काठमाडौँ । सरकारले संविधान दिवसका अवसरमा शैनिकमञ्चमा एक समारोहको आयोजना गरेको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले राज्यका सबै संयन्त्रमा युवाहरूले आफ्नो उपस्थिति देख्न चाहेकाले सोहीअनुसार सरकार काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । संविधानका अक्षरभन्दा जनताका भावना ठुलो हुने बताउनुहुँदै प्रधानमन्त्री कार्कीले आवश्यक परे संस्थागत रूपमा कानुनमा संशोधन गरेर जनताको सेवालाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो । प्रधानमन्त्री कार्कीले संविधानले सङ्घ प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँड र जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा प्रदान गर्ने आधार प्रद
काठमाडौं। शीतल निवासमा पुगेका नागरिक समाजका अगुवासँग राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफू बरु शहीद हुन तयार रहेको तर संविधानभन्दा बाहिर नजाने अडान लिएको बताएका छन् । भदौ २४ को घटना र त्यसपछि अन्तरिम सरकार गठन गर्दा सम्मका प्रसङ्ग सुनाउँदै राष्ट्रपति पौडेलले आफ्नो अडानकै कारण पहिले अन्तरिम सरकारपछि प्रधानमन्त्रीको सिफारिशमा प्रतिनिधि सभा विघटन भएको बताए । नागरिक समाजका अगुवाहरूले बिहीबार अन्तरिम सरकारको मुख्य काम चुनाव भएकाले त्यसभन्दा बाहिर नजान सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेलसँग अनुरोध गरेका थिए । उनीहरुले राष्ट्रपति पौडेललाई भेटेर
काठमाडौंः भारतीय प्रधानमन्त्रीको जन्मदिनको अवसर पारेर नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५ औं जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौं पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुका साथै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन् । भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन दिँदै असल छिमेकीका नाताले आग
काठमाडौं । आफू निरन्तर सम्पर्कमा रहेको जनाउँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको जानकारी गराएका छन् ।सुरक्षाको कारण देखाउँदै उनीहरूको उपचार भइरहेको स्थानबारे अहिलेसम्म केही जानकारी गराइएको छैन । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा खड्काले पनि देउवा दम्पत्तिको उपचार कहाँ भइरहेको छ भन्नेबारे भने केही खुलाएनन् ।गत २४ भदौमा जेन जीले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो ।
इटहरी । जेन जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै इटहरी– १२ स्थित खनारको रेडकक्रस भवनमा संयुक्त पार्टी परित्याग कार्यक्रमको आयोजना गरी सुनसरीका ३ दर्जन अगुवा कार्यकर्ता तथा नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।सो कार्यक्रममा जेन जी आन्दोलनलाई भौतिक तथा नैतिक समर्थन रहेको पार्टीका इटहरी नगर कमिटी अध्यक्ष शेषकराम थानदारले बताउनुभयो । पार्टी जनताप्रति बफदार नदेखिएको उहाँले पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ता अहिले कुनै पनि पार्टीमा सामेल नहुने बताउनुभयो । पार्टीले जनता तथा कार्यकर्ताको मनोभावनाअनुसार काम नगरेको र सत्तामोहमा केन्द्रित भएकोे पार्टी परित्याग गर्नेहरुले बताएका छन्
इटहरी । भ्रष्टाचार, बेथिती, कुशासनविरुद्ध आज (भदौ २३ गते) ‘जेनजी’ पुस्ताले काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । कुनै संगठनमा आवद्ध नभएका बरु सामाजिक सञ्जाल र प्रविधिमा पोख्त नयाँ पुस्ताले गर्ने स्वतःस्फूर्त आन्दोलन कस्तो हुन्छ भन्ने आम चासो बनेको छ ।आन्दोलनलाई विभिन्न व्यक्ति, समूह, राजनीतिक दल तथा संघसंगठनहरूले समर्थनसमेत गरिरहेका छन् । त्यसका साथै युवाहरूको आन्दोलनमा घुसपैठ हुने र भड्किने सम्भावनासमेत व्यक्त गरिरहेका छन् ।जेनजी पुस्ताको आन्दोलनप्रति सत्तारुढ तथा विपक्षी दलका समेत गरी १७ विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन् । आइतबार विज्ञप्ति नै प्रकाशित गरी उनीहरूले ‘सामाजिक सञ्जाल बन
इटहरी । संसद अवरोध र बहिष्कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ कीर्तिमान बनाएको छ । एकै अधिवेशनमा सबैभन्दा लामो समयसम्म अवरोध र बहिष्कारको रेकर्ड यसअघि नेकपा (एमाले) को नाममा थियो । एमालेको रेकर्डलाई रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले भङ्ग गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।चालु अधिवेशनको जेठ १३ गतेबाट सुरुको १८ दिनसम्म प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पनि अवरोधमा साथ दिएको थियो । सत्तारूढ दलसँग भएको दुईबुँदे सहमतिपछि जेठ २९ बाट माओवादी केन्द्रले संसदीय काम कारबाहीमा भाग लिएको थियो ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरेर माओवादी केन्द्र, र
इटहरी डेस्क । नेकपा (एमाले) को दोस्रो विधान महाअधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा बिहान ११ बजे एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाअधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ।महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिएका छन् ।उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकता नै सङ्घीयताको सफल कार्यान्वयनको मुख्य चुनौती भएको बताउनुभएको छ ।पोखरा विश्वविद्यालयद्वारा आज आयोजित १० वर्षको सङ्घीय यात्रा, अभ्यास र उपलब्धि विषयक (प्रादेशिक सरकारको दृष्टिकोणमा सङ्घीयताको कार्यान्वयन) कार्यशालाको उद्घाटन गर्दै उहाँले संविधानमा लेखिएका अधिकारका सन्दर्भमा आवश्यक कानुन नबन्नु, गर्नुपर्ने कामको पहिचान नहुनु आदिले अपेक्षित कामहरू गर्न नसकिएको बताउनुभयो ।सङ्घ सरकारबाट बन्नुपर्ने कानुन नहुँदा प्रदेश सरकारले सीमित स्रोत साधनका बीच नागरिकका असीमित आवश्यकता पूरा गर्न सरकारलाई चुनौती थपिएको उल्लेख गर्दै उह
इटहरी डेस्क । नेकपा एमालेले भाद्र २० गतेदेखि सुरु हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरि कूल २ हजार ३ सय ४१ जनाको सहभागीता रहने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।विधान अधिवेशनमा एमाले अध्यक्ष ओलीले भाद्र २० गते ११ बजे ललितपुरको गोदावरीस्थित सनराजइ हलमा समुद्घाटन गर्नेछन् । अधिवेशनम