काठमाडौंः नेकपा एमालेको ११ औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ ।

एमालेले १० औं महाधिवेशनमा पनि विद्युतीय मतदान गरेको थियो ।

नेकपा एमालेका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम शुरु गरिसकेको छ ।