राजनीति

    Showing ३११-३२० of ८५७ items.
  • स्वतन्त्र उम्मेद्वारी दिनुभएका महावीर पुन फराकिलो मतान्तरले विजयी

    इटहरी ।  अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएका महावीर पुन फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।अन्तिम मत परिणामअनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले २२८५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७९१९ मत प्राप्त गर्नुभएको छ ।नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६६७६, नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले ३५२९ र रास्वपाका युवराज रोकाले १५१९ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ३०० मत पनि कटाउनुभएको छैन ।गत निर्वाचनमा म्याग्

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २११ पटक पढिएको
  • अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याएर रास्वपाका सभापति रवि लामिछाने विजयी

    इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट तेस्रो पटक विजयी हुनुभएको छ । २०७९ को निर्वाचन, २०८० को उपनिर्वाचन र २०८२ सालमा गरी उहाँ तीन पटक सो क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार लामिछानेले ५४४०२ मत ल्याउनुभएको छ । लामिछानेका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४५६४, नेकपा एमालेका अस्मिन घिमिरेल ६९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४९६९ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ८०० मत कटाउन सक्नुभएको छैन ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • ३११ पटक पढिएको
  • कांग्रेसका दुवै महामन्त्री पराजित

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामअनुसार नेपाली कांग्रेसका महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे पराजित भएका छन् ।अन्तिम मत परिणामअनुसार काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा महामन्त्री पौडेलले ९ हजार १५९ मत ल्याएर निकटतम प्रतिष्पर्धीको रुपमा रहे ।मोरङ– ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत प्राप्त गर्दा विजयी हुँदा कांग्रेसका घिमिरेले १२ हजार ८१८ मत ल्याए ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १९० पटक पढिएको
  • कांग्रेस महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै रास्वपाका सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी

    काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै रास्वपाका सस्मित पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको छ ।विजयी पोखरेलले ३०७३७ मत ल्याउँदा नेपाली कांग्रेसका पौडेलले ९१५९ मत ल्याउनुभएको छ । नेकपा एमालेका ईश्वर पोखरेलले ४७०९, राप्रपाका कमल थापाले १७२९ र उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले ११०० मत ल्याउनुभएको छ ।बाँकी उम्मेद्वारले ८०० भन्दा कम मत ल्याउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २११ पटक पढिएको
  • दैलेखबाट चुनाव जित्दै कांग्रेसबाट चुनाव जित्ने एक्लो महिला बन्न सफल बासना थापा

    इटहरी ।  बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित हुनुभएको छ । कांग्रेसबाट निर्वाचन जित्ने उहाँ एक मात्र महिला बन्न सफल हुनुभएको छ ।कांग्रेसले अग्रता लिइरहेका ९ स्थानमा सबै पुरुष उम्मेद्वार छन् । कांग्रेसले ५ सिटमा जीत हासिल गरिसकेको छ ।निर्वाचनको अन्तिम मत परिणामअनुसार विजयी थापाले १२३७२ मत ल्याउँदा नेकपा एमालेका रवीन्द्रराज शर्माले ११७९६ मत ल्याउनुभएको छ । रास्वपाका नन्दकिशोर बस्नेतले ७८९४ र नेपाली कम्युनिष्ट पार्टीका अम्बरबहादुर थापाले ४१०९ मत ल्याउनुभएको छ ।बाँकी उम्मेद्वारले ६०० मत कटाउनुभएको छैन ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २०० पटक पढिएको
  • कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी विजयी

    विराटनगरः नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित हुनुभएको छ ।राजवंशी ४०८३३ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले १२८१८ मत प्राप्त गर्नुभयो ।नेकपाका अमनलाल मोदीले १०७६२ मत ल्याउँदा नेकपा एमालेका जीवन घिमिरेले ६९३३ मत ल्याउनुभयो । राप्रपाका माधवप्रसाद आचार्यले १०४७ मत ल्याउनुभयो ।अन्य उम्मेद्वारले १००० भन्दा कम मत ल्याउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २५१ पटक पढिएको
  • तेह्रथुममा नेकपा एमालेका सचिव भानुभक्त ढकाल पराजित, नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

    तेह्रथुमः तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष सुब्बा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसकी सीता सुब्बा विजयी भएकी थिइन् ।यसपटक विजयी सन्तोष सुब्बाले नेकपा एमालेका उम्मेद्वार भानुभक्त ढकाललाई ८८० मतान्तरले पराजित गरेका हुन् । ढकाल नेकपा एमालेका सचिव हुन् ।सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत ल्याएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बूले ५ हजार २०० मत पाए । नेकपाका रनध्वज लिम्बूले ९१९ मत पाए ।अन्य उम्मेद्वारले ३०० मत कटाउ

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १७४ पटक पढिएको
  • मोरङ ६ मा चार गुणा बढी मतसहित कांग्रेसका डा. शेखर कोइरालालाई हराउँदै रास्वपाकी रुबिना आचार्य निर्वाचित

    विराटनगरः  प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनबाट नेकपा एमालेका उम्मेद्वारले पहिलो जीत निकालेका छन् ।बाँके क्षेत्र नम्बर २ बाट नेकपा एमालेका मोहम्मद इस्तियाक राई २४६४७ मतसहित विजयी हुनुभएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा उहाँ जनता समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार भई उपविजेता हुनुभएको थियो । मनोनयन दर्ता गर्ने अघिल्लो दिन माघ ५ गते उहाँ जसपा त्यागी नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । २०७९ सालमा राप्रपाका धवल शमशेर राणा २९५७७ मतसहित विजयी हुँदा राई २३५२० मतसहित उपविजेता हुनुभएको थियो । यस पटक राप्रपा चौथो स्थानमा पुगेको छ ।राईले ०५३ सालमा राप्रपाबाट राज

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २२२ पटक पढिएको
  • एमालेले बाँके २ बाट खोल्यो खाता, नवप्रवेशी मोहम्मद इस्तियाक राई २४६४७ मतसहित विजयी

    नेपालगञ्जः प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनबाट नेकपा एमालेका उम्मेद्वारले पहिलो जीत निकालेका छन् ।बाँके क्षेत्र नम्बर २ बाट नेकपा एमालेका मोहम्मद इस्तियाक राई २४६४७ मतसहित विजयी हुनुभएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा उहाँ जनता समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार भई उपविजेता हुनुभएको थियो । मनोनयन दर्ता गर्ने अघिल्लो दिन माघ ५ गते उहाँ जसपा त्यागी नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । २०७९ सालमा राप्रपाका धवल शमशेर राणा २९५७७ मतसहित विजयी हुँदा राई २३५२० मतसहित उपविजेता हुनुभएको थियो । यस पटक राप्रपा चौथो स्थानमा पुगेको छ ।राईले ०५३ सालमा राप्रपाबाट राजनीति

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १९४ पटक पढिएको
  • काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीको दोस्रो जीत

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं ७ मा रास्वपाका गणेश पराजुली दोस्रो पटक निर्वाचित भएर संसद छिर्नुहुने भएको छ ।अन्तिम मत परिणामअनुसार पराजुली २७८०५ मतसहित विजयी हुनुभएको हो । गत निर्वाचनमा पनि उहाँ ८७४३ मतसहित निर्वाचित हुनुभएको थियो ।उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले ३९८२ मत ल्याउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले ३६६७, नेकपा एमालेका प्रकाश श्रेष्ठले ३५४४, उज्यालो नेपाल पार्टीका विमला लामाले १३८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामाले १३८१ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ५०० मत कट

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल