काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (आइतबार) पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई जारी राख्ने भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।उनले सरकारको गलत कदमको विरोधस्वरुप आज पनि प्रदर्शन जारी रहने बताए । सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको मागसहित रास्वपाले गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।शनिवार बसे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् ।प्रधानमन्त्री ओलीले आज दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन् ।प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् ।उनले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शुक्रबार) देखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रीत आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो ।लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौंमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए । आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।पोखरामा रास्वपाले प्रदर्शन गरे पनि जनस्तरबाट समर्थन नदेखिएको टिप
काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ ।बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताएका छन् ।सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर
इटहरी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी आरोपमा पक्राउ गरिएको छ, र उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइनेछ। शुक्रबार कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले लामिछानेलाई पक्राउ गरी रातारात पोखरा पुर्याएको थियो।लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागिएको छ, जसका कारण उनको समर्थन र विरोधमा दुवै पक्षका व्यक्तिहरूले दबाबका कार्यक्रमहरू आयोजना गर्ने आह्वान गरेका छन्। रास्वपाका शीर्ष नेताहरू शनिबारदेखि नै पोखरामा प्रदर्शन र दबाबका कार्यक्रमको नेतृत्व गरिरहेका छन् भने सहकारी ठगीबाट पीडितहरूले पनि आज विरोध सभा
काठमाडौं । नेकपा (एमाले)बाट २०७८ भाद्र २ गते चोटिएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजनको डिलमा पुगेको छ । १० औं राष्ट्रिय महाविधेशनपछि पार्टीभित्र बढेको आन्तरिक असन्तुष्टी र किचलोको कारण एकीकृत समाजवादी विभाजनको अवस्थामा पुगेको हो ।अध्यक्ष नेपाल सहित पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल मिलेर २०७८ भाद्र २ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेका थिए भने २०७८ भाद्र ९ गते निर्वाचन आयोगबाट प्रमाण पत्र प्राप्त गरेका थिए । यही पार्टी स्थापनाको छोटो समयमा नै आन्तरिक समस्यामा फसेको छ । यस्तो समस्या जुन समस्याले विभाजन तर्फ उ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत लिने भएका छन् । असोज २ बुधबार अपराह्न १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् ।माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिन लागेका हुन् । माओवादीले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । केन्द्रमा एमाले– कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो ।अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एम
काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेपछि बस्ने गरी बोलाइएको छ ।केन्द्रीय समिति बैठकका लागि रास्वपाले १० बुँदे एजेण्डा तय गरेको छ । बैठकले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेतबाटै बर्खास्त गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । बैठकका लागि तय भएको एजेण्डाको नवौं नम्बरमा ‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनबारे’ लेखिएको छ ।बैठकमा सासामयिक राजनीति तथा पार्टी गतिविधिबारे पनि छलफल गर्ने तयारी छ । रष्ट्रिय भेला तथा कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापतिसम
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (शुक्रबार) नै नयाँ सरकार गठनको तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी अगाडि बढिरहेको स्रोतले जानकारी दिएको छ ।बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । वैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम हुने एमालेको बुझाई छ । प्रचण्डको पक्षमा अहिले बहुमत नजुट्ने लगभग निश्चित भइसकेको छ । उनको पक्षमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका