इटहरीः प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी जिल्लामा खसेको समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।समानुपातिकमा रास्वपाले सुनसरीका चार निर्वाचन क्षेत्रबाट १ लाख ७८ हजार ३३३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै ५२ हजार ३८३ मत ल्याएको छ ।श्रम संस्कृति पार्टीले ४५ हजार ६९४ मत पाएको छ भने नेकपा एमालेले ३५ हजार ८९२ मत प्राप्त गरेको छ । श्रम संस्कृतिले सुनसरी क्षेत्र नम्बर १ बाटमात्रै ३२ हजार २३० समानुपातिक मत पाएको छ । सो क्षेत्रबाट प्रत्यक्षमा पार्टी सभापति हर्क साम्पाङ ३५ हजार ७४१ मत ल्याएर विजयी भएका छन् ।नेपाली कम्युनिष्ट पार्टीले १० हजार ७९
इटहरी । फागनु २१ गते भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनको समानुपातिकतर्फ १ करोड ५ लाख मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ५० हजार ४९८ मत ल्याएको छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख १२ हजार ३७५ मत ल्याएको छ ।नेकपा एमालेले १४ लाख २९ हजार ७२३ मत ल्याएको छ ।नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ७८ हजार ८६८ मत ल्याएको छ ।श्रम संस्कृति पार्टीले ३ लाख ६७ हजार ७०, तथा राप्रपाले ३ लाख २७ हजार २३ मत ल्याएका छन् ।अन्य कुनै पनि दलले ३ प्रतिशत मत कटाउन सकेका छैनन् ।
इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ । गणनाको क्रममा शुरुमा छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले राप्रपाको भन्दा बढी मत ल्याउँदै पाँचौँ स्थानमा आएको छ ।हालसम्म समानुपातिकतर्फको १ करोड ३ लाख ४४ हजार ९५२ मत गनिएको छ । हालसम्मको मत परिणामअनुसार रास्वपाले ४८ प्रतिशत अर्थात् हालसम्म गनिएको मतमध्ये ४९ लाख ६७ हजार ४३ मत ल्याएको छ । प्रत्यक्षतर्फ उसले १२५ सिट जितेको छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ दशमलव २८ प्रतिशत अर्थात् १६ लाख ८४ हजार १२८ प्रतिशत मत पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसले १८ सिट जितेको छ ।तेस्रो
इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी १२५ स्थानमा जितेको छ ।निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा जीत हासिल गरेको छ । स्वतन्त्र उम्मेद्वारी दिएका एक जनाले निर्वाचन जित्नुभएको छ ।१४ जना महिला उम्मेद्वार विजयीनिर्वाचनमा उम्मेद्वारी दिएकामध्ये १४ जना महिला निर्वाचित हुनुभएको छ । कांग्रेसबाट १ जना महिला उम्मेद्वार विजयी हुनुभएको छ भने बाँकी सबै रास्वपाक
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले ७ सिटमा जीत हासिल गरेको छ । मत गन्न बाँकी रहेका कुनै पनि क्षेत्रमा सो पार्टीका उम्मेद्वारको अग्रता नभएकाले प्रत्यक्षतर्फ थप जित्ने सम्भावना न्यून छ ।नेपाली कम्युनिष्ट पार्टीले डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालिकोट, सल्यान १, रोल्पा १ र सिन्धुपाल्चोक २ बाट जीत दर्ता गरेको छ ।प्रत्यक्षतर्फ ७ सिट जितेर चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ पनि २ लाख ९२ हजारभन्दा बढी मत पाएर चौथो स्थानमा रहेको छ ।
इटहरी । प्रतिनिधि सभा चयनका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको पराजयपछि नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले पार्टी सभापति पदबाट राजीनामा दिन आवश्यक नरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएको छ ।यो कठीन घडीमा राजीनामा माग्नु वा दिनु समाधान नभई केवल क्षणिक भावावेश मात्रै भएको शर्माले उल्लेख गर्नुभएको छ ।यस्तो छ शर्माले लेख्नुभएको प्रतिक्रिया जस्ताको तस्तैसभापतिको राजीनामा निकास होइन, अब शून्यबाटै उठ्ने बेला हो !यो कठिन घडीमा सभापति गगन थापाको राजीनामा माग्नु वा दिनु समाधान होइन, त्यो केवल क्षणिक भावावेश मात्र हो । नेतृत्वको हैसियतले उहाँमाथ
इटहरी । फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनको ३ स्थानको परिणाम आउन बाँकी छ । जसमध्ये इलाम–१ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूबीच कडा टक्कर देखिएको छ ।मत परिणाममा कहिले झिनो मतान्तरले कांग्रेसका उम्मेद्वार अघि देखिन्छन् त कहिले श्रम संस्कृतिका अघि देखिन्छन् । प्रारम्भिक गणनामा एमालेका काजीमान कागतेले पनि अग्रता लिएका थिए ।सबैभन्दा पछिल्लो अद्यावधिकअनुसार कांग्रेसका राईले १० हजार ८४९ मत ल्याउँदा श्रम संस्कृतिका लिम्बूले १० हजार ६५१ मत प्राप्त गरेका छन् । उनीहरु बीच १९८ मतको अन्तर देखिन्छ ।नेकपा एमालेका काजीमान कागतेले ९ हजार ९९
इटहरी । आज अन्तरराष्ट्रिय महिला दिवस । विश्वभर विभिन्न कार्यक्रमका साथ आठ मार्चको दिन महिला दिवस मनाइन्छ । राजनीतिक घटनाक्रमसँग जोडिएको महिला दिवस आज नेपालमा भने पहिले झैँ विभिन्न कार्यक्रम गरी मनाइएन ।फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनको मत परिणामको व्यस्तताका कारण यस पटकको महिला दिवस औपचारिक कार्यक्रम गरी मनाइएन ।निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसक्न लागेको हुनाले प्रत्यक्षतर्फ कति महिला सांसद हुने भए भनेर यहाँ प्रस्तुत गरिएको छ ।यस पटकको निर्वाचनको पहिलो जीत नै महिलाबाट भएको थियो । काठमाडौं क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेद्वार रञ्जु न्यौपाने (दर्शना) ले पहिलो जीत
इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनमा दार्चुलाबाट नेकपा एमालेका गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मत ल्याएर विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो ।अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६, रास्वपाका राजेशसिंह सामन्त साउदले ८ हजार ९३६ र नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत पाउनुभएको छ ।अन्य उम्मेद्वारले ६७० भन्दा कम मत पाउनुभएको छ ।अघिल्लो निर्वाचनमा दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू २८ हजार ५१५ मत ल्याएर विजयी हुनुभएको थियो ।
इटहरीः सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाका लालविक्रम थापा ५७ हजार ३४८ मत ल्याएर विजयी हुँदै प्रतिनिधि सभा सदस्य चुनिनुभएको छ ।अन्तिम मत परिणामअनुसार थापाले नेपाली कांग्रेसका राजीव कोइरालालाई पराजित गर्नुभएको हो । कोइरालाले १६ हजार ७१ मत ल्याउँदा नेकपा एमालेका सुजन लामाले ८ हजार ३०३ मत ल्याउनुभयो ।श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ४८४ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीकी रामकुमारी चौधरीले १ हजार ८१६ र राप्रपाका दिनेशकुमार बस्नेतले १ हजार २८७ मत ल्याउनुभएको छ ।बाँकी उम्मेद्वारले ७३५ भन्दा कम मत ल्याउनुभएको छ ।सुनसरी २ मा गत निर्वाचनमा नेकपा एमालेका भीमप्रसाद आचार्य ३२ हजार २४ मतसह