको
  • केराबारीका दुई युवा विराटनगरमा ब्राउन सुगरसहित पक्राउ

    विराटनगर । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित विराटनगरबाट दुई जना युवालाई पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–१६ दक्षिण गेटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको केराबारी गाउँपालिका–६ का २१ वर्षीय सुशान्त विक र २० वर्षीय निर्मल तामाङ पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा सुशान्तको साथमा प्रहरीले ४.९० ग्राम ब्राउन सुगर फेला पारेको थियो ।त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखेको जनाएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १०५ पटक पढिएको
  • पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    काठमाडौंः आज सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको छ ।पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारिएको हो ।जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको जनाइएको छ ।जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको छ । जबराका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको जनाइएको छ ।केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व प्

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १९६ पटक पढिएको
  • घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

    इटहरी । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ ।यातायात व्यवस्था विभागमा हिजाे बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवालाको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।बैठकले यही असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।उनका अनुसार, सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी सञ्चालनका क्रममा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल