इटहरी । हालै भएको प्रतिनिधिसभामा विजयी भएका प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज योगाभ्याससँगै शुरु भएको सो पार्टीले जनाएको छ ।सो पार्टीका अनुसार आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गरिने भएको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
काठमाडौंः हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ जना सांसदलाई ललितपुरको ग्वार्कोमा अभिमुखीकरण कार्यक्रम गरी रास्वपाले संसदीय अभ्यास र आचरण सिकाइरहेको छ ।सो कार्यक्रममा सांसदहरूले संसदीय भूमिका, बोल्ने तरिका, न्याय पाउने अधिकार र जनताको अपेक्षा अनुसार काम गर्ने विषयमा ज्ञान प्राप्त गरेको बताएका छन् । पदको गरिमा बढाउन, संविधान र कानुनको अध्ययन गर्न तथा भ्रष्टाचार अन्त्य गर्न सांसदहरूलाई निर्देशन दिइएको छ ।रास्वपाका धेरै सांसद पहिलो पटक निर्वाचित भएका र एक अर्कालाई नचिनेका हुनाले सांसदबीच परिचयको कार्यक्रम पनि गराइएको बताइएको छ । निर्वाचनमा प्
काठमाडौंः नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लिमा अधिकारीले राजीनामा दिनुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा नाम सिफारिश भएपििछ अधिकारीले निफ्राबाट राजीनामा दिनुभएको हो ।साढे चार वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी अधिकारी पछिल्लोपटक गत २३ मंसिरमा भएको सातौं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सञ्चालक सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा पछि नेकपा समाजवादीमा आबद्ध हुनुभएको थियो । समाजवादी छोडेर उहाँ रास्वपामा आबद्ध हुनुभएको थियो ।
विराटचोकः फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चयन निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट विजयी हुने ५७ सांसद चयन गरेको छ ।रास्वपाको सचिवालय बैठकले आइतबार निर्वाचन आयोगमा सिफारिश गरेका नाम सार्वजनिक गरेको हो । रास्वपाले विभिन्न क्लस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको सूची आयोगमा सिफारिश गरेको हो ।यी हुन् निर्वाचन आयोगमा सिफारिश भएका ५७ जनाखसआर्य महिला– १६प्रतिभा रावलरचना खतिवडा खत्रीलिमा अधिकारी आचार्यविदुषी राणासमीक्षा बाँस्कोटाश्रद्धा कुँवर क्षेत्रीटीका संग्रौला (पिछडिएको क्षेत्र)क्रान्तिशिखा धितालआकृति अवस्थीसृष्टि भट्टराईमञ्जु भुषालप्र
इटहरी । नेपाली कांग्रेसले समानुपातिक सांसदका लागि नाम सिफारिश गरेको छ ।आइतबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले समानुपातिक प्रणालीबाट निर्वाचित हुने १५ महिला र ५ पुरुषको नाम निर्वाचन आयोगमा पठाएको हो ।यी हुन् कांग्रेसले समानुपातिक सांसदको लागि निर्वाचन आयोगमा पठाएको सूचीआदिवासी जनजातिबाट१. मदनकृष्ण श्रेष्ठ (अपाङ्गता समेत),२. भीष्मराज आङदम्बे,३. गीताकुमारी सेन्दाङ,४. गंगालक्ष्मी अवाल,५. गीता गुरुङ६. रेनुका काउचाखस आर्य समूहबाट१. अर्जुननरसिंह केसी,२. कालीबहादुर सहकारी,३. सुशीला ढकाल आचार्य,४. रुक्मिणीदेवी कोइ५. सीता थपलियादलित समूहबाट१. हरिनादेवी कामी,२. पवित्रा विक३. मनमाया
काठमाडौंः सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले गरेका मुख्य मुख्य निर्णयहरू प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराएका हुन् ।भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय सरकारले गरेको छ । जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरी नेपालबैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ ।बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रह
इटहरीः नेपाली कांग्रेसले पार्टीका उम्मेद्वारहरू पराजित हुनुको कारण पत्ता लगाएर प्रतिवेदन केन्द्रीय कार्यालय पठाउन मातहत समितिहरूलाई परिपत्र गरेको छ ।महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई फागुन २९ गते परिपत्र गर्दै अधिकांश स्थानमा पार्टीका उम्मेद्वार पराजित भएकाले त्यसको कारण पत्ता लगाएर पठाउन परिपत्र गरेका हुन् ।उम्मेद्वारहरूले पनि समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने परिपत्रमा उल्लेख छ ।प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले पार्टीका उम्मेद्वारहरूलाई विजयी गराउन तथा पार्टीको समानुपातिक मत वृद्धि
धरानः पूर्वी क्षेत्रमा बलियो राजनीतिक दलको रूपमा उदाएको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाका लागि चार जना समानुपातिक सांसद चयन गरेको छ ।प्रतिनिधि सभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ ।प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले ४ सांसद पाएको छ । पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट झापाकी अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदमा चयन गरेको हो । लिम्बू पूर्व गोर्खा सैनिक हुन् ।यसअघि समानुपातिक सांसदलाई लिएर श्रम संस्कृति पार्टीमा विवाद उत्पन्न भ
इटहरी । आज बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।जनजातिबाट महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यको नाम निश्चित भएको छ ।खसआर्यबाट महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र) तथा खसआर्य पुरुषमा गुरुप्रसाद बराल र पुष्पराज कँडेलको नाम टुंगो लागेको छ । थारुबाट कृपाराम राणा, दलितबाट विष्णुमाया विक र नीता घतानी चयन भएका छन् ।त्यस्तै, मधेसी क्लस्टरबाट रिङ्ला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल तथा मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकी चयन भएकी छिन् ।
धनकुटाः धनकुटाको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा नेकपा एमाले पहिलो भएको छ । प्रत्यक्षतर्फ पनि नेकपा एमाले नै पहिलो भएको थियो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले समानुपातिक तर्फ १६ हजार ५६७ मत पाएको छ । प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मतसहित विजयी भएका थिए ।समानुपातिकतर्फ दोस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टी १४ हजार ६७९ मत पाएको छ । श्रम संस्कृति पार्टी १३ हजार ९६० र नेपाली कांग्रेसले ८ हजार ६५१ मत पाएका छन् ।नेपाली कम्युनिष्ट पार्टीले १ हजार ६३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २०५ र जनता समाजवादी पार्टीले १ हजार ३६ मत ल्