इटहरी । अजीव राईको अध्यक्षतामा श्रम संस्कृति पार्टीको सुन्दरहरैंचा नगर कमिटी बुधबार गठन गरिएको छ ।प्रेमबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव एवं समानुपातिक उम्मेद्वार जीवन बिष्ट हुनुहुन्थ्यो । विशेष अतिथिमा श्रम संस्कृति पार्टीका मोरङ क्षेत्र नम्बर ३ का उम्मेद्वार अमिर मगर, मोरङ क्षेत्र नं. ६ का उम्मेद्वार मातृका पौडेल रहनुभएको थियो । कार्यक्रममा श्रम संस्कृति पार्टी बेलबारी नगर अध्यक्ष पर्वत राई, इलाका प्रहरी कार्यालय विराटचोकका प्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो ।कार्यसमितिको उपाध्यक्षमा सीता छाराहाङ कुलुङ, ग
धनुषा । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसले विश्वास दिएमा कांग्रेसको एकमना सरकार बन्ने बताएका छन्। शुक्रबार धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले कांग्रेसको एकमना सरकार बनेमा मधेसका मुद्दा बोक्ने बताए। ‘मधेसले पूर्ण विश्वास दिएपछि कांग्रेसको एकमना सरकार बन्छ।त्यो सरकारले मधेसका मुद्दा जुरुक्क बोक्छ,’ थापाले भने, ‘चाहे त्यो संविधानसम्बन्धी विषय होस्, चाहे मधेसीमाथि हुने अन्यायपूर्ण विभेदसँग जोडिएको विषय हुन्, सबै मुद्दा कांग्रेसले बोक्छ।’त्यसैले मधेसलाई जोड्न आफू आएको उनको भनाइ थियो। ‘म निर्वाचन क्षेत्र नभएर यहाँ आएको होइन, मधेसलाई जोड्न आएको हुँ,’ उनले भने।
बन्दीपुरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा २ लाख ५४ हजार ३९७ जना मतदाता कायम भएका छन् ।जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या १ लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या १ लाख ३० हजार ९०६ जना रहेको छ । जिल्लास्थित दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेका छन् ।दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ मा १ लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा ज्ञ लाख १८ हजार २७९ मतदात रहेका छन् । क्षेत्र नं १ मा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेन
बेलबारीः मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उनले चुनाव प्रचारका क्रममा १० लाख रुपैयाँ बाँडेको आरोप लागेको छ ।सोही क्षेत्रका राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेद्वार भुवनकुमार वाग्लेले उजुरी दिएका हुन् । वाग्लेले दिएको उजुरीमा शर्माले चुनाव प्रचारकै दौरानमा यम बुद्ध फाउण्डेसनलाई १० लाख रुपैयाँ दिएको खबर सार्वजनिक भएको हुँदा चुनावमा प्रभावित गर्ने यस्ता गतिविधि तत्काल रोकी कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।निर्वाचन क्षेत्रका नागरिकलाई ५० प्रतिशत निःशुल्क उपचारका नाममा प्रभावित पार्न खोजेको समेत आरोप उजुरीमा लगाइएको छ ।
उर्लाबारीः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मोरङ निर्वाचन क्षेत्र नम्बर–१ क्षेत्रीय कमिटीको आयोजनामा उर्लाबारीमा छलफल भएको छ ।क्षेत्रीय कमिटी संयोजक अग्नि भट्टराईको सभापतित्वमा एमालेको नगर कार्यालयमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एमालेका पूर्व उपाध्यक्ष गुरुप्रसाद बराल रहनुभएको थियो । कार्यक्रम सञ्चालन क्षेत्रीय समन्वय कमिटी सह–संयोजक सरला राईले गर्नुभएको थियो ।कार्यक्रममा सभापति भट्टराईका साथै एमालेका मोरङ जिल्ला सचिव सोमराज थापा, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवं जिल्ला सचिवालय सदस्य उमाकान्त गौतम, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ
उर्लाबारीः एक कार्यक्रमका बीच नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं. १ ले उर्लाबारी–४ भद्रमारीमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।सम्पर्क कार्यालय उद्घाटन समारोह क्षेत्रीय सभापति शंकर राईको अध्यक्षतामा भएको थियो । प्रदेश सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खड्गबहादुर फागो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।कार्यक्रममा सभापति राईले संगठनलाई थप सक्रिय बनाउँदै जिम्मेवार र संयमित ढंगले चुनावी अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्यले एकताबद्ध भएर मैदानमा उत्रिएमा कांग्रेसको जीत सुनिश्चित हुने बताउनुभयो ।पार्टीको न
इटहरी । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका अनुगमन गर्ने भएको छ । त्यसका लागि आयोगले निम्नलिखित १० वटा कार्यशर्तको अधीनमा रहेर अनुगमन गर्ने भएको छ ।(क) निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २६ बमोजिम राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्ति वा अन्य कुनै व्यक्तिले सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गरे नगरेको यकिन विवरण तयार गर्ने,(ख) निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २७ को व्यवस्था कार्यान्वयनको लागि राजनीतिक दल, उम्मेद्वार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचारप्रसारका लागि प्रचलित निर्वाचन
काठमाडौंः निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाको साथ खोज्दै नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनावमा केन्द्रित हुन सबै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गरेर परिपत्र गरेको छ ।महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरुलाई पनि विधि विधानले पाएको विषय भन्दै जीतहारको कुरा नगरी चुनावमा केन्द्रित हुन निर्देशन दिइएको छ ।अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास परिपत्रमा गरिएको छ ।‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढ
काठमाडौंः राजनीतिक वित्त तथा निर्वाचन खर्चसम्बन्धी विषयमा अनुगमन गर्ने कार्यशर्तसहित राजनीतिक दल तथा उम्मेद्वारको चुनावी खर्चको अनुगमन गर्न निर्वाचन आयोगले अनुगमन अधिकृत तोकेको छ ।आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको छ । आयोगका अनुसार अनुगमन अधिकृतले राजनीतिक दल र उम्मेद्वारले निर्वाचनका क्रममा गर्ने खर्च, आय–व्ययको विवरण, आर्थिक अनुशासन तथा कानुनी सीमाको पालना भए–नभएको विषयमा निगरानी गर्नेछन् ।आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन अधिकृतका लागि १० वटा कार्यशर्त समेत तय गरेको जना
धनकुटाः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १७ जनाले उम्मेद्वारी दिएका छन् । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा ७ जनाले उम्मेद्वारी दिएका थिए ।धनकुटामा १८ जनाले उम्मेदवारी दर्ता गरेकोमा १ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेद्वारी दिएका गंगाराम गोम्देनले उम्मेद्वारी फिर्ता लिएका हुन् ।२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा एक जना स्वतन्त्र उम्मेदवार मात्रै रहेको भए पनि यसपटक ३ जना स्वतन्त्र उम्मेद्वार रहेका छन् ।२०७९ को निर्वाचनमा धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई, नेपाली कांग्रेसका सुनिलबहादुर थापा, राष्ट्