राजनीति

    Showing २२१-२३० of ८५७ items.
  • ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रपति पौडेलबाट लिए शपथ ग्रहण

    काठमाडौंः प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यमध्येका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।आज बिहान प्रतिनिधसभाका ज्येष्ठ सदस्यको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा केसीले शपथ ग्रहण गर्नुभएको हो ।प्रतिनिधसभाको चुनावबाट निर्वाचितमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने कानुनी व्यवस्था रहेको छ ।सोहीअनुसार सिंहले आज शपथ ग्रहण गर्नुभएको हो । प्रतिनिधिसभाका बाँकी २७४ जना सदस्यलाई केसीले बिहीबार शपथ ग्रहण गराउनुहुनेछ ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २३२ पटक पढिएको
  • प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले आज शपथ लिने

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचितमध्येका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको शपथ ग्रहण आज हुने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।नेपाली कांग्रेसबाट निर्वाचित ७८ वर्षीय केसीले राष्ट्रपतिबाट शपथ लिएपछि भोलि प्रतिनिधि सभाका बाँकी २७४ जना सदस्यहरुलाई सपथ ग्रहण गराउनुहुनेछ । सभामुख चयन नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नुहुनेछ ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २१३ पटक पढिएको
  • रास्वपाबाट सांसद बनिन् खेलाडी रजनी श्रेष्ठ, यौनिक अल्पसङ्ख्यकबाट भूमिका श्रेष्ठ

    इटहरी ।  फागुन २१ गते भएको निर्वाचनबाट खेल क्षेत्रको प्रतिनिधित्व गर्दै रास्वपाबाट रजनी श्रेष्ठ सांसद बनेकी छिन् । मोरङकी श्रेष्ठ समानुपातिक प्रणालीमार्फत् सांसद चयन भएकी हुन् । उनी राष्ट्रिय, दक्षिण एशियाली तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सफलता हासिल गरेकी एक बडीबिल्डर हुन् ।समानुपातिक प्रणालीअन्तर्गत रास्वपाबाट यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व पनि सुनिश्चित भएको छ । भूमिका श्रेष्ठ सो समुदायको प्रतिनिधित्व गर्ने पहिलो ट्रान्सजेन्डर महिला बन्ने तयारीमा छिन् ।यसअघि २०६४ सालमा तेस्रो लिङ्गीको प्रतिनिधित्व गर्दै सुनिलबाबु पन्त सांसद भएका थिए ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २२१ पटक पढिएको
  • गणेश नाम गरेका ५ जना सांसद, सबै रास्वपाका, दुई जनाको नाम थर एउटै

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचितमध्ये ५ जनाको नाम गणेश रहेको छ । दुई जनाको नाम र थर एउटै छ । उहाँहरु सबै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुहुन्छ ।हिन्दू धर्ममा ‘गणेश’ विघ्नहर्ता भगवान्को नामको रूपमा पूजा गरिन्छ ।यी हुन् गणेश नाम भएका सांसदहरू१. गणेश कार्की (मोरङ–३),२. गणेश पौडेल (रौतहट–४)३. गणेश धिमाल (बारा–१)४. गणेश पराजुली (काठमाडौं–७)५. गणेश पौडेल (कास्की–१) ।

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १६६ पटक पढिएको
  • ५० हजारभन्दा बढी मत ल्याएर जित्ने उम्मेद्वार १२ जना, सबै रास्वपाका

    इटहरी ।  हालै भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा ५० हजारभन्दा बढी मत ल्याएर १२ जना उम्मेद्वारले निर्वाचन जित्दै सांसद हुुनभएको छ । उहाँहरू सबै जना राष्ट्रिय स्वतन्त्र पार्टीका हुनुहुन्छ ।६० हजारभन्दा बढी मत ल्याएर जित्ने २ जना (बालेन्द्र शाह झापा ५ र इन्दिरा राना झापा २) हुनुहुन्छ ।सबैभन्दा धेरै मत बालेनकोनिर्वाचन आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार सबैभन्दा धेरै मत ल्याएर रास्वपाका नेता बालेन्द्र शाह विजयी हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई पराजित गर्नुभएका शाहले ६८ हजार ३४८ मत ल्याउनुभएको हो । झापा क्षेत्र नम्बर ५ बाट उम्मेद

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २२० पटक पढिएको
  • प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ चैत ११ गते हुने

    इटहरी ।  प्रतिनिधि सभाका हालै निर्वाचित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ चैत ११ गते हुने भएको छ ।७८ वर्षीय केसी नेपाली कांग्रेसका सांसद हुनुहुन्छ । केसी समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुहुनेछ ।त्यसपछि भोलिपल्ट चैत १२ गते ज्येष्ठ सदस्यले बाँकी सबै सांसदलाई शपथ ग्रहण गराउनुहुनेछ ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार ज्येष्ठ सदस्य केसीको शपथ चैत ११ गते बिहान हुने भएको छ ।

    • प्रकाशित मितिः चैत ८, २०८२
    • २३२ पटक पढिएको
  • गगनले पार्टी अध्यक्षबाट दिएको राजीनामा अस्वीकृत

    इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत भएको छ ।गत महिना सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिनुभएको थियो । शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सो राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो ।उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । बैठकले शर्माको प्रस्तावमा समर्थन जनाएको प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    • प्रकाशित मितिः चैत ८, २०८२
    • २४३ पटक पढिएको
  • समानुपातिकतर्फ बागमती प्रदेशका सांसद सबैभन्दा धेरै, मधेशका सबै जिल्लाबाट प्रतिनिधित्व

    इटहरी ।  समानुपातिकतर्फ निर्वाचित भएकाहरूको नागरिकता जारी भएको जिल्लाअनुसार सबैभन्दा धेरै सहभागिता बागमती प्रदेशमा देखिन्छ । यहाँबाट विभिन्न दलका ३६ जना नेताहरू सांसद बनेका छन् ।बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, चितवन, मकवानपुर र दोलखाबाट ३६ जना सांसद निर्वाचित भएका छन् ।कोशी प्रदेशबाट २२ जना र मधेश प्रदेशबाट १८ जना समानुपातिकतर्फ निर्वाचित भएका छन् ।कोशी प्रदेशका ताप्लेजुङ, मोरङ, सुनसरी, झापा, पाँचथर, संखुवासभा र सोलुखुम्बुबाट २२ जना तथा मधेश प्रदेशका सबै जिल्लाबाट १८ जना निर्वाचित भएका छन् ।गण्डकी प्रदेशका गोरखा, बाग्लुङ, तनहुँ र स्याङ्जाका

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १६२ पटक पढिएको
  • यी हुन् रास्वपाबाट सांसद भएका सेलिब्रेटी

    इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट केही सेलिब्रेटीहरू पनि संघीय संसदमा पुगेका छन् ।रिमा विश्वकर्मा र अनुष्का श्रेष्ठले संसदको यात्रा तय गरेका हुन् । रिमा विश्वकर्माले पत्रकारिता तथा मिडिया क्षेत्रबाट आफ्नो करियर सुरु गरेकी थिइन् । रास्वपाले उनलाई दलित महिला समूहबाट समानुपातिक प्रणालीअन्तर्गत मनोनयन गरेको हो । उनी अभिनेत्री, मोडल र टेलिभिजन प्रस्तोता पनि हुन् । राजनीतिमा आउनुअघि उनले ‘नेपाल आइडल’ गायन रियालिटी शो सञ्चालन गरेकी थिइन् ।अनुष्का श्रेष्ठ सन् २०१९ की मिस नेपाल विजेता हुन् । उनलाई रास्वपाले आदिवासी जनजाति महिला समूहबाट समानुपातिक प्र

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १६४ पटक पढिएको
  • सांसद आशिका तामाङको ‘निर्देशन’ प्रति धादिङका १३ स्थानीय तहको असन्तुष्टि

    इटहरी ।  धादिङका १३ वटा स्थानीय तहले बैठक गरेर संयुक्त विज्ञप्ति जारी गर्दै सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत् दिएको ‘निर्देशन’ प्रति असन्तुष्टि जनाएका छन् ।रास्वपाबाट धादिङ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेकी तामाङले ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी गराउँछु । र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेकी थिइन् ।त्यसपछि धादिङका १३ वटै स्थानीय

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल