काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम अब टाढा नरहेको बताएका छन्। चुनाव प्रचारका लागि बुधबार बिहान डडेलधुरा पुगेका बालेनले सामाजिक सञ्जालमा सुदूरपश्चिमप्रति माया दर्शाउँदै लेखेका छन्, ‘सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई!’ डडेलधुरा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो। सुदूरपश्चिमको चुनावी यात्रामा रहेका बालेन बुधबार डडेलधुरा हुँदै दार्चुला पुग्ने कार्यक्रम छ। सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेन मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।
काठमाडौंः आज भएको विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ ।आज बिहान पुणेको बारामतीमा उनी सवार विमान दुर्घटना हुँदा उनको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ ।पवार सवार विमान ल्यान्डिङको प्रयास गर्दा गर्दै दुर्घटना भएको र उनलाई मृत घोषणा गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।प्रारम्भिक विवरणमा विमानमा उपमुख्यमन्त्रीका साथै चार सुरक्षाकर्मी र पाइलटसमेत गरी ६ जना सवार भएको बताइएको छ ।अजित पवार महाराष्ट्रका एक चर्चित राजनीतिज्ञ थिए, जसले राज्यको योजना र विकासमा लामो समय योगदान दिएका थिए ।६६ वर्षीय अजित पवार जिल्ला परिषद् निर्वाचनको तयारी
इटहरी । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हँदा नेपालको पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ । गत १२ घण्टामा सबैभन्दा धेरै वर्षा डडेलधुरामा भएको छ ।पछिल्लो १२ घन्टामा डडेलधुराको गाइबन्डे केन्द्रमा २९.६, डडेलधुराको जोगबुढामा २४.६, कञ्चनपुरको हनुमान नगरमा २३.६, ज्यामिरखाली केन्द्रमा २६.२, चिउरी केन्द्रमा २५.८ मिलिमिटर वर्षा भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा आज राति हल्का वर्षा
काठमाडौंः सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफल भनिने युवराज पौडेललाई पक्राउ गरेको छ ।उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ । माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।
इटहरी । एमाले नेतृ शान्ता चौधरीले उधारो अचार खाएर पैसा नतिरेको गुनासो गरेकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो मेहनतेको पारिश्रमिक नपाएको दुखेसो गरेकी हुन् । उनले लेखेकी छिन्, ‘अचार यति धेरै उधारो जाला र उधारो लगेकाले पैसा तिर्नुको साटो सम्बन्धै बिगार्लान् भने मैले सोचेकै थिएन । क–कसले फोन उठाउन छोड्नु भयो नाम र फोन नम्बर मैले सार्वजनिक गर्न नपरोस् ।’कमलरी हुँदै राजनीतिमा प्रवेश गरेकी उनले नेताले पनि काम गरेर खानुपर्ने उत्कृष्ट उदाहरण दिँदै अचारको व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । अचार खाएर पैसा तिर्नुको सट्टा सम्बन्ध बिगार्ने तहमा मानिसहरू पुग्दा उनलाई अचम्म लागेको छ । त्यस्तै उनले उधारो खाएर
इलाम ।यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन् । केही घरेलु मजदूर बनेका छन् । उनीहरू शिक्षाबाट वञ्चित मात्र भएका छैनन् । अभिभावकको सहारा नपाउँदा दुर्व्यवहार सहन बाध्य छन् । कोही कुलतमा फस्ने गरेका छन् । इलामको रोङ गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको छ । सो कार्यक्रमलाई उद्यमशीलतामा जोडेर अगाडि बढाइएको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले बताए।कार्यक्रमअन्तर्गत एक रुपैयाँ बचत कार्यक्रम, अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम, विद्यार्थी उद्यमशीलता कार्यक्रम र व
झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा चुनावी सरगर्मी बढेको छ। नेकपा (एमाले) अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को अत्यधिक प्रचारबीच अन्य २२ जना उम्मेदवार पनि चुनावी मैदानमा सक्रिय छन्।मिडिया कभरेज र सामाजिक सञ्जालको प्रभावले ओली र बालेन चर्चामा रहे पनि कांग्रेस, नेकपा, राप्रपासहित विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमा जुटिरहेका छन्। यसपटक कुनै पनि दलबीच औपचारिक चुनावी सहकार्य घोषणा नभएकाले उम्मेदवारहरू आफ्नै संगठन र व्यक्तिगत प्रभावमा निर्भर देखिएका छन्।२०७९ को निर्वाचनमा ओली विजयी भए पनि गठबन्धनको समर
इटहरी । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।भृकुटीमण्डपस्थित फनपार्क जग्गा भाडा प्रकरणमा भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टीमा स्वागत गरे ।२०७९ फागुन २६ गते विशेष अदालतले उनलाई ९ वर्ष ६ महिना) कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ जरिवाना र तथा त्यही बराबरको बिगो असुल गर्न आदेश दिएको थियो ।विशेष अदालतले सजाय सुनाए पनि उनी बाहिरै रहँदै आएका छन् । विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्
इटहरी । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन र निगरानीलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा अनुगमन अधिकृत नियुक्त गरेको छ। आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) र प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी तोकेको हो।गत माघ ९ गतेको निर्णयानुसार आयोगले मंगलबार परिपत्र जारी गर्दै उनीहरूलाई जिम्मेवारी प्रदान गरेको हो। नयाँ व्यवस्थाअनुसार अब नियुक्त अधिकृतहरूले निर्वाचन आचारसंहिता अनुगमनका क्रममा प्रत्यक्ष रूपमा 'निर्वाचन आयोग' को छाप प्रयोग गर्ने अधिकार पाएका छन्।जिल्ला तहमै संयन्त्र निर्माण गर्दा आचारसंहिता उल्लंघनका घटनामाथि तत्काल कारबाही गर्न सहज हुने आयोगको वि
लहान । लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको एक किशोरीको शव अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ।गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव ‘पोस्टमार्टम’का लागि अस्पतालमा राखिएको भए पनि अस्पताल प्रशासनले झुक्किएर अर्कै परिवारलाई शव बुझाएको खुलेको हो। गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव अस्पतालमा राखिएको थियो।घटनाअनुसार, रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर पाएलगत्तै नेपाल फर्किएका थिए। सोमबार बिहान छोरीको अन्तिम संस्कारका लागि अस्पताल पुग्दा शव नपाएपछि घटना