इटहरी । नेपाली कम्युनिष्ट पार्टीका तीन जना केन्द्रीय सदस्यसहित १० नेताले सो पार्टी परित्याग गरेका छन् ।पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेकपाबीच प्रदेश समितिहरू समायोजन भइहँदा लुम्बिनी प्रदेशका प्रभावशाली १० नेताले पार्टी छोडेको घोषणा गरेका हुन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् । केन्द्रीय सदस्यहरू वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकले पार्टी परित्याग गरेका हुन् । त्यस्तै पार्टी छाड्नेहरूमा प्रदेश कार्यालय प्रमुख सचिव यज्ञ पोख्रेल, लुम्बिनी प्रदेश सदस्यद्वय कृष्ण भण्डारी र भक्तबहादुर पुन (जलन) लगायत छन् ।