राजनीति

    Showing ३०१-३१० of ७८० items.
  • विनोद चौधरीको प्रतिज्ञा-पत्र सार्वजनिक

    परासीः फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आफ्नो निर्वाचन लक्षित ‘प्रतिज्ञा–पत्र’ सार्वजनिक गरेका छन् ।चौधरीले आफ्नो क्षेत्रको विकास र राष्ट्रिय समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेका हुन् । जसमा उनले नवलपरासीलाई ‘आर्थिक केन्द्र’ बनाउने सोच प्रस्तुत गरेका छन् । अर्बपति व्यवसायीसमेत रहेका चौधरीले आफ्नो क्षेत्रमा उद्यमशीलता र स्वरोजगारलाई मुख्य प्राथमिकता दिएका छन् । उनले क्षेत्रभित्र औद्योगिक ग्रामहरू स्थापना गरी स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरू सञ्चालन गर्

    • प्रकाशित मितिः फागुन १६, २०८२
    • २२४ पटक पढिएको
  • मतदाताको मनमा भरोसा जगाउन प्रयासरत खड्ग फागो

    उर्लाबारीः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार खड्ग फागो यतिबेला गाउँ–गाउँमा सक्रिय रूपमा घरदैलो अभियानमा जुट्नुभएको छ ।फागोले बुधबार मिक्लाजुङ गाउँपालिका वडा नम्बर १, ४ र ५ का विभिन्न टोल–बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको छ । घरदैलो कार्यक्रममार्फत नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझावहरू उहाँले ध्यानपूर्वक सुन्नुभएको थियो ।भेटघाटका क्रममा स्थानीयवासीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको, सडक पूर्वाधार अभावका कारण दैनिक जीवन कष्टकर बनेको तथा युवाहरू रोजगारीको खो

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • १७९ पटक पढिएको
  • अस्थायी मतदाता १ लाख ८६ हजार

    काठमाडौंः आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् ।मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ ।नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश छ ।ती अस्थायी मतद

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • १३१ पटक पढिएको
  • लेटाङ र जाँतेका मतदाताले कांग्रेस उम्मेद्वार खड्ग फागोलाई दिए यस्ता सुझाव

    जाँतेः नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार खड्ग फागोले लेटाङ नगरपालिकाको बजार क्षेत्र र जाँते बजार क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।त्यस क्रममा उहाँले बजारदेखि बस्तीसम्म पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याहरू सुन्नुका साथै समाधानका लागि स्पष्ट र ठोस प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।घरदैलोका क्रममा स्थानीयले सडक पूर्वाधारको कमजोर अवस्था, सहज स्वास्थ्य उपचारको अभाव, खानेपानी समस्या तथा उत्पादित कृषि सामग्रीले उचित बजार मूल्य नपाएको गुनासो राखेका थिए ।फागोले यी सबै विषयलाई संघीय तहबाट नीतिगत पहलमार्फत सम्बोधन गर्ने प्रत

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २४२ पटक पढिएको
  • समाचार सङ्कलनका क्रममा पत्रकार अर्जुन आचार्यमाथि झापामा एमालेका कार्यकर्ताद्वारा आक्रमण

    दमकः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा समाचार सङ्कलनका लागि आज दिउँसो पुगेका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेको भोलेन्टियर फोर्सका सदस्यले आक्रमण गरेका छन् ।आचार्यसँगै रहेका पत्रकार अमृत चिमरियाका अनुसार चुनावी प्रचारको भिडियो खिच्ने क्रममा झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा २५६१ नम्बरको स्कर्पियोमा आएका फोर्सका सदस्यहरूले आचार्यमाथि कुटपिट गरेका थिए ।प्रत्यक्षदर्शीका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो कार्यक्रम भइरहँदा स्थानीय महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ देखाएर साङ्केतिक विरोध जनाएका थिए । त्यसपछि आक्रोशित

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १५४ पटक पढिएको
  • मतदाता भेटघाटमा पुगेका घनश्याम खतिवडालाई जाँतेवासीले दिए धन्यवाद

    जाँतेः नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडाले लेटाङ– ९ जाँतेका मतदातासँग भेटघाट गर्नुभएको छ । उहाँले विभिन्न विवाह तथा पुराण जस्ता शुभकार्य, दुःखका कर्म तथा बिरामी भएका मतदाताहरुलाई पनि भेट गर्नुभएको थियो ।भेटघाटका क्रममा जाँतेवासीले उम्मेद्वार खतिवडालाई जाँतेको मुहार फेर्ने काम गरेको भन्दै धन्यवाद दिएका थिए । उनीहरुले मदन भण्डारी राजमार्ग फराकिलो र कालोपत्रे सडक बनाएको, तेली र मोरङ्गे खोलामा पुल निर्माणको काम गरेको, जाँते पथरी सडक कालोपत्रे बनाउन पहल गरेको, श्री माविमा नयाँ भवन बनाएको, कभर्ड हल बनाएको, यस क्षेत्रको समस्या बारे संसदमा पटक पटक बोलेको भन्द

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १७७ पटक पढिएको
  • केराबारीमा जनआवाजसँगै विकासको स्पष्ट प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार खड्ग फागो

    केराबारीः मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार खड्ग फागोले सोमबार केराबारी गाउँपालिका वडा नम्बर ५ र ६ मा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।उम्मेद्वार फागोले धुस्कुटे, लाफा चोक, तेह्रथुमे टोल, पीपल चोकलगायतका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याहरू सुन्नुका साथै समाधानका ठोस प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।घरदैलोका क्रममा स्थानीयले सडक पूर्वाधारको कमजोर अवस्था, सहज स्वास्थ्य उपचारको अभाव, खानेपानीको समस्या तथा स्थानीय स्तरमा उत्पादित कृषि सामग्रीले उचित बजार मूल्य नपाएको गुनासो राखेका थिए । फागोले ती सबै विषयलाई नीतिगत

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २०३ पटक पढिएको
  • निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा तीन वर्ष कैद हुने

    इटहरी ।  निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेद्वारलाई निर्वाचन प्रचारप्रसारमा कुनै प्रकारको अवरोध नपुर्याउन चेतावनी दिएको छ । हालै विभिन्न राजनीतिक दल वा उम्मेद्वारको प्रचारप्रसारमा अवरोध सिर्जना गर्ने घटनाको उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिता, २०८२ अनुसार, कुनै पनि दल, उम्मेद्वार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, बैठक वा कार्यक्रममा विघटन वा बाधा पुर्याउन पाइँदैन । साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार निर्वाचन प्रचारप्रसार वा मतदान अधिकार प्रयोग गर्न रोक लगाउने कार्यमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्ने आयो

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २४७ पटक पढिएको
  • यस्ता छन् मङ्गलबारको मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण २५ निर्णयहरू

    इटहरी ।  मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।आसन्न निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीहरूको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओेमप्रकश अर्यालका अनुसार कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।त्यसैगरी, सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ । १६ औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरिएको छ ।यस्ता छन् मन्त्रीपरिषद् बैठकका २५ निर्

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २५९ पटक पढिएको
  • बैंक खातामार्फत् निर्वाचन खर्च नगर्नेलाई कारबाही गरिनेः निर्वाचन आयोग

    इटहरी ।  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत् नगर्ने राजनीतिक दल तथा उम्मेद्वारहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेद्वारलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगले बैंक खातामार्फत् मात्र खर्च गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो । आयोगले तोकेको व्यवस्था उल्लङ्घन गरे निर्वाचन आचारसंहिताअनुसार कारबाही हुने उहाँको भनाइ छ ।ह

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २३८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल