राजनीति

    Showing ३२१-३३० of ८५७ items.
  • समानुपातिकतर्फ पनि रास्वपाको मत अगाडि, एमालेको भन्दा राप्रपाको र नेपाली कम्युनिष्ट पार्टीको भन्दा श्रम संस्कृतिको धेरै मत

    इटहरी । हिजो भएको प्रतिनिधि सभाको समानुपातिकतर्फको पनि मतगणना शुरु भएको छ । प्रारम्भिक गणनामा रास्वपाको मत अरु पार्टीको मतभन्दा धेरै अघि छ ।प्रारम्भिक गणनाअनुसार रास्वपाले १८,८३० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५५६० मत पाएको छ ।तेस्रो स्थानमा रहेको राप्रपाको २८४८, चौथो स्थानमा रहेको नेकपा एमालेको २१०१, पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीको ७८४ र छैटौँ स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीको ६१९ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीको ५१ मत आएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २३४ पटक पढिएको
  • कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही ९८६ मतान्तरले एमालेका नगीन्द्र शाहीलाई पछि पार्दै विजयी

    विराटचोकः हिजो सम्पन्न प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत कालीकोट जिल्लाको मतगणना सम्पन्न भएको छ । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही ११३३८ मत ल्याएर विजयी हुनुभएको हो । प्रमुख प्रतिष्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १०३५२ मत ल्याउनुभएको छ ।कालीकोटमा नेपाली कांग्रेसका हर्षबहादुर बमले ७१३३, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका खड्गबहादुर विश्वकर्माले ४५९९ र रास्वपाका प्रकाश न्यौपानेले २९३७ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारमा नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ५६६ मत, राष्ट्रिय जनमोर्चाका अजबहादुर गि

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १७० पटक पढिएको
  • कुलमान घिसिङलाई पराजित गर्दै काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    इटहरी ।  प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सो क्षेत्रबाट रास्वपाका राजुनाथ पाण्डे विजयी हुनुभएको छ । पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्नुभएको हो ।विजयी पाण्डेले १८७५७ मत ल्याउँदा मुख्य प्रतिष्पर्धी घिसिङले १११७१ मत ल्याउनुभएको थियो । नेपाली कांग्रेसका रमेश अर्यालले ५१३० र नेकपा एमालेका रामेश्वर फुयालले २५३३ मत ल्याउनुभएको छ ।बाँकी उम्मेद्वारले ६९१ देखि १ मतसम्म पाउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २२८ पटक पढिएको
  • रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

    इटहरी ।  रसुवा–१ मा नेपाली कांग्रेसका मोहन आचार्य फराकिलो मतान्तरले विजयी हुनुभएको छ । आचार्य १०६५६ मतसहित विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा पनि आचार्य नै १८२३५ मतका साथ विजयी हुनुभएको थियो ।अन्तिम मत परिणामअनुसार प्रमुख प्रतिष्पर्धी रास्वपाका वसन्तराज भट्टले ५५७१ मत ल्याउनुभएको छ । नेकपा एमालेका प्रेमबहादुर तामाङले ४६८८ र उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले १४५३ मत ल्याउनुभएको छ ।अरु उम्मेद्वारले १००० मत कटाउन सकेका छैनन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २२९ पटक पढिएको
  • रामेछापमा उज्यालो नेपालका दीपबहादुर योञ्जनको अग्रता

    इटहरी । हिजो सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार रामेछापमा उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले अग्रता लिनुभएको छ ।योञ्जनले ७४० मतसहित अग्रता लिनुभएको हो । दोस्रो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले ३९६, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १४१, नेकपा एमालेका माधवप्रसाद ढुङ्गेलले ९५ र रास्वपाका कृष्णहरि बुढाथोकीले ६३ मत ल्याउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १९१ पटक पढिएको
  • झण्डै तीन गुणा बढी मत ल्याएर नेकपाका संयोजक पुष्पकमल दाहाल विजयी

    इटहरी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल निकटतम प्रतिद्वन्द्वीको भन्दा तेब्बर बढी मत ल्याई रुकुम पूर्व १ बाट विजयी हुनुभएको छ ।निर्वाचन आयोगका अनुसार दाहालले १०२४० मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३४६२ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३०८१ मत ल्याउनुभएको छ ।रास्वपाका लखनकुमार थापाले ७१२, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले १८६, राप्रपाका रोशण शाहले ७३ र मंगोल नेशनल अर्गनाइजेशनकी ज्योति रोकमगरले ५४ मत ल्याउनुभएको छ ।नेशनल रिपब्लिक नेपालका धर्मकुमार बुढाले ४८, नेपाल कम्युनिष्ट पार्टी माओवादीका जुद्धबहादुर बुढामगरले ४०

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २६२ पटक पढिएको
  • मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी

    इटहरी ।  नेपाली कांग्रेसले दोस्रो जीत मनाङबाट हासिल गरेको छ । हिजो भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसअघि मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ ।मनाङबाट नेपाली कांग्रेसका गुरुङ निकटतम प्रतिद्वन्द्वीको मतभन्दा झण्डै ६ गुणा बढी मत ल्याएर विजयी हुनुभएको हो । गुरुङले २४१५ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीकी यशोदा गुरुङ सुवेदीले ४५४ र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले ९ मत ल्याउनुभएको छ ।हिजो भएको निर्वाचनमा हालसम्मको परिणाममा सबैभन्दा कम मत ल्याएर जीत हासिल गर्ने उम्मेद्वार गुरुङ हुनुभएको छ ।गत निर्वाचनमा पनि कांग्रेसका गुरुङ २५७५ मत ल्याएर विजयी हुनुभए

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २२६ पटक पढिएको
  • काठमाडौं ८ मा रास्वपाका विराजभक्तले लगातार दोस्रो पटक जित्दा सुमन सायमीको दोस्रो हार

    काठमाडौंः रास्वपाका उम्मेद्वारले तेस्रो जीत काठमाडौं ८ बाट निकालेका छन् । यसअघि रास्वपाले काठमाडौं १ र ६ मा जीत हासिल गरिसकेको छ । नेपाली कांग्रेसले मुस्ताङबाट जीत हासिल गरेको छ ।निर्वाचन आयोगका अनुसार काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४५९२ मत ल्याएर विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३२१७ मत ल्याउनुभएको छ । गत निर्वाचनमा पनि श्रेष्ठ १०११२ मत ल्याएर विजयी हुँदा सायमीले ६१७९ मत ल्याउनुभएको थियोअहिलेको निर्वाचनमा नेपाली कांग्रेसकी सपना राजभण्डारी २८३५ मतका साथ तेस्रो स्थानमा रहँदा नेकपा एमालेका राजेश शाक्यले १९०९ मत ल्याउनुभएको छ । राप

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १६३ पटक पढिएको
  • काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल विजयी

    काठमाडौंः प्रतिनिधि सभा सदस्यका लागि हिजो भएको निर्वाचनको काठमाडौं क्षेत्र नम्बर ६ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार रास्वपाका शिशिर खनाल २७७१९ मत ल्याएर विजयी हुनुभएको छ ।गत निर्वाचनमा पनि खनाल १४२२१ मत ल्याएर विजयी हुनुभएको थियो ।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानिया क्षेत्रीले ६६४७, नेकपा एमालेका अमनकुमार मास्केले ४३७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धवराज भेटुवालले १२०० मत प्राप्त गर्नुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २६९ पटक पढिएको
  • जारी मतगणनामा रास्वपाको १०० क्षेत्रमा अग्रता

    इटहरी ।  प्रतिनिधिसभा सदस्यका लागि हिजो भएको निर्वाचनको जारी मतगणनामा रास्वपा १०० क्षेत्रमा अगाडि रहेको छ भने एक स्थानमा जीत हासिल गरेको छ ।त्यस्तै, नेपाली कांग्रेसले १२ स्थानमा अग्रता लिएको छ भने एक स्थानमा जीत हासिल गरेको छ । बाँकी दलले जीत निकाल्न सकेका छैनन् ।निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेद्वारले १० स्थानमा अग्रता लिएका छन् ।नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारले पनि १० स्थानमा अग्रता लिएका छन् ।श्रम संस्कृति पार्टीका उम्मेद्वारले २, राप्रपाले १, जनता समाजवादी पार्टीले १, प्रगतिशील लोकतान्त्रिक पार्टीले १ र स्वतन्त्र उम्मेद्वारले १ स्थानमा अग्रता लिएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २२९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल