इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका १६५ सिटमध्ये १०० सिट जितेको छ भने मतगणना भइरहेका २५ सिटमा रास्वपा अगाडि छ । समानुपातिकमा रास्वपाले १० लाख ५५ हजार मत ल्याएको छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १४ सिट जित्दा २ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा कांग्रेसले ३ लाख ५० हजार मत ल्याएको छ ।तेस्रो स्थानमा रहेको नेकपा एमालेले ७ सिट जित्दा ४ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा एमालेले २ लाख ७८ हजार मत ल्याएको छ ।चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ६ सिट जित्दा १ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा नेकपाले १ लाख २३ हजार मत ल्याएको छ ।राष्ट्रि
विराटचोकः धनकुटाबाट लगातार तेस्रो पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदै राजेन्द्र राईले धनकुटामा एमालेको साख जोगाउने काम गर्नुभएको छ ।अन्तिम मत परिणामअनुसार एमालेका राईले १८ हजार १३२ मत ल्याउँदा नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत ल्याउनुभएको छ ।श्रम संस्कृति पार्टीका शानबहादुर राईले ११ हजार ९३२, रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६६५ र स्वतन्त्र उम्मेद्वार लाक्पा तामाङले १ हजार १८१ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ७१० भन्दा कम मत ल्याउनुभएको छ ।२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राईले कांग्रेस नेता सुनिल थापालाई १ हजार ३
इटहरी । मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार कृष्णकुमार कार्की ४० हजार ९२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दिलीपकुमार अग्रवालले १५ हजार ६२४ मत ल्याउनुभएको छ ।नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले १२ हजार ७६४ मत ल्याउनुभएको छ । श्रम संस्कृति पार्टीका अबुहो रैरहले १ हजार ८२२ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका चन्द्रवीर राईले १ हजार ३६६ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ८०० भन्दा कम मत ल्याउनुभएको छ ।अघिल्लो निर्वाचनमा मोरङ २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसकी
इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट जुम्लामा राप्रपा उम्मेद्वार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) दोस्रो पटक विजयी हुनुभएको छ ।शाहीले १४ हजार ८१६ मत प्राप्त गरी विजयी हुनुभएको हो । अघिल्लो निर्वाचनमा शाही २२ हजार ८१९ मत ल्याएर विजयी हुनुभएको थियो ।शाहीका निकटतम प्रतिष्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत पाउनुभएको छ ।नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८, रास्वपाकी विनिता कठायतले ४२१ र नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले ४०० मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ११५ भन्दा कम मत ल्याउनुभएको
इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनमा चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा फराकिलो मतान्तरले रास्वपाका बालेन्द्र शाह विजयी हुुनुभएको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै शाह विजयी हुनुभएको हो । शाहले ६८ हजार ३४८ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी एमालेका ओलीले १८ हजार ७३४ मत ल्याउनुभएको छ । शाहले हालसम्मको नतिजामा सबैभन्दा बढी मत ल्याउनुका साथै सबैभन्दा फराकिलो मतान्तरले प्रतिष्पर्धीलाई पराजित गर्नुभएको हो ।श्रम संस्कृति पार्टीका समीर तामाङले ९ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१, राप्रपाका लक्ष्मीप्रसाद
इटहरी । दैलेख क्षेत्र नम्बर २ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल दोस्रो प्रयासमा प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।१३ हजार ८८९ मत ल्याएर विजयी भएका पोखरेल अघिल्लो निर्वाचनमा १६७ मतान्तरले पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका दिक्पालकुमार शाही २० हजार १८३ मत ल्याएर विजयी हुँदा पोखरेलले २० हजार १६ मत ल्याउनुभएको थियो ।यस पटक विजयी भएका पोखरेलले कांग्रेसका तिनै शाहीलाई ४ हजार ३०० भन्दा बढी मतान्तरले पराजित गर्नुभएको हो । शाहीले ९ हजार ५५२ मत ल्याउनुभएको छ । रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिष्ट पार्टीका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ र ने
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेद्वार तोसिमा कार्की दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले अघिल्लो पटकभन्दा झण्डै १२ हजार बढी मत ल्याउनुभएको हो ।यस पटक ४३ हजार ९६ मत ल्याएर विजयी भएकी कार्की गत निर्वाचनमा ३१ हजार १३६ मत ल्याएर विजयी हुनुभएको थियो ।कार्कीका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याउँदा नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याउनुभयो ।नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत, राप्रपाका सबिनकुमार खड्काले २ हजार ३७ मत, श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले १ हजार ४७२ मत र उज्यालो
इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अभिषेकप्रताप साह विजयी भएका छन् । अघिल्लो निर्वाचनमा साह नेकपा एमालेका मंगलप्रसाद गुप्तासँग पराजित भएका थिए ।निर्वाचन आयोगका अनुसार साह २३ हजार ५३५ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका प्रकाश रजौरियाले १८ हजार ९९० मत ल्याए । अघिल्लो निर्वाचनमा राप्रपाका उम्मेद्वार रहेका रजौरियाले अघिल्लो निर्वाचनमा १४ हजार ३० मत ल्याएका थिए ।मत परिणामअनुसार नेकपा एमालेका वीरेन्द्रकुमार कानोडियाले १४ हजार ७६३, राष्ट्रिय मुक्ति पार्टी नेपालका ईश्वरदयाल मिश्रले ५ हजार १७ र नेपाली कम्युनिष्ट पार्टीका
इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा ३० हजार ४३४ मत पाउँदै विजयी हुनुभएको छ ।निर्वाचन आयोगका अनुसार क्षेत्र नम्बर ५ मा ७८ हजार ४४९ मत खसेकोमा ७० हजार ५६० मत सदर र ७ हजार ८८९ मत बदर भएको थियो ।झाका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार फूलकुमार लालबानीले ९ हजार ४१५ मत ल्याउँदा जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७४७ मत ल्याउनुभएको छ ।नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत र नेकपा एमाले उम्मेद्वार मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत पाउनुभएको छ ।राष्ट्रिय ऊर्जाशील पार्टीक
अछामः नेपाली कांग्रेसका भरतकुमार स्वार प्रतिनिधि सभा सदस्य निर्वाचनमा अछामबाट विजयी हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका भीम रावललाई ५२६ मतान्तरले पराजित गर्दै स्वार विजयी हुनुभएको हो ।निर्वाचन आयोगका अनुसार स्वारले १० हजार ७५९ मत पाउँदा रावलले १० हजार २३३ मत ल्याउनुभएको थियो । नेकपा एमालेका दीपकबहादुर साउदले ७ हजार ३८९ र रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत ल्याउनुभयो ।राप्रपाका लोकेन्द्रबहादुर शाहले १०२, नेपाल कम्युुनिष्ट पार्टी माओवादीका लोकेन्द्रबहादुर शाहीले ७५, स्वतन्त्र उम्मेद्वार भीमबहादुर कुँवरले ४१ र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाहीले १० मत ल्याउनुभएको छ ।अछाममा अ