इटहरी डेस्क । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएका जिकिर गरे ।उनले प्रधानमन्त्रीले धरातल छाडेर हावादारी गफ दिएको र आफूले कीर्तिपुरस्थित त्रिभुुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालिरहेको बताए । आफूले सदनमा बोलेको भन्दा फरक नरहेको उनले बताएका छन् । उनले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ ।उहाँ धरात
इटहरी । पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीत नेताबीच ‘वाकयुद्ध’ चर्किरहेका बेला नेकपा एकीकृत समाजवादीले भदौ ७ र ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।केही समययता नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा दुई पार्टीका नेताबीच छलफल चलिरहेको विषयलाई बैठकको एजेण्डा बनाइने र एकता प्रस्ताव अनुमोदन गरिने उक्त पार्टीको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।केन्द्रीय कमिटी बैठकअघि ४ गते स्थायी कमिटी र ५ गते पोलिटव्युरोको बैठक बोलाइएको छ । ती बैठकमा सम्मानित नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीका विवादास्पद अभिव्यक्तिबारे पनि छलफल गर्ने एजेण्डा रहेको कार्यालय स्रोतले जनाएको छ ।यी बैठक
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बिहीबार) रूपन्देही–३ का लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने भएको छ । रास्वपाले साउन ७ देखि २७ गतेसम्म उम्मेदवारहरूको आवेदन आह्वान गरेको थियो ।उक्त समय हिजो सकिएको थियो । आवेदन परेको आकांक्षीहरूको नामावली बिहीबार बिहान १० बजे सार्वजनिक गरिने रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् । उम्मेदवारीका लागि केन्द्रीय सदस्य कुसुम महर्जन, रूपन्देही–३ का क्षेत्रीय सभापति लगायतको आवेदन परेको छ ।ती नामहरू उपर शुक्रबार र शनिबार दाबी विरोध आह्वान गरिएको छ । शनिबार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँ
इटहरी । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार पूर्णतः असफल भएको आरोप लगाएका छन् ।प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन् । उनले सरकार गठनको उद्देश्यअनुसार संविधान संशोधन प्रक्रिया नथालेको, समन्वय नगरेको र सुशासन प्रवद्र्धनमा असफल भएको आरोप लगाए ।उनले पोखराको लिचिबारी जग्गा प्रकणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपिलाई संरक्षण गर्ने काम भइरहेको पनि आरोप लगाए । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्न प्रतिपक्षी दल सधैं तयार रह
दुबई । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन् ।प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरे ।प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गए राति ११ः५५ बजे फ्लाइट दुुबइको उडानबाट दुुबई आएका हुन् । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदो
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएको छ ।कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । मन्त्री कार्कीले कोशी प्रदेशमा अहिले पनि १२३ खानेपानी आयोजना रुग्न रहेको जानकारी दिँदै बजेटको अभाव रहे पनि प्रदेश सरकारले झापाको भद्रपुर नगरपालिका–२ र विराटनगर महानगरपालिका–१४ को खानेपानी आयोजना सङ्घीय सरकारबाट हस्तान्तर भई प्रदेशको मातहत आइसकेको जानकारी दिनु
मोरङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए ।‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषदको सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन’, उनले भने । यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी उनको छ । उनले आफूले जीन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरेका छन् । अर्को प्रसंगमा उनले एकीकृत समाजवादी र माओवादीबीच एकी
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीमाथि प्रतिक्रिया दिँदै पार्टी सभापति रवि लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानले पाँच करोडको आँकडा पार गरे पनि अचम्म नमान्न आग्रह गरेका छन् ।भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले भने ‘भर्खरै केपी शर्मा ओली ज्यूले तीन करोड भन्दा धेरै हस्ताक्षर हुन्छ जस्तो छ भन्नु भएछ । पक्कै हुन्छ । यो तीन करोड होइन, पाँच करोड नै नाघ्यो भने पनि अचम्मित नहुनु होला ।’उनले हस्ताक्षर अभियान नेपालभित्र मात्र सीमित नरहेको बताएका छन् । ‘पोखराको लेकसाइडमा विदेशीले पनि हस्ताक्षर गरिरहेका छन् । साउनम
इटहरी डेस्क । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षले केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको छ । बुधबार र बिहीबार बसेको रेशम पक्षको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर लालवीरलाई अध्यक्ष तोकेको हो ।बर्दिया– २ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमकै बुवा हुन् । रेशमलाल चौधरी पक्ष भनिएपनि यो सम्पूर्ण हिसाबले चौधरीबाट निर्देशित समूह हो । रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर अध्यक्षमा बुवालाई ल्याएका हुन् । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रकरणमा मुछिएपछि नाउपाभित्र विवाद देखिएको हो ।रञ्जितालाई आफूमाथि लागेको आरोपबा
इटहरी डेस्क । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको स्पष्ट पारेका छन् । बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पूर्व राष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरूले कल्पना समेत नगरेको बताए ।‘देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्दीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको हो,’ ओलीले स्पष्