राजनीति

    Showing ७६१-७७० of ७८० items.
  • गगन थापाको नाम सप्तरी–१ बाट पनि सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा उम्मेदवारको रूपमा सप्तरी–१ बाट पनि सिफारिस भएका छन् ।क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीनजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति ललन गुप्ताले जानकारी दिए । उनका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।थापाको नाम सर्लाही–४ बाट पनि सिफारिस भइसकेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १३५ पटक पढिएको
  • एमाले उपाध्यक्ष बादललाई मातृ शोक

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृशोक परेको छ। बादलकी आमा नन्द कुमारी थापाको आइतबार चितवन क्षेत्रपुरस्थित निवासमा निधन भएको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।  पूर्व माओवादी नेता बादल नेकपा विभाजनसँगै माओवादी छाडेर एमालेमा बसेका थिए।

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • ११० पटक पढिएको
  • उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषामा कांग्रेस कार्यकर्ताबीच झडप

    जनकपुरधाम । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच झडप भएपछि उम्मेदवार सिफारिस रोकिएको छ ।उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नचाहेको भन्ने विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुबै पक्षका कार्यकर्ताहरुबीच झडप भएको धनुषा कांग्रेसका एक नेताले बताए ।  सामाजिक सन्जालमा सेयर गरिएको झडपको एक भिडियोमा कार्यकर्ताहरुले एकअर्कामाथि लाठी, छात

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १०० पटक पढिएको
  • मोरङ क्षेत्र नं. २ बाट मिनेन्द्र र सुजताको नाम सिफारिस

    विराटनगर । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ बाट वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरिएको छ । सर्वसम्मत नभएपछि दुई जना आकांक्षीको नाम सिफारिस गरिएको बताइएको छ ।  रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए ।सुजता कोइराला भने बुबा गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्रबाट आफू उम्मेदवार बन्ने बताउँदै आएकी छन् । 

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • ९७ पटक पढिएको
  • डडेलधुराबाट शेरबहादुर देउवा सर्वसम्मत सिफारिस

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट सर्वसम्मत सिफारिस भएका छन्। एकमात्र क्षेत्र रहेको डडेलधुराबाट उनी सर्वसम्मत भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्। डडेलधुराको प्रदेश क र ख क्षेत्रीय समितिका लागि देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।  डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • १०३ पटक पढिएको
  • बाँके क्षेत्र नं.३ बाट आरजु देउवाको नाम सिफारिस

    नेपालगञ्ज । बाँके क्षेत्र नं.३ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, आरजु देउवा राणालगायतको नाम सिफारिस भएको छ।क्षेत्रीय सभापति नक्की खाँका अनुसार, क्षेत्र नं. ३ बाट केन्द्रीय नेतासहित सबैलाई समेटेर उम्मेदवार सिफारिस गरिएको हो। प्रत्यक्षतर्फ बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरेको नाम सिफारिस गरिएको छ।समानुपातिकमा कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्प विक र चक्रबहादुर मल्लको नाम सिफारिस गरिएको छ।बाँकेमा अन्य

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ११० पटक पढिएको
  • प्रतिनिधि सभा चुनावका लागि झापा १ बाट विश्वप्रकाश शर्मा सिफारिस

    झापा । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ ।  बिहीबार बिहान बसेको क्षेत्र नम्बर १ को बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए ।  शर्मा यसअघि झापा क्षेत्र नम्बर १ बाटै २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धी थिए । शर्माको प्रतिनिधिसभामा यसपालि उम्मेदवार भए भने यो तेस्रो पटकको उम्मेदवारी हुनेछ । यसअघि २०७४ सालमा झिनो मतले शर्मा माओवादीका नेता राम कार्की पार्थसँग पराजित भएका थिए । त्यतिबेला कांग्रेस एक्लै निर्वाचनको प्रतिस्पर

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ९८ पटक पढिएको
  • सिरहाका दुईवटा क्षेत्रमा उपेन्द्र यादवको नाम सिफारिस

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) सिरहाले अध्यक्ष उपेन्द्र यादवको नाम दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरेको छ ।जिल्लाको क्षेत्र नम्बर १ र २ बाट उनको नाम सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अशोक यादवले जानकारी दिए । दुवै क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकले अध्यक्ष यादवको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।  जिल्ला अध्यक्ष यादवका अनुसार क्षेत्रीय कमिटीको निर्णय जिल्ला कमिटीमा आइसकेको र यसबारे छलफल समेत सुरू भइसकेको छ ।यसअघि बारा क्षेत्र नम्बर २ कमिटीले पनि अध्यक्ष यादवको नाम सिफारिस गरिसकेको छ । अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ११४ पटक पढिएको
  • एमालेले कम्तीमा १५० सिट जित्ने ओलीको दाबी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । बुधबार कञ्चनपुरमा भएको पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् ।  अध्यक्ष ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए । उनले गठबन्धनलाई दुष्टको संज्ञा दिँदै पराजित गर्नुपर्ने भएकाले नेता कार्यकर्तालाई चित्त नदुखाई अनुशासित भएर अघि बढ्न निर्देशन दिए ।  

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ११० पटक पढिएको
  • मोरङ क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्मा सिफारिस

    मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।अघिल्लो निर्वाचनमा पराजित डा. शर्मालाई मंगलबार बसेको मोरङको क्षेत्रीय कमिटी बैठकले सिफारिस गरेको हो।बैठकमा ६ जना व्यक्तिको नाममा छलफल हुँदा कांग्रेसको संस्थापन पक्षधरले नै शर्माको नाममा सहमति गर्न प्रस्ताव गरेको थियो।काठमाडौँ शिक्षण अस्पतालका सञ्चालक रहेका डा. शर्मा यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग १ हजार ९ सय ७ मत अन्तरले पराजित भएका थिए।ढकालले ४२ हजार ४ सय १३ मत हासिल गर्दा डा. शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • ९६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल