राजनीति

    Showing ७०१-७१० of ७८० items.
  • शेखर कोइरालाद्वारा अध्यादेशको दुरुपयोगप्रति आपत्ति, संसदीय प्रणाली नै उपयुक्त भएको धारणा

    विराटनगर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशको दुरुपयोग भइरहेको भन्दै यसको विरोध गरेका छन्। विराटनगरस्थित आफ्नो निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देश ठप्प हुने आपतकालीन अवस्थाबाहेक अन्य समयमा अध्यादेश ल्याउन नहुने बताए।“अध्यादेश भनेको संविधानमा रहेको एक आपतकालीन प्रावधान हो। यसलाई संसद्ले काम गर्न नसक्ने अवस्थामा मात्र प्रयोग गर्नुपर्छ। तर, अहिले यसको व्यापक दुरुपयोग भइरहेको छ,” कोइरालाले भने।उनले नेपाली कांग्रेस र नेकपा एमालेको बलियो बहुमत भएको सरकारको बेलामा पनि अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। “जब संसद्मा बहुमत छ, दुई तिहाइ नचाहिँदा पनि ऐन पारित गर्न

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ५१९ पटक पढिएको
  • एमालेबाट निष्कासित रावललाई १,०८६ जनाको समर्थन

    सुनसरी - नेकपा एमालेबाट निष्कासित भीम रावललाई १,०८६ जनाको समर्थन प्राप्त भएको छ। अनेम संघका कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका ८ प्रमुख, वडा कमिटीका २२ पदाधिकारी र ६३७ संगठित सदस्यहरूसहित अन्य पार्टीका ५ व्यक्तिले समर्थन जनाएका छन्। रावललाई एमालेले पुस १० गते पार्टी सदस्यताबाट निष्कासन गरेको थियो।

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ३६९ पटक पढिएको
  • वामदेव गौतम एमालेमा फर्किने तयारीमा, राष्ट्रिय सभामा पार्टी बलियो हुने

    सुनसरी - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफ्नो पूरानो दल नेकपा (एमाले) मा फर्किन तयारीमा छन्। २०७८ सालमा एमाले छाडेका गौतम आज वा भोलि औपचारिक रूपमा पार्टी प्रवेश गर्नेछन्।गौतमको पुनरागमनपछि राष्ट्रिय सभामा एमाले सांसदहरूको संख्या १२ पुग्नेछ। यसले पार्टीको राजनीतिक र संख्यात्मक प्रभावकारिता बढाउने विश्वास गरिएको छ। हाल गौतमसहित डा. अञ्जान शाक्य राष्ट्रिय सभामा मनोनीत सांसद छन्।गौतमको यो कदमले पार्टीभित्र संगठनात्मक एकता र रणनीतिक बल थप्ने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ४०६ पटक पढिएको
  • वामदेव गौतम एमालेमा फर्किंदै

    विराटनगर - नेकपा एकीकृत समाजवादीसँगको एकता प्रयास टुंग्याएपछि वामदेव गौतम एमालेमा फर्किने भएका छन्।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ४६१ पटक पढिएको
  • माओवादी बैठक आजै सक्ने तयारी, प्रचण्डको प्रस्तावमाथि २ बजेसम्म बोल्न पाइने

    इटहरी । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ।बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए। बैठक आजै सकाउने माओवादीको तयारी छ। माओवादीका पूर्ण र बैकल्पिकगरी ६१४ केन्द्रीय सदस्य भए पनि छलफलका लागि १८० जनाले मात्रै नाम टिपाएकाले बैठक एक दिनअघि नै सकिने भएको हो। माओवादी बैठकको मिति पुस २१देखि २४ गतेसम्म राखिएको थियो। 

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ४१३ पटक पढिएको
  • ओलीको प्रतिवेदन : कांग्रेससँगको सहकार्यमा महत्वपूर्ण उपलब्धि, अझै धेरै काम गर्न बाँकी

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा तयार गरिएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका लागि तयार गरिएको प्रतिवेदन पेश गरिने जानकारी दिएका छन् । बैठकमा प्रतिवेदनका मुख्य बुँदाहरूमा छलफल भएको पनि उनले बताए।ज्ञवालीका अनुसार प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको गहन समीक्षा गरिएको छ । एमाले र कांग्रेसबीचको सत्ता साझेदारीको औचित्य, यसको आवश्यकता र यसले सिर्जना गरेका अवसरहरूको

    • प्रकाशित मितिः पुस १८, २०८१
    • ४४८ पटक पढिएको
  • ओखलढुङ्गामा कांग्रेसको सय दिने अभियान सम्पन्न

    ओखलढुङ्गा । सङ्गठन सुदृढीकरणमा केन्द्रीत गरेर सञ्चालित नेपाली कांग्रेस ओखलढुङ्गाको सय दिने अभियान सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सञ्चालित अभियान मङ्गलबार ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा औपचारिक रूपमा सम्पन्न भएको हो । नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख मिनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सञ्चालित अभियान गाउँदेखि जिल्लासम्म कांग्रेसको सङ्गठन सुधारका लागि जोड दिइएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सहसचिव भोजकुमार श्रेष्ठले बताउनुभयो । आठ वटै स्थानीय तह र ७५ वडा तहसम्म अभियान सञ्चालन गरिएको श्रेष्ठको भनाइ छ । अभियानक

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ३८९ पटक पढिएको
  • नेतृत्वका लागि दौडधुप : चाक्सीबारीमा कोइराला, सिंह र निधीबीच भेटवार्ता

    इटहरी । सत्ता साझेदार नेपाली कांग्रेसमा पारिवारिक विरासत बोकेका तीन नेता शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीबीच भेटवार्ता भएको छ । केहीअअघि डा. शशांक कोइरालाको निवासमा भेट गरेका उनीहरूबीच बुधबार फेरि भेटघाट गरेका हुन् ।शशांकका स्वकीय सचिव भरत तिवारीले आलोपालो बस्ने समझदारी अनुरूप भेट भएको जानकारी दिएका छन् । ‘यसअघि तीन नेताबीच भेट भएको थियो । बुधबार फेरि छलफल गर्नुभएको हो, तीन नेता सँगै बसेपछि राष्ट्रिय राजनीति, आन्तरिक राजनीतिक विषय, महाधिवेशनसहितका विषयमा छलफल त हुने नै भइहाल्यो ।’शहरी विकास मन्त्री समेत रहेका सिंह निकट स्रोतले पनि १५ औं महाधिवेशन, सरकारको काम कारबाहीसहितका विषयम

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ३०४ पटक पढिएको
  • विराटनगरमा डा. शेखर कोइरालाको शक्ति प्रदर्शन: सभापतिमा उम्मेदवारीको संकेत

    विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला गर्दै १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने संकेत गरेका छन्। कोइरालाले यो भेलामा पार्टी कार्यकर्ताहरूलाई आश्वस्त पार्दै अन्याय र विभेद नहुने वाचा गरेका छन्। पार्टी केन्द्रको निर्देशनविपरीत आयोजित यस भेलाले कोइरालाको शक्ति प्रदर्शन र संगठन विस्तारको उद्देश्यलाई प्रस्ट पारेको छ।प्रमुख सहभागी नेताहरू:भेलामा नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको सहभागिता देखियो। सहभागीहरूमा:डा. शेखर कोइरालाडा. मिनेन्द्र रिजालसंघीय सांसद सुनिल शर्माकोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीकोशी प्रदेश महामन्त्री उमेश

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ५७२ पटक पढिएको
  • प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपति सी र प्रधानमन्त्री लीसँग भेटवार्ता गर्दै

    काठमाडाैं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज (मंगलबार) द्विपक्षीय औपचारिक भेटवार्ता हुँदै छ। ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नेछन्। चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • २७६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल