इटहरी । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिउँसो २ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको हो ।

सम्मेलनमा आन्तरिक किचलो र विशेष महाधिवेशनको बारेमा देउवा पक्षको धारणा राख्ने जनाएको छ । उता महाधिवेशनबाटै नेतृत्व चयन भएको दाबी गर्दै सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा अद्यावधिक गर्न भन्दै बिहीबार निवेदन दिइसकिएको छ ।