राजनीति

    Showing ५८१-५९० of ७८० items.
  • दुर्गा प्रसाईं संरक्षक रहेको ‘नागरिक बचाउ’ दल दर्ता

    काठमाडौंः आगामी निर्वाचनमा भाग लिनका लागि राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ नेपाल नामक दल दर्ता भएको छ ।पार्टी सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा आइतबार निर्वाचन आयोगमा दर्ता भएको दलमा अहिले २९ जना केन्द्रीय सदस्य छन् ।सो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ४११ पटक पढिएको
  • गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन – मुख्यमन्त्री बानियाँ

    ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राख्नुभएको छ ।बागमती प्रदेश सुशासन केन्द्र, फेडरलिज्म तथा लोकलाइजेशन सेन्टरसँगको सहकार्यमा आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रः चुनौती र अवसर’ विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिब जनताको हित गर्ने व्यवस्था हो भन्दै जनताको अवस्था परिवर्तन आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।“नेपालले विभिन्न कालखण्डमा फरकफरक परिस्थितिलाई भोग्दै विसं २०६५ जेठ १५ गतेदेखि मुलुक गणतन्त्रमा प्रवेश गरेको हो । तत्का

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ३६२ पटक पढिएको
  • संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने – अध्यक्ष ओली

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहो¥याउनुभएको हो । उहाँले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै जाँदा मुलुकको राजनीतिक प्रणालीमा गलत नजिर बस्नसक्ने भनी चिन्ता व्यक्त गर्नुभयो ।उहाँले संसद् पुनःस्थापनाबाट मात्र देशले राजनीतिक निकास पाउने विश्वाससहित आफ्नो पार्टी पुनःस्थापनाका पक्षमा रहेको स्पष्ट गर्नुभयो ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ३२९ पटक पढिएको
  • गतिशील लोकतान्त्रिक पार्टीका वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

    बेलबारीः फागुन २१ गते हुने निर्वाचनमा हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी हालै गठन भएको गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् ।बस्नेतलाई मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने विषयमा अनौपचारिक तहमा बलियो तयारी भइरहेको पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंले बताए । यद्यपि, पार्टीले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी छ । ‘बस्नेत मोरङका लागि परिचित अनुहार हुन् र उनको लगानी तथा व्यावसायिक संलग्नताले स्थानीय स्तरमा चर्चा हुने गरेको छ । मोरङ क्षेत्र नम्बर ३ मा गत चुन

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • ४०८ पटक पढिएको
  • नेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि

    काठमाडौंः नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ ।विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूको प्रतिनिधिमूलक साझा संस्थाका रूपमा स्ववियु परिषद् नेपाल गठन भएको बताइएको छ ।नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुने भएको छ ।अधिवेशन व्यवस्थापनका लागि राज थेबेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सदस्यमा पंकजकुमार क्षेत्री सुवेदी, कमला सिंह शाही, अमृत कार्की, मेघराज थापा, करुणासागर सिग्देल र लक्ष्मीकुमारी बोगटी हुनुहुन्छ ।न

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ३८१ पटक पढिएको
  • नेकपा एमालेले देशभर आज मोटरसाइकल र्यालीमार्फत् जनप्रदर्शन गर्ने

    विराटनगरः संसद पुनस्र्थापनाको माग गरिरहेको र जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनलाई ‘प्रतिगामी षड्यन्त्र’ को संज्ञा दिँदै आएको नेकपा एमालेले आज देशव्यापी जनप्रदर्शन गर्ने भएको छ ।पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्लाहरूमा जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरूलाई खटाइएको छ । यसै क्रममा मोरङ जिल्लाको विराटनगरमा पनि मोटरसाइकल र्याली निकालिने भएको छ । कमिटीका उपाध्यक्ष सागर थापाका अनुसार, आजको प्रदर्शनमा जनसहभागिता उल्लेख्य हुनेछ । विभिन्न क्षेत्रबाट आउने मोटरसाइकल र्यालीहरू विराटनगरका प्रमुख चोकहरूमा जम्मा हुनेछन् ।उत्तरी मोरङका उर्लाबारी, पथरी, लेटाङ, बेलबारी लगायतका क्षेत्

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ३३२ पटक पढिएको
  • टसमस भएनन् गगन– विश्व : चुनावअघि नियमित नभए विशेष महाधिवेशन

    इटहरी डेस्क । महाधिवेशन कहिले गर्ने भन्ने गलफतीमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लम्बिँदै गएको छ । कांग्रेसको एक महिनादेखि जारी बैठक एउटै विषयमा अड्किएको छ– महाधिवेशन चुनाव अघि कि पछि ?संस्थापन पक्ष अहिले चुनावको तयारी गर्नुपर्ने भन्दै चुनाव पछि महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ भने इतर पक्ष चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा छ ।दुवै पक्षको अडानका कारण बैठक लम्बिँदै गएपनि कांग्रेस निर्णयविहीन बनेको छ ।कांग्रेसभित्रको महाधिवेशन किचलो चुनावमा टिक कसले बाँड्ने भन्ने प्रतिस्पर्धाका कारण उत्पन्न भएको सजिलै अनुमान गर्न सकिन्छ ।५४ प्रतिशतको हस्ताक्षर गराएर तम्तयार इतर पक्षले संस्थापन प

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • ३७९ पटक पढिएको
  • कोशी प्रदेशसभाको बैठक अब कटहरीको तरकारी बजारमा

    विराटनगरः जेनजी आन्दोलनका क्रममा विराटनगरको देवकोटा चोकमा रहेको कोशी प्रदेशसभा सचिवालय र सभाहल ध्वस्त भएकाले प्रदेशसभा अब मोरङको कटहरीस्थित फलफूल तथा कृषि थोक बजारबाट सञ्चालन हुने भएको छ ।बुधबारदेखि फलफूल तथा कृषि थोक बजारमा सारिएको प्रदेशसभाको मंसिरमा हुने बैठक व्यवस्थापनका लागि सभामुख, उपसभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । अहिले सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ । कृषि बजारको प्रशासनिक भवनमा सचिवालय र छुट्टै भवनमा प्रदेशसभा सञ्चालन गर्ने तयारी छ । यो भवन प्रदेशसभा सचिवालयका लागि अस्थायी रूपमा प्रयोग गर्ने भएको हो ।मंसिर दोस्रो साताभित्र प्रदेशसभाको ह

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • २९४ पटक पढिएको
  • पत्रकारलाई होटलमा बोलाएर मुख्यमन्त्री कार्कीले भने, ‘मंसिर पहिलो साताभित्र मन्त्रिमण्डल परिवर्तन गर्दैछु’

    विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार नेकपा एमाले निकट केही पत्रकारलाई विराटनगरस्थित होटल स्वागतममा बोलाए । पत्रकारसँगको सो भेटमा उनले केही मन्त्रीले राम्रो काम गर्न नसकेको भन्दै मन्त्रिमण्डल फेरबदल गर्न लागेको जानकारी दिए ।सत्ता साझेदार दलहरूसँग छलफल गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै पक्षका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भएको कार्कीले बताएका हुन् ।  मध्य भदौमा नै मन्त्री परिवर्तनको छलफल भए पनि कांग्रेसको ढिलासुस्तीका कारण प्रक्रिया अघि बढेको थिएन । अब कांग्रेसले नमाने पनि एमालेबाट मन्त्री बनेकाहरुलाई परिवर्तन गर्ने तयारी मुख्यमन्त्री कार्

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • २०६ पटक पढिएको
  • सरकार र दुर्गा प्रसाईँ समूहबीच वार्ता हुँदै

    काठमाडौं ।  मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेपछि सरकारले नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहको सिंहदरबारमा वार्ता शुरु गरेको छ ।मन्त्रीस्तरीय सो वार्तामा प्रसाईँ भने सहभागी छैनन् । प्रधानमन्त्रीस्तरीय वार्तामा मात्रै आफू सहभागी हुने प्रसाईँले अडान लिएका छन् ।प्रसाईंको समूहबाट सङ्गठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरू सहभागी छन् ।

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ४२२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल