राजनीति

    Showing ४३१-४४० of ८६३ items.
  • निर्वाचनसम्बन्धी टिकटक बनाएर पुरस्कार जित्न निर्वाचन आयोगको अनुरोध

    इटहरी ।  निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ ।प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिने आयोगले जनाएको छ । पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिने बताइएको छ ।भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ । एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका स

    • प्रकाशित मितिः माघ २८, २०८२
    • १४९ पटक पढिएको
  • राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित

    काठमाडौंः राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबार बसेको सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो ।बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगिएको थियो ।यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ५ वैशाख २०८२ मा दर्ता गराउनुभएको थियो ।

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २३७ पटक पढिएको
  • मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतका सुन्दरहरैंचाका सबै वडामा कांग्रेसले स्थापना गर्याे प्रचारप्रसार कार्यालय

    गछियाः नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने सुन्दरहरैंचाका वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा प्रचारप्रसार समितिको वडा कार्यालय स्थापना गरेको छ । त्यस्तै सुन्दरहरैंचाका लागि सम्पर्क तथा कार्यालय सुन्दरहरैंचा–३ गछियामा स्थापना गरेको छ । सुन्दरहरैंचा–३ नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझी तथा क्षेत्रीय सभापति देवराज तामाङको गृह वडा हो ।हिजो ती सबै वडा कार्यालयको उद्घाटन मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका उम्मेद्वार रहनुभएका डा. शेखर कोइरालाले गर्नुभएको हो । वडा नम्बर २ को मृगौलिया, वडा नम्बर ३ को गछिया, वडा नम्बर ४ को दुलारी, वडा नम्बर ५ को बाँसबारी, वडा नम्बर ६ को सु

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २१७ पटक पढिएको
  • देशभरका ३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

    इटहरी ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रसमेत गरी ३ हजार ४०६ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । जसमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्य समूहका एक जना उम्मेदवार छन् ।त्यसो त १६५ वटा निर्वाचन क्षेत्रमध्ये ३१ वटा निर्वाचन क्षेत्रमा त महिला उम्मेद्वार नै छैनन् । तथ्यांकअनुसार कोशी प्रदेश अन्तर्गतका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेद्वारी शून्य छ । ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–१ र उदयपुर–२ मा महिला उम्मेद्वार छैनन् ।कोशी प्रदेश

    • प्रकाशित मितिः माघ २६, २०८२
    • ३०३ पटक पढिएको
  • साक्षरदेखि विद्यावारिधीसम्म मोरङ–३ को चुनावी मैदानमा

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा साक्षरदेखि बौद्धिक उम्मेद्वारहरूबीच प्रतिष्पर्धा हुने देखिएको छ ।विद्यावारिधी उपाधिप्राप्त नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार बन्नुभएका ५८ वर्षीय डा. देउमान सम्वाहाम्फे सबैभन्दा बढी शैक्षिक योग्यता भएका उम्मेद्वार हुनुहुन्छ ।नेपाली कांग्रेसबाट उम्मेद्वारी दिनुभएका ४८ वर्षीय सुनिलकुमार शर्मा ब्याचलर अफ मेडिसिन (एमबीबीएस) शैक्षिक योग्यता भएका चिकित्सक हुनुहुन्छ । उहाँ विराटनगरमा रहेको नोबेल मेडिकल कलेजका सञ्चालक हुनुुहुन्छ ।नेकपा एमालेका तर्फबाट उम्मेद्वारी दिनुभएका ५५ वर्षीय इरानकुमार राई,

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २०५ पटक पढिएको
  • समानुपातिकमा १२ जना ८० वर्ष माथिका उम्मेद्वार

    काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथिका उमेरका उम्मेद्वार पनि समावेश भएका छन् ।निर्वाचन आयोगको बन्दसूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला उम्मेद्वार र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेद्वार बढी रहेको देखिएको छ । आयोगका अनुसार बन्दसूचीमा ३ हजार १३५ उम्मेद्वार रहेकामा महिला १ हजार ७७२ र पुरुष एक हजार ३६३ जना छन् ।आयोगका अनुसार सो बन्दसूचीमा २५ देखि २९ वर्ष उमेर समूहका महिला ११७ र पुरुष ५१ गरी १६८ जना, ३० देखि ४० उमेर समूहका २०१ महिला र ८४ पुरुष गरी २८५ जना उम्मेद्वार छन् । ३५ देखि ३९ उमेर समूहका २६८ महिला र १३३ पु

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १४५ पटक पढिएको
  • केराबारीका मतदाता भन्छन्, ‘खदम खोलाको पुल हेरेर घनश्याम खतिवडालाई भोट हाल्छौँ’

    केराबारीः मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वार घनश्याम खतिवडाले आज केराबारी गाउँपालिकाको वडा नम्बर ६ र ७ का बासिन्दासँग भेटघाट गर्नुभएको छ ।सो भेटको क्रममा केराबारी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने डाँगी, मुगु, डाले लगायतका गाउँका स्थानीयवासीले खतिवडाको खुलेर तारिफ गरेका थिए । खतिवडाको पहलमा खदम खोलामा पक्की पुल बनेको भन्दै ती स्थानीयले सो पुल हेरेर पनि केराबारीवासीले खतिवडालाई जिताउनुपर्ने बताए ।राष्ट्रियता, विकास र समृद्धिका लागि घनश्याम खतिवडाले पुर्याएको योगदान, संसदमा ऐन निर्माणमा खेलेको भूमिका र आफ्नो निर्वाचन क्षेत्रको आवाज बारम्बार

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २९४ पटक पढिएको
  • मोरङ ३ का स्वतन्त्र उम्मेद्वारः उम्मेद्वारी किन दिएको भन्नेमा नै प्रष्ट छैनन्

    खेमचन्द्र अधिकारीविराटचोकः ‘तपाईँ क्षेत्र नम्बर २ को बासिन्दा हुनुहुन्छ तर क्षेत्र नम्बर ३ मा किन उम्मेद्वारी दिनुभएको ? चुनावमा विजयी भएपछि के गर्ने योजना छ ?मोरङको क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई स्थायी ठेगाना भए पनि मोरङको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेद्वारी दिनुभएका तेजप्रसाद भण्डारी प्रश्न सुनेपछि अकमकिनुभयो ।‘चुनाव प्रचारप्रसार कसरी गर्दै हुनुुहुन्छ’, भण्डारीलाई अर्काे प्रश्न सोधियो ।‘मैले अहिले प्रचारप्रसार शुरु गरेको छैन । म इटहरीमा छु । घरायसी सामान किनमेलमा व्यस्त छु । बोल्न भ्याउँदिनँ ।’‘कसलाई जिताउन कि हराउन उम्मेद्वारी दिनुभएको’, भन्ने प्रश्नमा उहाँको जवाफ थियो, ‘म अह

    • प्रकाशित मितिः माघ २४, २०८२
    • ३२२ पटक पढिएको
  • निर्वाचन आयोगले गरेको अन्तरक्रियामा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवारले मागे सुरक्षा

    विराटनगरः मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले क्षेत्र नं. ६ का उम्मेदवारहरूसँग हिजो आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा केही उम्मेद्वारहरुले भोट माग्ने जान सक्ने अवस्था नरहेको भन्दै सुरक्षा प्रत्याभूति दिलाउन माग गरेका थिए ।राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले आफू महिला उम्मेदवार भएकाले अन्यको तुलनामा बढी सुरक्षा चुनौती महसुस गरिरहेको बताउनुभयो । प्रशासनको अमूर्त आश्वासनले मात्र ढुक्क हुने अवस्था नभएकाले ठोस सुरक्षा योजना र अनुसन्धानको कार्यविधि (प्रिलिमिनरी इन्भेस्टिगेसन अप्रोच) चाहिने उहाँको भनाइ थियो ।राप्रपाका उम्मेदवार सबिन निरौलाले प्रशासनको कार्यशैलीमाथि प्रश

    • प्रकाशित मितिः माघ २४, २०८२
    • ३२५ पटक पढिएको
  • चुनावी प्रचार गर्न देश दौडाहामा हाेमिए शीर्ष नेता

     इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकीएसँगै शीर्ष नेताहरु चुनावी प्रचार गर्न देश दौडाहामा निष्कीएका छन् । कांग्रेस, एमाले, माओवादी, रास्वपा लगायत अन्यदलका प्रमुख र शीर्ष नेताहरु गाउँगाउँमा प्रचार अभियान नै बनाएर हिडेका हुन् ।कांग्रेस सभापति गगन थापा शुक्रबार पोखरा पुगेर काठमाडौं फर्किएका छन् । एमाले अध्यक्ष केपी ओली झापा, रास्वपा सभापति रवि लामिछाने चितवन र उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ महोत्तरी पुगेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने काठमाडौंकै चुनावी कार्यक्रममा व्यस्त छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन भने पूर्वी नेपालबाट रामेछाप, दोलखा, सिन्धुप

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २३६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल