इटहरी । पूर्वराष्ट्रपति एवम् नेकपा (एमाले) का पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमालेको ११ औँ महाधिवेशनमा सहभागी हुनबाट आफूलाई वञ्चित गरिएको भन्दै गुनासो गरेकी छन् ।महाधिवेशन नजिकिँदै गर्दा भण्डारीले २ वर्षअघि नै नवीकरण गरिएको आफ्नो पार्टी सदस्यता नेतृत्वले रोकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।बिहीबार बिहान आफ्नो फेसबुक पेजमार्फत ११औँ महाधिवेशनका लागि एमालेका सदस्यहरूलाई शुभकामना दिँदै उनले आफू भने यसमा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरेकी हुन्।यद्यपि महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि एमाले परिवारको अभिन्न सदस्यको हैसियतले आफ्नो साथ रहने पार्टीका पूर्वउपाध
इटहरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा बिहीबार थप चार पार्टी समाहित हुँदैछन्।जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।बिहीबार दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रम गरी ती समूहलाई स्वागत गर्न लागिएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभाको लागि उम्मेद्वारले निर्वाचनसम्बन्धी खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ ।आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्चसम्बन्धी आचरणको विषय छ । जसअनुसार राजनीतिक दल तथा उम्मेद्वारले निर्वाचन खर्च गर्न छुट्टै खाता खोल्नुपर्ने उल्लेख छ ।आचारसंहिताअनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नै निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र त्यसको स्रोत समेत खुलाउनुपर्ने हुन्छ । त्यसको खर्चका लागि छुट्टै खाता खोल्नुपर्ने आचारसंहितामा उल्लेख
काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हिजो एकै दिन नेकपा एमालेसहित १५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजतन्त्र पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपालसहितका १५ पार्टी निर्वाचन आयोगमा दर्ता भएका हुन् ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन दल दर्ता गर्ने आज अन्तिम दिन हो ।
विराटनगरः सुनसरीको इटहरीमा हुने युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन जाने क्रममा नेकपा एमालेका महेश बस्नेत र भानुभक्त ढकाल सवार भएको गाडीमा विराटनगरमा दुई जनाले रातो मसी छ्यापेका छन् ।एयरपोर्ट लाइनको सडकमा रातो मसी छ्याप्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नेताद्वय सवार गाडी दुहबी कटिसकेपछि दुहबी बजारस्थित सडकमा केही युवाले टायर बालेर प्रदर्शन गरेका थिए । प्रहरीले आगो निभाएर सडक सुचारु गराइसकेको छ ।
काठमाडौंः आजदेखि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । हिजो साँझ सरकारसँग भएको सहमतिपछि सो समूहले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत सहभागी थिए ।आजदेखि गर्ने भनिएको आन्दोलन फिर्ता लिने र अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित चाँडै गर्ने समझदारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएक
वीरगञ्जः बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी युवाबीच झडप भएको छ । झडपपछि प्रशासनले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेस प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउने भएपछि जेनजी युवाले ती नेताको आगमन रोक्न विमानस्थलमा प्रदर्शन गरेका थिए ।काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्
इटहरी । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कार्यतालिका आइतबार सार्वजनिक गरेको छ ।प्रत्यक्ष र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेद्वारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको हो ।निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन माघ ६ गते तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेद्वारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेद्वारको सूची प्रकाशित गरिने भएको छ ।भोलिपल्ट ७ माघमा उम्मेद्वारको विरोधमा उजुरी दिने गरी बिहान १० बज
काठमाडौंः बारम्बार हिंसा भड्किने गरी अभिव्यक्ति दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट दुर्गा प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।नागरिक बचाउ दलका संरक्षकसमेत रहेका प्रसाईँ सोमबार मध्यरातमा पक्राउ परेका हुन् । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए । मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र सो आन्दोलन हिंसात्मक हुन सक्ने अभिव्यक्ति बारम्बार दिएपछि प
काठमाडौंः जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा ७ दल दर्ता भएका छन् । ७ वटा खारेज भएका छन् । जसका कारण दलको सङ्ख्या यथावत् १२२ नै रहेको छ । २८ नयाँ दल भने दर्ता प्रक्रियामा छन् ।निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थिए भने आगामी निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आइतबार सम्म पनि त्यति नै दल छन् । ७ दल थपिए पनि ७ दल नै खारेज भएका छन् ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार एउटा राजनीतिक दललाई सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएको थियो । बाँकी ६ दलहरु ती दलको नेतृत्वको आग्रहमा खारेज गरिएको हो । भट्टराईका अनुसार २८ द