राजनीति

    Showing ७५१-७६० of ७८० items.
  • वामदेव गौतम पत्नी तुल्सी कबड्‌डी संघको अध्यक्षमा निर्वाचित

    काठमाडौँ । नेपाल कबड्‌डी संघको अध्यक्षमा तुल्सी थापा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी अमितबहादुर गुरुङलाई पराजित गर्दै थापा कबड्‌डी संघको अध्यक्षमा निर्वाचित भएकी हुन् ।अध्यक्षमा निर्वाचित थापा एमालेका पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमकी पत्नी हुन् । थापा एमालेकी पूर्वसांसद पनि हुन् ।  नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत रहेकी थापा दोस्रोपटक अध्यक्ष भएकी हुन् ।यस्तै, संघको उपाध्यक्षमा  कुमार आले र रतिया राजवंशी निर्वाचित भएका छन् । महासचिवमा भने अरबिन्दकुमार झा चयन भएका छन् । यसैगरी, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भएका छन् । 

    • प्रकाशित मितिः असार २८, २०८०
    • १२१ पटक पढिएको
  • राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ । 

    • प्रकाशित मितिः असार २७, २०८०
    • ११२ पटक पढिएको
  • आज बोलाइएको राष्ट्रिय सभा बैठक मंगलबारलाई सर्‍यो

    काठमाडौँ । राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ । सोमबार ११ बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११ :०१ मा बस्ने गरी समय परिवर्तन भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।

    • प्रकाशित मितिः असार २५, २०८०
    • ११० पटक पढिएको
  • कोशी प्रदेशमा थप तीन मन्त्रीले लिए शपथ ग्रहण

    मोरङ । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट दुई र नेपाली कांग्रेसबाट एक जनाले मन्त्री पदको सपथ ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार भएको सपथग्रहणमा माओवादीबाट जीवन आचार्य, राजेन्द्र गौतम र कांग्रेसबाट रामकुमार खत्रीले शपथ ग्रहण गरेका हुन्।यससँगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारमा मुख्यमन्त्री थापासहित ६ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ।पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका हुन्।त्यसैगरी, गौतम र खत्री भने विना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहेका छन्। 

    • प्रकाशित मितिः असार २४, २०८०
    • १३५ पटक पढिएको
  • कोशी प्रदेश प्रमुखद्धरा नयाँ सरकार गठनको आव्हान

    विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अन्तगत सरकार गठनको आव्हान गरेका हुन् । सो धारामा दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको गर्ने व्यबस्था छ । यस अघि हिक्मत कार्की नेतृत्वको सरकार पनि सोही धारा अन्तरगत गठन भएको थियो । खापुङले नयाँ सरकार गठनका लागि चारदिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् । प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकारले शुक्रवार विश्वासको मत पाउन सकेको थिएन । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् ।&

    • प्रकाशित मितिः असार १८, २०८०
    • १३४ पटक पढिएको
  • बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत भएसँगै उनले नयाँ जिम्मेवारी पाएका हुन् । बैरागीको स्थानमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १३५ पटक पढिएको
  • ‘कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् ।गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो ।पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा छ ।यही क्रममा माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित क

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १५२ पटक पढिएको
  • साहसिक महिलाको संघर्षको कथा

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ क बाट प्रदेशसभा सदस्यका लागि बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट उमेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ सरस्वती पोखरेललाई यति बेला चुनावी सभामा, प्रचारप्रसार र कार्यक्रमहरूमा जान भ्याइ नभ्याई छ। घरमा सानो  छोरा र  सासू ससुरालाई छोडेर उनी बिहानदेखि राति अबेरसम्म जनताकै घरदैलोमा हुन्छिन्। उनका श्रीमान् नेकपा माओवादी केन्द्रका प्रदेश १ उपाध्यक्ष शिव डाँगी पनि चुनावी प्रचारमा उत्तिकै खटिएका छन्। बिहान साँझ थोरै समय निकालेर दुवै जनाले घरको काम सक्छन् । बच्चा र बुढी आमाका लागि खानेकुरा तयार गर्दिन्छन् र हस्याङफस्याङ गर्दै कार्यक्रम, भेटघाटका लागि निस्कन्छ

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १७७ पटक पढिएको
  • कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। उनलाई उच्च ज्वरो आएको छ।  कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २८१ पटक पढिएको
  • माझी मुक्ति मोर्चा, नेपाल १ नं. प्रदेश भेला सम्पन्न

    इटहरी । माझी मुक्ति मोर्चा, नेपाल १ नं. प्रदेश भेला तथा सुनसरी जिल्ला भेला सम्पन्न भएको छ । आज शुक्रबार सुनसरीस्थित मधुवनमा उक्त भेला सम्पन्न भएको हो । कार्यक्रममा जगदिस माझीको अध्यक्षतामा २५ सदस्य कमिटि गठन गरिएको छ । माझी मुक्ति मोर्चा, नेपाल नेकपा माओवादी केन्द्रको भातृ संगठन हो ।बागमति प्रदेशका सांसद तथा नेकपा माओवादी केन्द्रका नेता बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल बराल, माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिव कुमार डागी, माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय महासचिव उर्मीला माझी लगायतको उपस्थिति रहेको थियो । 

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • २०७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल