राजनीति

    Showing २५१-२६० of ८५७ items.
  • मोरङमा रास्वपाले क्लीन स्वीप गर्दा चार जना डाक्टर पराजित

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार मोरङका सबै ६ क्षेत्रमा रास्वपाका उम्मेद्वार निर्वाचित भएका छन् ।रास्वपाको जीतसँगै मोरङमा ४ जना डाक्टरको पराजय भएको छ । पराजित हुनेमा नेपाली कम्युनिष्ट पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेद्वार रहनुभएको डा. देउमान सम्बाहाम्फे हुनुहुन्छ । बाँकी ३ जना नेपाली कांग्रेसका उम्मेद्वार हुनुहुन्छ ।क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मीनेन्द्रप्रसाद रिजाल पराजित हुनुभएको हो । रास्वपाका कृष्णकुमार कार्कीले ४० हजार १२४ मत प्राप्त गर्दा रिजालले १२ हजार ६४४ मत मात्रै प्राप्त गर्नुभयो । १४ औँ महाधिवेशन

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २८९ पटक पढिएको
  • चुनावमा मोरङ ६ मा कांग्रेस नेता डा. शेखर कोइरालाद्वारा २२ लाख ३१ हजार खर्च

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेद्वार बनेका डा. शेखर कोइरालाले चुनावमा २२ लाख ३१ हजार ८८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाउनुभएको छ ।निर्वाचन प्रयोजनका लागि आफूले विराटनगरस्थित एनआईसी एसिया बैंकमा खाता खोलेर सम्पूर्ण आर्थिक कारोबार गरेको आयोगमा बुझाइएको खर्च विवरणमा उल्लेख गरिएको छ ।आज प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमार्फत् प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उक्त खर्च विवरण कोइरालाले बुझाउनुभएको हो । कोइरालाका

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २६७ पटक पढिएको
  • धनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई एमालेले गर्याे कारवाही

    भेडेटारः पार्टी गतिविधि विपरीत काम गरेको आरोपमा नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासित गरेको छ ।जिल्ला कमिटीको विस्तारित बैठकले गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीििवरुद्ध गतिबिधि गरेको र अन्तरघात गरेको आरो लगाउँदै राईलाई कारवाही गरेको हो ।प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको एमालेले जनाएको छ । भीम राईको संयोजकत्वमा गठित समितिमा हिमादेवी भट्टराई र एमपी उपाध्याय सदस्य रहेका छन् ।उपाध्यक्ष मुना राईले आफूलाई गरिएको औपचारिक जानकारी नपाएको बताउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २१७ पटक पढिएको
  • समानुपातिक सांसद बन्न दबाब आएपछि हर्क साम्पाङ भन्छन्, ‘समानुपातिकको विषयमा रोइलो गर्नेलाई कारवाही गर्छु’

    इटहरी । हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा देशभरमा पाँचौँ तथा कोशी प्रदेशमा दोस्रो भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तनावमा हुनुहुन्छ ।हिजो राति उहाँले लेखेका दुई वटा स्टाटसले त्यसलाई पुष्टि गर्छ । श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सिट पाउने भएको छ । ती सिटमा आफ्नो नाम पठाउन माग गर्दै फोन गरेपछि साम्पाङले ती स्टाटस लेखेको देखिन्छ ।बिहीबार राति करिब ८ बजेतिर ‘भात खाऊ मेरो टाउको नखाऊ’ भनेर फेसबुकमा लेखेका साम्पाङले राति १० बजे फेरि ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गर्नेछु ! हद भो !!!’

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २१० पटक पढिएको
  • पार्टी स्थापना भएको ४ महिनामै राष्ट्रिय दल बनेको श्रम संस्कृति कोशी प्रदेशमा दोस्रो

    इटहरी । पार्टी स्थापना भएको ४ महिनामै राष्ट्रिय दलको मान्यता पाउने गरी ३ प्रतिशत मत ल्याएको श्रम संस्कृति पार्टी कोशी प्रदेशको मतगणनामा दोस्रो भएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ लाख ५३ हजार १८३ मत पाएर कोशी प्रदेशमा पहिलो पार्टी बन्दा श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ ।नेपाली कांग्रेसले २ लाख ९० हजार ५६२ र नेकपा एमालेले २ लाख ८८ हजार १८६ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले यसपटक ९७ हजार ६७९ मत पाएको छ । यसअघि चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने ६२

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २०८ पटक पढिएको
  • निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि जनमत स्वीकार्य छः एमाले अध्यक्ष ओली

    इटहरी ।  बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआए पनि जनमतलाई स्वीकार गरेको बताउनुभएको छ ।एमाले अध्यक्ष ओलीले निर्वाचनमा आफू र पार्टी दुवैले सोचेजस्तो सफलता प्राप्त गर्न नसकेको उल्लेख गर्दै लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने बताउनुभएको छ ।यस्तो छ उहाँले लेख्नुभएको स्टाटस‘दिदीबहिनी तथा दाजुभाइहरुयस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरो

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १६१ पटक पढिएको
  • समानुपातिकतर्फको सिट बाँडफाँड गर्न निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि यसरी गरिन्छ प्रयोग

    विराटचोकः प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम सकिएको छ । प्रत्यक्षतर्फको सिट गणना सजिलो भए पनि समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ भन्ने चासो मतदातामा पाइन्छ ।निर्वाचन आयोगले दलहरुले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको ‘सेन्ट लग’ विधिको प्रयोग गर्ने जनाएको छ । यस प्रणालीमा दलले प्राप्त गरेको कुल सदर मतको आधारमा सिट सङ्ख्या निर्धारण गरिन्छ ।समानुपातिकतर्फ सिट प्राप्त गर्न राजनीतिक दलहरुले कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत कटाउनुपर्छ । जसलाई थ्रेस होल्ड भनिन्छ । ३ प्रतिशत मत प्राप्त गर्न नसक्ने दलहरु सिट बाँडफाँडको प्रक्रियामै सहभागी हु

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २२३ पटक पढिएको
  • कमजोरी नसच्याए अर्को पटक पार्टी सकिन्छः गोकुल बास्कोटा

    इटहरी । सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पार्टीले आफ्ना वर्तमान कमी–कमजोरीहरूलाई समयमै नसच्याए आगामी निर्वाचनमा पार्टीको अस्तित्व समाप्त हुन सक्ने बताएका छन् ।हालै सम्पन्न निर्वाचनमा पार्टीले निकै कमजोर नतिजा व्यहोरेपछि नेतृत्व र नीतिबारे गम्भीर समीक्षाको माग उठिरहेका बेला बास्कोटाले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै यस्तो टिप्पणी गरेका हुन् । पाँच वर्षअघि नै आफूले तत्कालीन नेकपाको ‘क्लाईमेक्स’ (उत्कर्ष) र ‘कोल्याप्स’ (पतन) को समयबारे आँकलन गरेको भन्दै वामपन्थी शक्तिहरू एकजुट हुँदा जनतामा अभूतपूर्व उत्साह देखिए तापनि आन्तरिक जग कमजोर हुँदा

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २०५ पटक पढिएको
  • ५१ दलले समानुपातिकमा ३ प्रतिशत मत नल्याएकाले बन्न सकेनन् राष्ट्रिय पार्टी

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले ३ प्रतिशतभन्दा कम मत ल्याएका छन् ।निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित ५७ दलले भाग लिएका थिए । जसमध्ये ६ दलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको सदर मतको ३ प्रतिशत मत पाएकाले राष्ट्रिय दल बन्ने भएका छन् । रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले समानुपातिकतर्फ दिइएको मतको ३ प्रतिशत मत कटाएका हुन् ।समानुपातिक प्रणालीमा सम्पूर्ण देशलार्ई एक निर्वाचन क्षेत्र मानी दलल

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १७० पटक पढिएको
  • ६ दलले पाए राष्ट्रिय दलको मान्यता

    इटहरीः हालै भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बनेका हुन् ।प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षमा कम्तीमा १ सिट जितेको र समानुपातिकतर्फ खसेको सदर मतको ३ प्रतिशत मत ल्याएको दल राष्ट्रिय पार्टी हुने नियम छ ।

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • २५१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल