राजनीति

    Showing ३१-४० of ८५४ items.
  • कांग्रेसले सुनसरीका ९० प्रतिशत वडामा चुन्यो सर्वसम्मत नेतृत्व, बाँकी वडामा निर्वाचन हुने

    इटहरीः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनमा सुनसरीका करिब ९० प्रतिशत वडामा पदाधिकारी सर्वसम्मत चयन भएको बताइएको छ ।जिल्ला निर्वाचन प्रमुख भरत थापाका अनुसार केही वडामा भने पदाधिकारी चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनको तयारी भइरहेको छ । सुनसरीका १ सय २५ वडामध्ये अधिकांश वडामा निर्विरोध रूपमा नेतृत्व चयन भएको हो ।निर्वाचन हुने वडाको यकिन संख्या र विवरण भने प्राप्त हुन बाँकी रहेको र ती वडामा सहमति जुटाउन प्रयास भइरहेको कांग्रेसले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १४८ पटक पढिएको
  • शेखर कोइरालाको क्षेत्र मोरङ ६ मा क्रियाशील सदस्यताको सूची नआएपछि हुन सकेन कांग्रेसको वडा अधिवेशन

    इटहरी ।  हिजोदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन शुरु भए पनि मोरङ क्षेत्र नम्बर ६ का वडाहरूमा भने अधिवेशन हुन सकेन ।कांग्रेस नेता डा. शेखर कोइराला र सहमहामन्त्री डिला संग्रौलाको गृहक्षेत्र मोरङको क्षेत्र नम्बर ६ मा केन्द्रले क्रियाशील सदस्यको नामावली नपठाएकाले अधिवेशन हुन नसकेको हो ।अधिवेशन गराउने जिम्मेवारी पाएका कांग्रेस नेता चुमनारायण तबदारले केन्द्रबाट क्रियाशील सदस्यहरूको अन्तिम सूची प्राप्त भएपछि निर्वाचन कार्यक्रम अघि बढ्ने बताउनुभएको छ ।क्षेत्रीय सभापति देवराज तामाङले केन्द्रीय नेतृत्वलाई असहयोग गरेको भन्दै अधिवेशन गराउने जिम्मेवारी पूर्वसांसद तबद

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ११५ पटक पढिएको
  • आजदेखि कांग्रेस अधिवेशन शुरु, यस्तो छ उम्मेद्वारी शुल्क

    इटहरी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आजदेखि स्थानीय स्तरमा अधिवेशन शुरु हुने भएको छ । जसअन्तर्गत आज वडा अधिवेशन हुँदैछ ।नेतृत्व चयनका लागि नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ । जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेदवार बन्दा कति शुल्क बुझाउनुपर्ने भन्ने उल्लेख छ ।जसअनुसार पार्टीको केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । कांग्रेस सभापतिमा उम्मेद्वारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ ।जारी निर्देशिकामा वडादेखि केन्द्रीय पदाधिकारीको उम्मेद्वारको शुल्क पनि तोकिएको छ

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ९४ पटक पढिएको
  • आज संविधान दिवस

    इटहरी ।  आज संंविधान दिवस देशभर मनाइँदैछ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो ।यो संविधानले २०६३ पुस १ गते नेकपा माओवादीलगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरेर पूर्ण संविधान जारी गरेको हो । पहिलो संविधानसभाले तोकिएको समयमा संविधानको प्रारुप दिन नसकेपछि दोस्रो संविधानसभाको चुनावबाट निर्वाचित जनप्रतिनिधिले संविधानलाई पू

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ६३ पटक पढिएको
  • राप्रपाको काठमाडौँ अध्‍यक्षमा लिङ्देननिकट दीपक केसी विजयी

    काठमाडौँ । काठमाडौँमा राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दीपक केसी अध्यक्ष पदमा निर्वाचित भएका छन् । केसीले ३९० मत प्राप्त गरी बिजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी  ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे । अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत ल्याए ।नवनिर्वाचित अध्यक्ष केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका पूर्वसंयोजक समेत हुन् । उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देननिकट नेताका रुपमा चिनिन्छन् । ज्ञानेन्द्र शाही निकट उम्मेदवार पौडेल ३४ मतका साथ तेस्रो स्थानमा रहे ।

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ८३ पटक पढिएको
  • सुनसरीका दीपककुमार साह बने उद्योगमन्त्री

    इटहरीः विवादास्पद अभिव्यक्तिका कारण राजीनामा दिन बाध्य भएकी उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृतिपछि रिक्त बनेको उद्योगमन्त्री पदमा सुनसरीका दीपक साह सिफारिश हुनुभएको छ ।मेकानिकल इन्जिनियर साह सुनसरी क्षेत्र नम्बर ४ का सांसद हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई २६,१८४ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो ।

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ९६ पटक पढिएको
  • पथरीको कार्यपालिका बैठकबाट विभिन्न निर्णय पारित

    पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।नगर कार्यपालिकाको बैठक कक्षमा सम्पन्न बैठकले २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।बैठकको निर्णय अनुसार नगरपालिकाका जनप्रतिनिधिहरूले ७ दिन बराबरको सेवासुविधा, अधिकृत वा सोभन्दा माथिल्लो तहका कर्मचारी तथा माध्यमिक तहका शिक्षकहरूले ७ दिन बराबरको तलब, सहायकस्तरका कर्मचारी तथा आधारभूत विद्यालयका

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ८८ पटक पढिएको
  • व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ भनी अभिव्यक्ति दिएर विवादमा आएकी उद्योगमन्त्रीले दिइन् राजीनामा

    इटहरी ।  सरकारलाई असहयोग गरेको भन्दै ग्यास व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ भनी अभिव्यक्ति दिएर विवादमा आएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छिन् ।यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।यादवले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।उनको स्थानमा सुनसरीबाट निर्वाचित सांसदलाई मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • १०० पटक पढिएको
  • शहीदमाता सांसद रचना खतिवडाको बालेनप्रति संसदमै आक्रोश

    काठमाडौंः जेनजी शहीदकी आमा रचना खतिवडाले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेकी छन् । रास्वपा सांसद खतिवडाले प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाएकी हुन् ।उनले भनिन्, ‘जेन–जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एक दिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा–भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली !’उनले प्रधानमन्त्री शाहसमक्ष सदनबाट दुईवटा प्रश्न सोधिन् ।‘शहीदले न्याय कति वर्षमा पाउँछ ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ ?’

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ८५ पटक पढिएको
  • राप्रपा बागमतीका चार सांसदलाई पदमुक्त नगर्ने प्रदेशसभाको निर्णय

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कारबाही गरी प्रदेशसभा सदस्य पदबाट हटाउन सिफारिस गरिएका बागमती प्रदेशसभाका चार सदस्यलाई पदमुक्त नगर्ने निर्णय भएको छ ।उपसभामुख (कार्यबाहक सभामुख) अप्सरा चापागाईंले आज बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यहरु उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त नगर्ने निर्णय गरेकी हुन् । विष्ट, तामाङ र प्रजापति प्रदेश सरकारमा मन्त्री छन् ।

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ८० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल