राजनीति

    Showing ३४१-३५० of ८५७ items.
  • म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुरलाई पछ्याउँदै महावीर पुन

    इटहरी ।  हिजो सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा म्याग्दीमा खसेको मत गणना गर्न शुरु भएको छ । प्रारम्भिक गणनमा नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएको छ ।निर्वाचन आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले २०१ मत ल्याएका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार महावीर पुनले ६१ मतका साथ पछ्याइरहेका छन् ।नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३७ मत, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत, रास्वपाका युवराज रोकाले ५ मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादीका क्षेत्रबहादुर घिमिरेले १ मत र श्रम संस्कृति पार्टीका विनोद रानाले १ मत ल्याएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २११ पटक पढिएको
  • जुम्लामा राप्रपाका ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीको अग्रता

    इटहरी ।  हिजो भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हिमाली जिल्ला जुम्लाको प्रारम्भिक मत परिणामा सार्वजनिक भएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले ८५ मतका साथ अग्रता लिइरहेका छन् ।नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ७४, नेपाली कांग्रेसका दीपबहादुर शाहीले १९ र नेकपा एमालेका शान्तिलाल महतले १६ मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १८२ पटक पढिएको
  • मोरङ ४ मा फराकिलो मतान्तरले रास्वपाका सन्तोष राजवंशी अगाडि, पछ्याउँदै कांग्रेसका महामन्त्री गुरुराज घिमिरे

    विराटनगरः मोरङको क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा रास्वपाका सन्तोष राजवंशीले फराकिलो मतान्तरले अग्रता लिइरहनुभएको छ ।रास्वपाका राजवंशीले ३८८५ मत ल्याउँदा नेपाली कांग्रेसका गुरुराज घिमिरेले ६९५, नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ६७१ र नेकपा एमालेका जीवन घिमिरेले ४१३ मत ल्याउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २७३ पटक पढिएको
  • मोरङ ३ मा श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि, पछ्याउँदै नेपाली कांग्रेसका सुनिल शर्मा

    बेलबारीः मोरङ क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका उम्मेद्वारले शुरुवाती अग्रता लिएका छन् । सो पार्टीका अमिर मगरले २१८ मत ल्याएका छन् ।नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्माले ११९, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले ११६ र नेकपा एमालेका इरनकुमार राईले २८ मत ल्याएका छन् ।सो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा विजयी भएका थिए ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १९३ पटक पढिएको
  • झापा ५ मा रास्वपाका बालेनको अग्रता, पछ्याउँदै एमालेका अध्यक्ष केपी ओली

    दमकः झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले अग्रता लिनुभएको छ ।पछिल्लो मत परिणामअनुसार रास्वपाका शाहले १४७६ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २३७ पटक पढिएको
  • मोरङ ५ मा रास्वपाको अग्रता

    विराटनगरः मतगणना भइरहेका अधिकांश क्षेत्रमा रास्वपाको मत अगाडि देखिँदा मोरङ ५ मा पनि रास्वपा उम्मेद्वार आशा झाले अग्रता लिनुभएको छ ।झाले १२२९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका जसपाका राजकुमार यादवले ५६५ मत र तेस्रो स्थानमा रहेका नेकपा का शिवकुमार मण्डलले ३४५ मत प्राप्त गर्नुभएको छ ।चौथो स्थानमा नेपाली कांग्रेसका फूलकुमार लालवानीले ३२७ मत ल्याउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १९७ पटक पढिएको
  • मोरङ १ मा रास्वपा ९६७ मतसहित अगाडि, ६४३ मतसहित पछयाउँदै श्रम संस्कृति पार्टी

    उर्लाबारीः मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । मतगणनाको प्रारम्भिक परिणामअनुसार रास्वपाका यज्ञमणि न्यौपाने ९६७ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई श्रमसंस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले ६४३ मतसहित पछ्याइरहनुभएको छ ।नेपाली कांग्रेसका खड्ग फागोले ४३७, नेकपा एमालेका घनश्याम खतिवडाले २७३, नेपाली कम्युनिष्ट पार्टीका कुलप्रसाद साम्बाले ४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर वाइबा तामाङले ३५ मत ल्याउनुभएको छ ।१५२ मत बदर भएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २२२ पटक पढिएको
  • कोशीमा ५८.६५ प्रतिशत मतदान, सबैभन्दा धेरै मोरङमा

    इटहरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार कोशी प्रदेशमा ५८.६५ प्रतिशत मतदान भएको छ । ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये २० लाख ९६ हजार ४ सय ९५ जनाले मतदान गरेका छन् ।निर्वाचन आयोगका अनुसार १० लाख २५ हजार ९ सय ६८ पुरुष, १० लाख ७० हजार ५ सय २० महिला र ७ जना अन्य लिङ्गीले मतदान गरेका छन् । जुन ४१.३५ प्रतिशत हो।सबैभन्दा बढी मोरङमा, सबैभन्दा कम खोटाङमासबैभन्दा बढी मतदान मोरङ जिल्लामा भएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५ सय १४ जनाले मतदान गरेका छन्, जुन ६४.५६ प्रतिशत हो ।सबैभन्दा कम मतदान खोटाङ जिल्लामा भएको छ । १ लाख ४७ हजार १ सय २० मतदातामध्ये ६३ हजार ३५

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १९८ पटक पढिएको
  • कांग्रेस निर्वाचित भएको मोरङ ६ मा २०७९ को निर्वाचनमा यस्तो थियो अन्तिम परिणाम

    इटहरी ।  आज फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यसैबीच मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ मा अघिल्लो पटकको मत परिणाम कस्तो थियो भन्ने यहाँ देखाउने प्रयास गरिएको छ ।मोरङ क्षेत्र नम्बर ६ मा गत निर्वाचनमा नेपाली कांग्रेसका डा. शेखर कोइराला विजयी हुनुभएको थियो । नेकपा माओवादी केन्द्रसँग तालमेल भएको सो क्षेत्रमा प्रदेशसभाको एक सिट माओवादी केन्द्रका जीवन आचार्यका लागि छाडिएको थियो । यसपटक कुनै पनि दलले गठबन्धन गरेका छैनन् ।गत निर्वाचनमा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ३५,७३९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका लालबाबु पण्डितले

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २३९ पटक पढिएको
  • नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएको मोरङ ४ मा २०७९ को निर्वाचनमा यस्तो थियो अन्तिम परिणाम

    इटहरी । आज फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यसैबीच मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा अघिल्लो पटकको मत परिणाम कस्तो थियो भन्ने यहाँ देखाउने प्रयास गरिएको छ ।मोरङ क्षेत्र नम्बर ४ मा गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी ३०,६१२ मत ल्याएर विजयी हुनुभएको थियो । नेकपा एमालेका विनोदप्रसाद ढकालले २४,४६३ र तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार रवि रिजालले ७,४६८ मत ल्याउनुभएको थियो ।सो क्षेत्रमा प्रत्यक्षतर्फ ७४,६५० मत खसेकोमा ७०,२८३ मत सदर भएको थियो । समानुपातिकतर्फ ७४,७६१ मत खसेकोमा ७०,५०४ मत सदर

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २३१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल