इटहरी । भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएका छन् ।

देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक पनि देउवा निवासमा पुगेका छन्। उनका अनुसार अन्य नेताहरू आउने क्रम पनि जारी छ।

तर, पार्टीभित्र बढ्दो असन्तुष्टिका बाबजुद, विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आह्वान गरिएको हो।