काठमाडौंः निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ ।

आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।

आधारहरू:

१. ४० प्रतिशत प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था,

२. विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि,

३. विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नरहेको ।

दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको हो ।