इटहरी । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानअनुसार पार्टी चल्नुपर्ने बताएका छन्।आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार अघि बढ्न आग्रह गरे ।पोखरेलले भने, ‘विधान अनुसार चलौँ। महासिचवले प्रस्तुत गर्नुभएको कार्यसूची अनुसार चलौँ । दायाँबायाँ नगरौँ।’

उनले विधानको स्थायित्वमाथि प्रश्न उठाउँदै भने, ‘के हाम्रो विधान अस्थायी हुन् ? जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशन अगाडि संख्या घटाउ भन्ने तपाईँहरू नै होइन ?’बदलिएको परिस्थितिबारे चर्चा गर्दै उनले भने, ‘बदलिएको परिस्थितिले अंक बढाऊ भनेको होइन ? बदलिएको परिस्थितिले त हामीलाई बदलिऊ भनेर जबरजस्त सन्देश दिएको छ। के संख्या बढाएर क्षमता बढ्छ भने अस्ति हाम्रो क्षमता जाचिएन ?’

दुई कार्यकालको विषय पनि उठाइएको उल्लेख गर्दै पोखरेलले त्यसमा छलफल नहुने हो कि भन्ने प्रश्न गरे। उनले भने, ‘अरू बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्‍याउँछ ?’