इटहरी । प्रतिनिधिसभा सदस्यका लागि हिजो भएको निर्वाचनको जारी प्रारम्भिक मत परिणामअनुसार जनता समाजवादीका उम्मेद्वार एक निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् । सो पार्टीका गोविन्द चौधरीले रौतहट क्षेत्र नम्बर ३ मा अग्रता लिएका हुन् ।निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा चौधरीले १८५ मतसहित अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन्द्र पटेलले १०७ मतसहित पछ्याइरहेका छन् ।तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामकृपाल प्रसाद यादवले ५७, नेकपा एमालेका कुन्दनप्रसाद कुशवाहाले ३५ र आम जनता पार्टीका प्रभु साहले २६ मत ल्याएका छन् ।
इटहरी । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये धनकुटा र उदयपुर २ मा श्रम संस्कृति पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् ।निर्वाचन आयोगका अनुसार धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राईले १५९० मतका साथ अग्रता लिएका छन् । नेकपा एमालेका राजेन्द्र राईले १०४० मत ल्याएका छन् । नेपाली कांग्रेसका दिनेश राईले ७३४ मत ल्याएका छन् ।अघिल्लो निर्वाचनमा धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राई ३०१०१ मत ल्याएर विजयी हुनुभएको थियो ।उदयपुर क्षेत्र नम्बर २ मा श्रम संस्कृति पार्टीका बलराज राई २९६ मतका साथ अगाडि छन् । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले १९३ र नेकपा एमालेका अम्
धरानः सुनसरी– १ को प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार गोमा तामाङ ४६१ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले १५४ मत ल्याउँदा नेपाली कांग्रेसका सुजेन्द्र गोलेले १०७ मत र राप्रपाका उद्धव श्रेष्ठले ९५ मत ल्याउनुभएको छ ।नेकपाका सूर्यबहादुर भट्टराईले ४१ मत, एमालेका टीकाराम लिम्बूले २० मत ल्याउनुभएको छ । सुनसरी १ मा ८७ हजार ५७६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
इटहरी । बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टी (गतिलो)का केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले राजनीतिबाट बाहिर गई स्वतन्त्र नागरिकको रूपमा समाजसेवी अभियानमा समर्पित हुने घोषणा गर्नुभएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै बस्नेतले वि. सं. २०८२ भदौ २३ र २४ मा देशभर उत्पन्न जनविद्रोह र ७६ जना नवयुवाको शहादतले आफूमा गहिरो प्रभाव परेको बताउनुभएको छ । उहाँका अनुसार, ती घटनाहरू भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको आवाज थिए । नवयुवाहरूका सपना—सुशासन, समान अवसर, सम्मानजनक रोजगारी र समतामूलक समाज उनका लागि प्रेरणाको स्रोत बनेको उहाँको भनाइ छ ।बस्नेतल
इटहरी । हिजो भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिकका उम्मेद्वारले एक निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् । रुकुम पश्चिम १ बाट सो पार्टीका जनार्दन शर्माले अग्रता लिनुभएको हो । गत निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।निर्वाचन आयोगका अनुसार प्रलोपाका शर्माले ४१२ मतका साथ अग्रता लिँदा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २८७ मत पाउनुभएको छ ।नेपाली कांग्रेसका राजु केसीले ८८, रास्वपाका मानबहादुर शाहीले ८२ र नेपाल कम्युनिष्ट पार्टी माओवादीका चन्द्रबहादुर बुढाले ४ मत ल्याउनुभएको छ ।
विराटनगरः मोरङ क्षेत्र नम्बर ६ मा पनि रास्वपाकी उम्मेद्वार रुबिना आचार्यले अग्रता लिनुभएको छ ।प्रारम्भिक मतगणनामा आचार्यले ३४२३ मत ल्याउँदा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ७२८, नेकपा एमालेका विनोद ढकालले ६२७ र श्रम संस्कृति पार्टीका मातृका पौडेलले ६०४ मत ल्याउनुभएको छ ।मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ भने बाँकी ५ वटा क्षेत्रमा रास्वपाले अग्रता लिएको छ ।
इटहरी । म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुन मतगणनमा अगाडि आएका छन् । प्रारम्भिक मतगणनामा दोस्रो स्थानमा रहेका पुन अहिले अग्रस्थानमा आएका हुन् ।निर्वाचन आयोगका अनुसार पुनले ९६६ मत ल्याउँदा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ५, नेपाल कम्युनिष्ट पार्टीका क्षेत्रबहादुर घिमिरेले १ र श्रम संस्कृति पार्टीका विनोद रानाले १ मत ल्याएका छन् ।
इटहरी । प्रतिनिधिसभाको सदस्यका लागि हिजो भएको निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका खाता खोलेको छ । मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली दोस्रो पटक विजयी हुनुभएको छ ।३३०७ मतका साथ उहाँ विजयी हुनुभएको हो । गत निर्वाचनमा पनि उहाँ विजयी हुनुभएको थियो । गत निर्वाचनमा ल्याएभन्दा कम मत ल्याएर उहाँ विजयी हुनुभएको छ ।८ जना उम्मेद्वार रहेको सो क्षेत्रमा नेकपा एमालेका इन्द्रधारा ङादु बिष्ट दोस्रो स्थानमा रहँदै १८०६ मत ल्याउनुभएको थियो । रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १६१ मत ल्याउनुभएको छ ।नेपाली कम्युनिष्ट पार्टीका ङुटुक गुरुङले १५
मलगंवाः रास्वपा उम्मेद्वार अमरेश सिंहको गृह पालिकाबाट सर्लाही–४ को मतगणना शुरु भएको छ ।नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा आज बिहान सवा १० बजेबाट मतगणना शुरु भएको हो ।सो क्षेत्रको बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को मतगणना शुरुमा गरिने भएको छ ।
काठमाडौंः हिजो भएको प्रतिनिधि सभा निर्वाचनको पहिलो मतपरिणाम आज सार्वजनिक भएको छ । काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की उम्मेद्वार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी रहँदा अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ मतका साथ तेस्रो हुनुभएको छ ।एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत मत पाएका छन् ।अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट नेपाली क