इटहरी । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र बाँकी हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वषा र हिमपातको सम्भावना रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा
विराटनगरः कीर्तिपुरको होल्डिङ सेन्टरमा शनिबार भएको जेनजी अभियन्ता पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्ना बसेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कार्यालयको मूल गेटमै धर्नामा बसेकालाई सम्झाइबुझाइ गर्दा पनि नमानी प्रहरीको काम कारबाही तथा सवारी साधन आवतजावतमा बाधा पुर्याएका कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएकाहरूमा अमेरश माली, कृष्ण यादव, मो. दिल, मो. अकबर, रोहित सहनी, मोहमद सहनी, मोहमद अफरोज, अंकित राजवंशी, आसिफ उमर, चाँद चाहिद, अफताव सेख, अरमान सेख, दिपेशकुमार राय, रिहान सेख, मेहबुब आलम, सारुखान शर्मा, तौफिक उमर, आसिफ सेख, सचिनकुमा
इटहरी । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार (केयरगिभर) का लागि तोकिएको कोटाभन्दा झन्डै आधा कम उम्मेद्वार अंग्रेजी भाषा परीक्षामा पास भए । २ हजार ३ सय जना कामदार माग गरिएकोमा १ हजार २ सय ३१ जनाले मात्रै अंग्रेजी भाषा परीक्षा (बी १) पास गरेका हुन् ।१५ हजार ६ सय २६ जनाले परीक्षा दिएका थिए । तीमध्ये पास हुने संख्या ७.८ प्रतिशतमात्र हो । केयरगिभरको आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी १’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । विगतमा केयरगिभरले अंग्रेजी भाषा राम्रोसँग बोल्न नजान्दा समस्या भएको भन्दै इजरायलले नै अंग्रेजी भाषा स्पिकिङमा ‘बी १’ अनिवार्य गरेको
विराटनगरः कोशी प्रदेशमा गठन हुन लागेको प्रदेश प्रज्ञा–प्रतिष्ठानको विषयमा भएका केही बुँदामा असहमति जनाउँदै कोशी प्रदेशका स्रष्टाहरूले शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।‘कोसी साहित्य–कला परिषद् नेपाल’ को अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । सो क्रममा परिषद्का अध्यक्ष केशु विरही र सचिव नवराज पोखरेल ‘नवशिला’ द्वारा हस्ताक्षरित विज्ञप्ति तथा ध्यानाकर्षण पत्रमा ऐनलाई संशोधन गरेर मात्र प्रदेश प्रज्ञा–प्रतिष्ठानको गठन गर्न ध्यानाकर्षण गराइएको छ ।प्रज्ञा–प्रतिष्ठान गठनको पक्षमा रहे पनि राजनीतिक
धरानः लामो विवादपछि हालै उद्घाटन गरिए पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको धरान–८ स्थित नयाँ बसपार्क धरान उपमहानगरपालिकाले साउन १ गतेदेखि कडारुपमा नियम कार्यान्वयन गरी सञ्चालन गर्ने भएको छ ।उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, यातायात व्यवसायी र सरोकारवाला समेतको सहभागितामा बिहीबार भएको सुरक्षा समन्वय बैठकले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी अनिवार्य रूपमा नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।बैठकले बसपार्क पूर्ण रूपमा सञ्चालन गर्न सुरक्षा निकाय परिचालन गरी नियम पालना गराउने र नियम उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।सुरक्षा समन्वय बैठकमा
इटहरी - टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकल सार्वजनिक गरेको छ। इटहरीस्थित होटल रोयल रिसोर्टमा आयोजित कार्यक्रममा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो।एक सय उनन्साठी दशमलव सात घन सेन्टिमिटर क्षमताको इन्जिन रहेको यस मोटरसाइकलमा प्रोजेक्टर हेडलाइट, अपसाइड–डाउन अगाडिको सस्पेन्सन, पाँच इन्चको डिजिटल प्रदर्शन पर्दा, दोहोरो च्यानल लक–प्रतिरोधी ब्रेक प्रणाली तथा खेल, सहरी र वर्षा गरी तीनवटा सवारी सञ्चालन मोड समावेश गरिएको छ।यो मोटरसाइकल म्याट कालो, रेसिङ रातो र मरिन निलो रङमा उपलब्ध छ। यसको शोरुम मूल्य चार लाख उनन्तीस हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएक
काठमाडौंः देशमा दिनहुँ आत्मदाहका घटना भइरहेका छन् । आज बिहान काठमाडौंको बुद्धनगरमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।आज बिहान सवा ६ बजे ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।राउतलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको छ । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको छ ।राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको र आत्मदाहको प्रयासको कारण नखुलेको प्रहरीले जनाएको छ ।बिहीबार मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा राहदानी विभागअघि आत्मदाहको प्रयास गरेका थ
इटहरी । अहिले देशका सातै प्रदेशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्
विराटचोकः द भ्वाइस किड्सको ब्लाइन्ड अडिसनमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएर ब्याटल राउन्डमा प्रवेश गरेका सुन्दरहरैंचाका दुई जना प्रतियोगीलाई सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले सम्मान गरेको छ ।प्रतियोगी प्रनिसजंग केसी र आरोही गुरागाईंलाई सुन्दरहरैँचा वडा नम्बर १२ को कार्यालयले सम्मानपत्र सहित सम्मान गरेको हो । प्रतियोगीहरुको हौसला बढाउन तथा आफ्नो वडाबाट राष्ट्रिय मञ्चसम्म पुगेका प्रतियोगीलाई सम्मान गरिएको वडाध्यक्ष रोशनप्रसाद ढकालले बताउनुभयो ।
काठमाडौंः हिजो आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । उनको करीब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।उनको अनुहार, टाउको र घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुगेको थियो । वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालका अनुसार आगोले उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भाग जलेको थियो ।उनको उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम