राजनीति

    Showing ३९१-४०० of ८५८ items.
  • मोरङ–४ मा कांग्रेसका गुरुराज घिमिरेको ३९ बुँदे प्रतिबद्धतापत्र

    विराटनगरः नेपाली कांग्रेसका महामन्त्री एवं मोरङ क्षेत्र नम्बर ४ का उम्मेद्वार गुरुराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ३९ बुँदे सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ ।सोमबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उम्मेद्वार घिमिरेले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मेरुदण्ड मानेर आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुभएको हो । उहाँका एजेण्डामा विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । सो क्षेत्रलाई ‘खेलकुद ग्राम’ का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने उल्लेख छ ।विराटन

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २८२ पटक पढिएको
  • इटहरी आएर बालेनले भने, ‘उद्योग खोल्न नेतालाई ढोग्ने र उद्योग खुलेपछि चन्दा दिनुपर्ने अवस्था अन्त्य गर्छाैँ’

    इटहरीः आज इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नयाँ फ्याक्ट्री खोलेर चलाउन १० जना नेतालाई ढोग्नुपर्नेपर्ने अवस्था आफूहरूले अन्त्य गर्ने बताएका छन् ।‘देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्र हो यो । यहाँ खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरु छन् । तर जुनबेला खुले त्यसबेलादेखि नयाँ खुलेका छैनन्’, सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘नयाँ खोल्नुपर्यो भने १० नेतालाई ढोग्नुपर्छ । कर्मचारीलाई फकाउनुपर्छ । अनि बल्ल फ्याक्ट्री खुल्छ र चलाउन थालेपछि आतङ्क सुरु हुन्छ । रास्वपा त्यो हटाउन चाहन्छ ।’

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २९५ पटक पढिएको
  • भोगटेनी गाविसका कांग्रेसका पूर्व सचिवलगायत एमाले प्रवेश

    लेटाङः मोरङको लेटाङ नगरपालिकामा नेकपा एमाले पार्टी प्रतिको आकर्षण बढेको पाइएको छ । शुक्रबार मात्र लेटाङ १ आरुवोटे टोलमा नेपाली कांगे्रस लगायतका पार्टी परित्याग गरी १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसका तत्कालीन भोगटेनी गाविस सचिव नगेन्द्र मगरसहित १० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडालागयतले खादा र टीका लागाएर पार्टीमा स्वागत गर्नुभयो ।राष्ट्रियताको संरक्षण गर्दै देशको विकास गर्ने पार्टी नेकपा एमाले नै भएको ठहर गर्दै पार्टी प्रवेश गरेको नवप्रवेशी नगेन्द्र मगरले जानकारी दिनुभयो ।लेटाङ नगरपालिकाको वडा नम्बर १ न

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३४४ पटक पढिएको
  • स्थानीय तहका जनप्रतिनिधिलाई चुनाव प्रचारमा संलग्न नहुन निर्वाचन आयोगको निर्देशन

    इटहरी ।  एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ ।स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेद्वारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालय

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ३१७ पटक पढिएको
  • बालेनलक्षित ओलीको टिप्पणीः बच्चाले पनि पछि ‘प्रधानमन्त्री, राष्ट्रपति’ बन्छु भन्छन्

    दमकः प्रधानमन्त्री पदलाई खेलौनाजस्तो बनाइएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेद्वार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको भनी उहाँले टिप्पणी गर्नुभएको हो ।आज दमकमा नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमाण्ड घोषणासभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।सो क्षेत्रमा निर्वाचन प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै ओलीले बच्चाबच्चीलाई सोध्यो भने ‘प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ पनि भन्न सक्ने बताउनुभएको हो ।

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ३०८ पटक पढिएको
  • बालेनको वाचापत्र सार्वजनिक, हजार दिनमा सुकुम्बासीको समस्या समाधान गरिने

    दमकः प्रतिनिधिसभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज चुनावी वाचापत्र सार्वजनिक गर्नुभएको छ ।सो निर्वाचन क्षेत्रमा रहेका सुकुम्बासीहरूको बसोबास समस्या समाधानका लागि सय दिनमा आयोग बनाउने र हजार दिनमा समस्या समाधान गर्ने वाचा गरिएको छ ।दमक क्षेत्रलाई आईटी हबको रूपमा स्थापित गर्नका लागि संरचना निर्माण गर्ने पनि घोषणा गरिएको छ । दमकको भ्यु टावर सञ्चालन गरिने पनि वाचापत्रमा उल्लेख छ ।वाचापत्रमा पूर्वाधार, शिक्षा, कृषि तथा रोजगारी, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, महिला तथा बालबालिका, सुशासन, पर्य

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ३४० पटक पढिएको
  • केराबारीका पहाडी गाउँहरुमा घनश्याम खतिवडा

    केराबारीः नेकपा एमालको तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडाले केराबारी गाउँपालिकामा पर्ने मोरङका पहाडी गाउँहरु सिंहदेवी, पाटीगाउँ, याङ्सीला लगायत क्षेत्रमा पुगेर स्थानीयवासीसँग भेटघाट गर्दै मत माग्नुभएको छ ।आफ्नै पहलमा बिजुली बालेर उज्यालो बनाएका उत्तरी मोरङका यी गाउँमा पुगेका घनश्याम खतिवडालाई स्थानीयवासीले स्वागत सम्मान गर्दै मत दिएर जिताउने प्रतिबद्धता जनाएका छन् ।घनश्याम खतिवडा सांसद हुनुभन्दा अघि मोरङका पहाडी गाउँका थोरै ठाउँहरुमा मात्र बिजुली पुगेको थियो । तर खतिवडा सांसद निर्वाचित भएपश्चात् खतिवडाको पहलमा मोरङका पहाडी गाउँहरु सिंहदेवी, पाटीगाउँ, याङ्सीला, भोगटे

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २५६ पटक पढिएको
  • घनश्याम खतिवडाको चुुनावी प्रतिबद्धतापत्र सार्वजनिक

    उर्लाबारीः नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार घनश्याम खतिवडाले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।नेकपा एमाले निर्वाचन परिचालन कमिटीको कार्यालय उर्लाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत् उहाँले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै आफू क्षेत्रको भूगोल बुझेको, समस्या बारे जानकार रहेको र अनुभवी उम्मेद्वार रहेको बताउनुभयो ।सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा तमोर चिसाङ डाइभर्सन परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा सम्पन्न गर्ने, साथै क्षेत्रका सिँचाइ कुलो, पैनी र नहरको निर्माण तथा स्तरोन्नति गर्ने उल्लेख छ ।कृषि आधुनिकिकरण, पकेट

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २१२ पटक पढिएको
  • सुरक्षा संवेदनाका कारण भन्दै चुनाव प्रचारमा सनरुफ गाडी प्रयोग गर्न निर्वाचन आयोगद्वारा रोक

    इटहरी ।  निर्वाचन प्रचारमा उम्मेदवारले सनरूफ (छतबाट टाउको निकाल्न मिल्ने गाडी) प्रयोग गर्न नपाउने भएका छन् ।बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट, जिल्ला सुरक्षा समितिका प्रमुखहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।उम्मेद्वारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सनरूफ गाडी प्रयोग गर्न नदिइने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।चुनावी प्रचारका क्रममा विभिन्न दलका उम्मेद्वारले यस्ता गाडी प्रयोग गर्दै आएका थिए ।

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • ३१५ पटक पढिएको
  • प्रत्यक्षमा उम्मेद्वार नभएपछि समानुपातिकमा मात्रै भोट माग्दै रुपन्देहीमा राप्रपा

    बुटवल । रुपन्देही–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी अभियान अन्य दलको भन्दा फरक छ। शुक्रबारदेखि बुटवल उपमहानगरपालिकाको १२ नम्बर वडाबाट घरदैलो सुरु गरेको राप्रपाले अन्य दलले जस्तो आफ्नो उम्मेदवारको बखान गरिरहेको छैन। पार्टीले टिकट दिएकी कर्भिका थापाले पीआर (स्थायी बसोबास अनुमति) त्यागेको तीन महिना नपुगेपछि राप्रपाले अर्को उम्मेदवार उठाउने समय पाएन। प्रत्यक्षमा उम्मेदवार नभएपछि समानुपातिकका लागि मत माग्न घरदैलो अभियान सुरु गरेको राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए।  प्रत्यक्षमा राप्रपाले २०७९ मा एमाले र २०७४ मा कांग्रेसलाई समर्थन गरेको

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • ३०४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल