बुटवल । रुपन्देही–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी अभियान अन्य दलको भन्दा फरक छ। शुक्रबारदेखि बुटवल उपमहानगरपालिकाको १२ नम्बर वडाबाट घरदैलो सुरु गरेको राप्रपाले अन्य दलले जस्तो आफ्नो उम्मेदवारको बखान गरिरहेको छैन।
पार्टीले टिकट दिएकी कर्भिका थापाले पीआर (स्थायी बसोबास अनुमति) त्यागेको तीन महिना नपुगेपछि राप्रपाले अर्को उम्मेदवार उठाउने समय पाएन। प्रत्यक्षमा उम्मेदवार नभएपछि समानुपातिकका लागि मत माग्न घरदैलो अभियान सुरु गरेको राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए।
प्रत्यक्षमा राप्रपाले २०७९ मा एमाले र २०७४ मा कांग्रेसलाई समर्थन गरेको थियो। २०७९ को समानुपातिक मत परिणामअनुसार राप्रपा यो क्षेत्रमा चौथो शक्ति हो। त्यतिबेला राप्रपाले ५ हजार ६०० मत प्राप्त गरेको थियो।


















