इटहरीः फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज थेबे १३ हजार ९६२ मत ल्याएर विजयी हुनुभएको छ ।निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५, श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ र रास्वपाका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले २३५ भन्दा कम मत ल्याउनुभएको छ ।ताप्लेजुङमा अघिल्लो निर्वाचनमा नेकपा एमालेका योगेशकुमार भट्टराई २१ हजार ९४३ मत ल्याएर विजयी हुनुभएको थियो ।
इटहरी । सामाजिक अभियन्ताको छवि बनाएकी रास्वपाकी उम्मेद्वार आशिका तामाङ धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट ३९ हजार १२८ मत ल्याएर विजयी हुनुभएको छ ।अन्तिम मत परिणामअनुसार तामाङका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत ल्याउनुभएको छ ।नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ र नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ४७० भन्दा कम मत ल्याउनुभएको छ ।अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे ३६ हजार १८ मत ल्याएर विजयी हुनुभएको थियो ।
इटहरी । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको मत परिणामअनुसार संसदमा अब नेपाल मजदुर किसान पार्टी (मादल चुनाव चिह्न) र राष्ट्रिय जनमोर्चा (गिलास चुनाव चिह्न) को उपस्थिति नहुने भएको छ । रास्वपाको उर्लँदो लहरसँगै ती दुवै दलले आफ्नो गढ मानिएका भक्तपुर र बागलुङ जिल्लामा पराजय भोगेका छन् ।पराजयसँगै ३४ वर्षपछि यी दुई वामपन्थी दलको अस्तित्व सङ्कटमा परेको हो । संसदमा निरन्तर स्थायी प्रतिपक्षको भूमिका खेलेका नेमकिपा र राजमोले यो निर्वाचनमा एक सिट पनि जित्न सकेनन् । २०४८ सालदेखि हरेक निर्वाचनमा भक्तपुरबाट नेमकिपा र बागलुङबाट राजमोका उम्मेद्वार निर्वाचित हुँदै आएका थिए ।भक्तपुरबाट २०४८, २०५
इटहरी । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित हुनुभएको छ । २६ वर्षीय खानलले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गर्नुभयो ।निर्वाचनमा निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल हुनुभयो । अन्तिम मत परिणामअनुसार चौधरीले ११ हजार ९४९ मत ल्याउनुभएको छ ।एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ र नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४ हजार ३६९ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ७४५ भन्दा कम मत ल्याउनुभएको छ ।यसअघि क
इटहरी । ध्रुवराज राई श्रम संस्कृति पार्टीको तर्फबाट भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । योसँगै श्रम संस्कृति पार्टीका ३ जना उम्मेद्वार विजयी हुनुभएको छ ।अन्तिम मत परिणामअनुसार विजयी राईले १६ हजार ६६३ मत ल्याउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत ल्याउनुभयो ।नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७०, रास्वपाका रमेशप्रसाद ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टीका अजम्मर राई काङमाङले ५ हजार ७२८ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ८१५ भन्दा कम मत ल्याउनुभएको छ ।भोजपुरमा अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुदन किराती २८ हजार ५९१
इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउत पराजित हुनुभएको छ । राउतलाई रास्वपाका रामजी यादवले पराजित गर्नुभएको हो । गत निर्वाचनमा सप्तरी २ बाट विजयी राउत यस पटक भने तेस्रो हुनुभएको छ ।निर्वाचनको अन्तिम मत परिणामअनुसार २८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याउनुभयो । जनमतका अध्यक्ष राउतले ९ हजार ८८० मत ल्याउनुभयो ।जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिमान पार्टीका सतिशकुमार सिंहले ३ हजार ५५७ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८ र राष्ट्र निर्म
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य चयनको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । अब गणना भइरहेका क्षेत्रमा कांग्रेसको अग्रता नभएकाले प्रत्यक्षतर्फ उसले थप सिट पाउने सम्भावना कम छ । अहिले अग्रता नलिएका क्षेत्रमा अन्तिम समयमा कांग्रेसले बढी मत ल्याएमा थप सिट जित्ने सम्भावना हुन्छ ।नेपाली कांग्रेसले मनाङ, मुस्ताङ, हुम्ला, रसुवा, मुगु, अछाम, तेह्रथुम, दैलेख, सोलुखुम्बु, पाँचथर, डोटी, बाजुरा, पाल्पा, जाजरकोट, कपिलवस्तु ३, सुर्खेत १ र रौतहट २ मा जीत हासिल गरेको छ ।प्रत्यक्षतर्फ दोस्रो ठूलो दल भएको नेपाली कांग्रेस समानुपातिकतर्फ पनि दोस्रो ठूलो दल हुने भएको
धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरी क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको छ । राईले ३५ हजार ७४१ मत ल्याउँदा मुख्य प्रतिष्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत ल्याउनुभएको छ ।नेकपा एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० र राप्रपाका उद्धव श्रेष्ठले १ हजार ४१९ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ६०० भन्दा कम मत ल्याउनुभएको छ ।गत निर्वाचनमा पनि रास्वपाकी गोमा तामाङ झिनो मतान्तरले जनता समाजवादी पार्टीका अशोककुमार राईसँग पराजित हुनुभएको थियो । त्यसबेला
इटहरी । फागुन २१ गते भएको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मत ल्याएर विजयी हुनुभएको छ ।अन्तिम मत परिणामअनुसार गिरीका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजा ६३३ मत ल्याउनुभएको छ ।रास्वपाका हेमराज थापाले ६ हजार ३५ र नेपाली कम्युनिष्ट पार्टीका प्रकाशबहादुर शाहले ३ हजार ४२८ मत ल्याउनुभएको छ ।बाँकी उम्मेद्वारले ३३५ भन्दा कम मत ल्याउनुभएको छ ।गत निर्वाचनमा सो बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे ३१ हजार ७८६ मत ल्याएर विजयी हुनुभएको थियो ।
इटहरी । चर्चामा रहेको सर्लाही ४ मा नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापालाई पराजित गर्दै रास्वपाका अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।गत निर्वाचनमा पनि सो क्षेत्रबाट अमरेशकुमार सिंह नै स्वतन्त्र उम्मेद्वारको रुपमा उठ्दा २० हजार १७ मत ल्याएर निर्वाचन जित्नुभएको थियो ।यस पटक विजयी सिंहले ३५ हजार ६८८ मत ल्याउँदा नेपाली कांग्रेसका थापाले २२ हजार ८३१ मत ल्याउनुभएको छ ।नेकपा एमालेका अमनिशकुमार यादवले ९ हजार ३४३, जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार ५७२, नेपाली कम्युनिष्ट पार्टीका रजनीश रायले १ हजार ४०१ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ४६० भन्दा कम मत ल्याउनुभएको छ ।