राजनीति

    Showing ४८१-४९० of ८५८ items.
  • काेशी प्रदेशका पाँच जिल्लामा नेकपाले टुंग्यायो उम्मेदवार , सुनसरी २ मा रामकुमारी , झापा ५ मा रञ्जीत

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेशका केही निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टीले यस पटक नयाँ र अनुभवी दुवै अनुहारलाई अघि सारेको छ ।खोटाङबाट अर्थ तथा राजनीतिक विश्लेषक डा. हरि रोकालाई नेकपाले प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ ।दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाँडागाउँका निवासी डा. रोकालाई पार्टीले भावी अर्थमन्त्रीको सम्भावनासहित अघि सारेको जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए।यसैगरी झापा-१ बाट युवानेता अशेष घिमिरे उम्मेदवार बनेका छन् । पाँचथरबाट हर्क साम्पाङ मेक्सो पहिलो पटक चुनावी मैदानमा उत

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २९४ पटक पढिएको
  • अदालतको निर्णय नआउँदै मिल्ने दिशातिर कांग्रेस, रूख छोडेर विद्रोह नगर्ने देउवा पक्षको घोषणा

    इटहरी । निर्वाचन आयोगले शुक्रबार अपरान्ह नेपाली कांग्रेसको भृकुटीमण्डपको विशेष महाधिवेशनलाई मान्यता दिँदै विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगले तत्कालीन कार्यसमितिले गरेका कामकारबाहीमा प्रश्न उठाउँदै विवरण अद्यवाधिक गर्ने निर्णय लिएको हो । योसँगै गग थापा नेतृत्वको कांग्रेस आधिकारिक कांग्रेस भएको छ ।कांग्रेसको आन्तरिक विवादबीच विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा पक्ष कानुनी र राजनीति संघर्षमा उत्रिएको छ। आइतबार देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो । तर अदालतको निर्णय नआउँदै देउवा पक्ष लचिलो भएको छ ।देउवा पक्षका

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २६७ पटक पढिएको
  • विशेष महाधिवेशनविरुद्ध सर्वाेच्चमा देउवा समूहको रिट दर्ता

    काठमाडौंः विशेष महाधिवेशनको निर्णयको विरुद्धमा नेपाली कांग्रेस देउवा समूहका तर्फबाट सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । दायर गरिएको रिटको पेसी पर्सि मंगलबारका निम्ति तोकिएको छ ।देउवा समूहले रिटमा मुख्यतः तीन माग गरेको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न रोक लगाउन रिटमा माग गरिएको छ । विशेष महाधिवेशन अवैध भएको देउवा समूहको जिकिर छ ।यस्तै, नवनिर्वाचित कार्यसमितिलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयनपत्र दर्तामा रोक लगाउन माग गरिएको छ ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • १६७ पटक पढिएको
  • बालेनको चुनावी अभियान : सामाजिक सञ्जालका लागि १५ जनाको विशेष टोली

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँका मेयर बालेन शाहले चुनावी अभियान तीव्र बनाएका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नका लागि उनी चुनावी सचिवालय व्यवस्थापनमा सक्रिय बनेका हुन् ।झापामा बालेनको निर्वाचन परिचालन व्यवस्थित गर्न तीन फरक स्थानमा चुनावी सचिवालय स्थापना गरिएको छ । मुख्य सचिवालय दमकस्थित लक्की सिटौलाको घरमा राखिएको छ । अन्य दुई सचिवालय इलाका प्रहरी कार्यालय नजिक र क्याम्पस मोड क्षेत्रमा सञ्चालन हुनेछन् । रास्वपा झापाका सभापति प्रकाश पाठकका अनुसार प्रत्येक सचिवालयले फरक–फरक कार्यभार सम्हाल्नेछ।सच

    • प्रकाशित मितिः माघ ४, २०८२
    • २१५ पटक पढिएको
  • एमालेमा प्रतिशोधको राजनीति : यसअघि चुनाव जितेका १३ नेताले पाएनन् टिकट

    इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा आफूविरुद्ध खडा भएका र प्रश्न गर्ने नेताहरुलाई प्रतिशोध साधेका छन् । १४१ क्षेत्रका उम्मेदवारको टुंगो लाग्दा नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट २ जनाले मात्रै टिकट पाएका छन् भने यसअघि चुनाव जितेका १३ जनाको टिकट खोसिएको छ ।यसअघि निर्वाचन जितेका उपमहासचिव जितेका योगेश भट्टराई र गोकुल बाँस्कोटाको टिकट होल्डमा परेको छ । बाँस्कोटाको काभ्रे-२ बाट एकल सिफारिस भएको थियो । गत पुस २१ गते बसेको एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठकले बाँस्कोटाको नाम मात्र सिफारिस गर्ने निर्णय गरेको थियो। उनी यसअघिको निर्वाचनमा गठबन्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ३०३ पटक पढिएको
  • निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

    इटहरी । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गगन थापा नेतृत्वको कांग्रेसलाई सबै पक्षले स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन्।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शर्माले भने, ‘निर्वाचन आयोगले जे निर्णय दिएको छ, त्यसलाई स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन।’उनका अनुसार संस्थापन पक्षबाट भएको उत्पीडनकै कारण विशेष महाधिवेशन हुन पुगेको हो र त्यसले निर्वाचित गरेको नेतृत्वलाई अस्वीकार गर्ने ठाउँ नरहेको छैन। उनले भने, ‘यो पार्टी फुटेको होइन, अधिवेशन भएको हो र यो पूर्ण रूपमा भ्यालिड भइसकेको छ।’नेता शर्माले सभापति गगन थाप

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २६९ पटक पढिएको
  • झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तामझामसहित मनोनयन दर्ता गर्ने तयारी गरेको छ।झापा ५ मा निर्वाचन परिचालनको कमान्ड सम्हालिरहेका क्षेत्रीय सभापति भेषराज भट्टराईका अनुसार माघ ६ गते हुने मनोनयन दर्ता कार्यक्रमलाई भव्य बनाउने तयारी भइरहेको छ।मनोनयन दर्ताका क्रममा रास्वपाले स्थानीय पहिचान झल्किने गरी विभिन्न जातजातिका झाँकीसहित उम्मेदवारी दर्ताको तयारी गरेको छ।त्यसक्रममा पञ्चेबाजा, धिमालहरूको सांस्कृतिक टोली, राई(लिम्बू र सन्थाल समुदायका झाँकी प्रदर्शन हुनेछन्।यसका लागि दमक, कमल, गौरादह र गौरीगञ्ज गरी चारवटा पालिकाबाट सांस्कृतिक टोलीहरू सहभागी गराउ

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २३७ पटक पढिएको
  • कांग्रेसको निर्णय- देउवाको योगदानको उच्च मूल्यांकन, अब अभिभावकीय भूमिका रहने विश्वास

    इटहरी । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। शनिबार बानेश्वरमा बसेको केन्द्रीय समिति बैठकले देउवालाई अभिभावकीय भूमिकामा निरन्तर रहन आग्रह गर्ने निर्णय गरेको हो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले देउवाले पार्टीलाई पुर्‍याएको योगदान र प्रदान गरेको नेतृत्वको उच्च मूूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय गरिएको जानकारी दिए। ‘शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई पुर्‍याउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्यालंकन गर्दै आभार व्यक्त गर्ने निर्णय भएको छ,’ चालिसेले भने, ‘आगामी द

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २०० पटक पढिएको
  • आधिकारिता प्राप्तिपछि गगन नेतृत्वको कांग्रेसको पहिलो बैठक आज बस्दै

    इटहरी । निर्वाचन आयोगबाट आधिकारिकता प्राप्तिपछि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आज (शनिबार) पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक राख्दै छ। बैठक अहिले बिहान ११:३० बजे नयाँ बानेश्वरमा बस्ने नेताहरूले जानकारी दिएका छन्।निर्वाचन आयोगले मान्यता दिएको भोलिपल्टै सभापति थापाले केन्द्रीय कार्यसमितिको बैठक राख्न लागेका हुन्।  पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चुन्दै कांग्रेसको नयाँ नेतृत्व निर्वाचित गरेको हो।उता शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता दाबी गरे पनि निर्वाचन आयोगले शुक्रबार गगन पक्षको कांग्रेस

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २५४ पटक पढिएको
  • देउवा पक्षधर सानेपामा भेला हुँदा शेखर समूहको छुट्टै छलफल

    इटहरी । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षधर नेता कन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपामा भेला भइरहँदा नेता शेखर काेइराला समूह भने छुट्टै छलफलमा जुटेकाे छ। शेखर पक्षका नेता बलबहादुर केसीले आफूहरू अहिले छलफल रहेको जानकारी  दिए। यद्यपि उनले ठाउँ भने खुलाएनन्। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सडक आन्दोलन गर्ने र अदालत गुहार्ने तयारीमा लागेका छन्।यस क्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा अहिले ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको हो।&n

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २५७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल