राजनीति

    Showing २०१-२१० of ७८० items.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी

    धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुनसरी क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको छ । राईले ३५ हजार ७४१ मत ल्याउँदा मुख्य प्रतिष्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत ल्याउनुभएको छ ।नेकपा एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० र राप्रपाका उद्धव श्रेष्ठले १ हजार ४१९ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ६०० भन्दा कम मत ल्याउनुभएको छ ।गत निर्वाचनमा पनि रास्वपाकी गोमा तामाङ झिनो मतान्तरले जनता समाजवादी पार्टीका अशोककुमार राईसँग पराजित हुनुभएको थियो । त्यसबेला

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • ३२३ पटक पढिएको
  • बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

    इटहरी ।  फागुन २१ गते भएको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मत ल्याएर विजयी हुनुभएको छ ।अन्तिम मत परिणामअनुसार गिरीका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजा ६३३ मत ल्याउनुभएको छ ।रास्वपाका हेमराज थापाले ६ हजार ३५ र नेपाली कम्युनिष्ट पार्टीका प्रकाशबहादुर शाहले ३ हजार ४२८ मत ल्याउनुभएको छ ।बाँकी उम्मेद्वारले ३३५ भन्दा कम मत ल्याउनुभएको छ ।गत निर्वाचनमा सो बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे ३१ हजार ७८६ मत ल्याएर विजयी हुनुभएको थियो ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १६० पटक पढिएको
  • कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी

    इटहरी ।  चर्चामा रहेको सर्लाही ४ मा नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापालाई पराजित गर्दै रास्वपाका अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।गत निर्वाचनमा पनि सो क्षेत्रबाट अमरेशकुमार सिंह नै स्वतन्त्र उम्मेद्वारको रुपमा उठ्दा २० हजार १७ मत ल्याएर निर्वाचन जित्नुभएको थियो ।यस पटक विजयी सिंहले ३५ हजार ६८८ मत ल्याउँदा नेपाली कांग्रेसका थापाले २२ हजार ८३१ मत ल्याउनुभएको छ ।नेकपा एमालेका अमनिशकुमार यादवले ९ हजार ३४३, जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार ५७२, नेपाली कम्युनिष्ट पार्टीका रजनीश रायले १ हजार ४०१ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ४६० भन्दा कम मत ल्याउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १२७ पटक पढिएको
  • इलाम २ मा एमालेका सुहाङ नेम्वाङको दोस्रो जीत

    इटहरी ।  प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ ।२०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट सुहाङका बुबा सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको थियो । उहाँको निधनपछि भएको उपनिर्वाचनमा उहाँका छोरा सुहाङ विजयी हुनुभएको थियो । यस पटक पनि सुहाङ नै विजयी हुनुभएको हो ।प्राप्त अन्तिम मतपरिणामअनुसार विजयी नेम्वाङले २२ हजार ४२६ मत ल्याउँदा प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत ल्याउनुभएको छ ।श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४००, रास्वपाका गोकुलबहादुर राईले ७ हजार ८१४ र नेपाली कम्युनिष्ट

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १२५ पटक पढिएको
  • ५ मतको अन्तरले ओखलढुङ्गामा रास्वपा उम्मेद्वार विश्वराज पोखरेल विजयी

    इटहरी ।  कडा टक्करका बीच ओखलढुङ्गामा रास्वपाका उम्मेद्वार विश्वराज पोखरेलले नेपाली कांग्रेसका उम्मेद्वार कुमार लुइँटेललाई पराजित गरेका छन् । पोखरेलले लुइँटेललाई ५ मतले पराजित गरेका हुन् ।अन्तिम मत परिणामअनुसार रास्वपाका पोखरेल १३ हजार ९५३ मतसहित विजयी हुँदा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए ।नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत, एमालेकी अस्मिता थापाले १० हजार ७२० मत, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३ हजार ८५८ मत र उज्यालो नेपाल पार्टीकी किशोरी कार्कीले ९६५ मत ल्याएका छन् ।अन्य उम्मेद्वारले २२५ भन्दा कम मत ल्याएका छन् ।ओखलढुङ्गामा गत निर्व

