इटहरी । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओलीमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।
आइतबार ओलीले लिखित बयान दिएसँगै आयोगले उनीविरुद्धको स्थान हद फुकुवा गरेको हो । आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माले सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिए ।
जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ ।


