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १२७ पटक पढिएको
  • श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, सो पार्टीबाट निर्वाचित हुने पहिलो उम्मेद्वार भए आरेन राई

    इटहरी ।  श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा खोटाङबाट प्रतिनिधित्व गर्ने भएको छ । सो पार्टीका उम्मेद्वार आरेन राई १६ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । हर्कराज राई (हर्क साम्पाङ) अध्यक्ष रहेको सो पार्टीले राईको पुख्र्याैली थलो खोटाङबाट पहिलो जीत निकालेको हो । अध्यक्ष राईले पनि सुनसरी १ बाट अग्रता लिइरहनुभएको छ ।अन्तिम मतपरिणामअनुसार निकटतम प्रतिष्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टीका डा. हरि रोकाले ९ हजार ४४३ र रास्वपाका रुद्र गिरीेले ५ हजार ७०४ मत ल्याउनुभएको

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १३९ पटक पढिएको
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी

    इटहरी ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भन्दा दोब्बर मत ल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक विजयी हुनुभएको छ ।विजयी पाठकले ३८ हजार ६७४ मत ल्याउनुभएको थियो । प्रमुख प्रतिष्पर्धी राप्रपा अध्यक्ष लिङ्देनले १७ हजार २९४ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९ मत ल्याउनुभएको छ ।नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिमल्सिनाले ७ हजार ३३९ र नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले १ हजार ४५० मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ५४० भन्दा कम मत ल्याउनुभएको छ ।अघिल्लो निर्वाचनमा राप्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १७१ पटक पढिएको
  • पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी, श्रम संस्कृति पार्टी दोस्रो

    फिदिमः प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत पाँचथर जिल्लाको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ । केरुङले १७ हजार २३३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत ल्याउनुभएको छ ।नेकपा एमालेका आइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङले ११ हजार ४४३, रास्वपाका महेन्द्रविक्रम थाम्सुहाङले ४ हजार १९७, राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले २ हजार ८२५ मत पाउनुभएको छ ।अन्य उम्मेद्वारले १००० भन्दा कम मत ल्याउनुभएको छ ।गत निर्वाचनमा पाँचथरबाट नेकपा एमालेका वसन्तकुमार नेम

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १७४ पटक पढिएको
  • अर्बपति विनोद चौधरीलाई पराजित गर्दै नवलपरासी १ मा रास्वपाका विक्रम खनाल निर्वाचित

    इटहरी ।  फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका अर्बपति विनोद चौधरीलाई पराजित गर्दै रास्वपाका विक्रम खनाल निर्वाचित हुनुभएको छ ।अन्तिम मतपरिणामअनुसार विजयी खनालले ४५ हजार २४१ मत पाउँदा निकटतम प्रतिष्पर्धी चौधरीले ९ हजार ५०२ मत ल्याउनुभएको छ ।नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टीका ह्दयेश त्रिपाठीले ७ हजार ८३२, राप्रपाका नवनीतकुमार मिश्रले १ हजार ५९३ र नेपाली कम्युनिष्ट पार्टीका सिन्धु जलेसा बुढाथोकीले १ हजार ५६ मत पाउनुभएको छ ।अन्य उम्मेद्वारले ७६० भन्दा कम मत पाउनुभएको छ ।गत निर्वाचनमा सो क्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १०२ पटक पढिएको
  • सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी

    इटहरी ।  प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी हुनुभएको छ ।विजयी कार्कीले १३ हजार १६६ मत ल्याउनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीका असिम राईले ९ हजार ४१४, नेकपा एमालेकी कल्पना राईले ८ हजार २२८, रास्वपाका ऋषिधन थुलुङ राईले ३ हजार ६४२ र श्रम संस्कृति पार्टीका वियस राईले ३ हजार ३६३ मत ल्याउनुभएको हो ।अन्य उम्मेद्वारले २८० भन्दा कम मत ल्याउनुभएको छ ।गत निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका मानवीर राई १९ हजार ३२४ मतसहित विजयी हुनुभएको थियो ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २१६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल