राजनीति

    Showing १९१-२०० of ७८० items.
  • रास्वपाका १३ महिला उम्मेद्वार विजयी, ७ जना पराजित, कांग्रेसबाट १ जना विजयी

    इटहरी । आज अन्तरराष्ट्रिय महिला दिवस । विश्वभर विभिन्न कार्यक्रमका साथ आठ मार्चको दिन महिला दिवस मनाइन्छ । राजनीतिक घटनाक्रमसँग जोडिएको महिला दिवस आज नेपालमा भने पहिले झैँ विभिन्न कार्यक्रम गरी मनाइएन ।फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनको मत परिणामको व्यस्तताका कारण यस पटकको महिला दिवस औपचारिक कार्यक्रम गरी मनाइएन ।निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसक्न लागेको हुनाले प्रत्यक्षतर्फ कति महिला सांसद हुने भए भनेर यहाँ प्रस्तुत गरिएको छ ।यस पटकको निर्वाचनको पहिलो जीत नै महिलाबाट भएको थियो । काठमाडौं क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेद्वार रञ्जु न्यौपाने (दर्शना) ले पहिलो जीत

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २०४ पटक पढिएको
  • दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

    इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनमा दार्चुलाबाट नेकपा एमालेका गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मत ल्याएर विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो ।अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६, रास्वपाका राजेशसिंह सामन्त साउदले ८ हजार ९३६ र नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत पाउनुभएको छ ।अन्य उम्मेद्वारले ६७० भन्दा कम मत पाउनुभएको छ ।अघिल्लो निर्वाचनमा दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू २८ हजार ५१५ मत ल्याएर विजयी हुनुभएको थियो ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २३० पटक पढिएको
  • सुनसरी २ मा रास्वपाका लालविक्रम थापा ५७ हजार ३४८ मतसहित विजयी

    इटहरीः सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाका लालविक्रम थापा ५७ हजार ३४८ मत ल्याएर विजयी हुँदै प्रतिनिधि सभा सदस्य चुनिनुभएको छ ।अन्तिम मत परिणामअनुसार थापाले नेपाली कांग्रेसका राजीव कोइरालालाई पराजित गर्नुभएको हो । कोइरालाले १६ हजार ७१ मत ल्याउँदा नेकपा एमालेका सुजन लामाले ८ हजार ३०३ मत ल्याउनुभयो ।श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ४८४ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीकी रामकुमारी चौधरीले १ हजार ८१६ र राप्रपाका दिनेशकुमार बस्नेतले १ हजार २८७ मत ल्याउनुभएको छ ।बाँकी उम्मेद्वारले ७३५ भन्दा कम मत ल्याउनुभएको छ ।सुनसरी २ मा गत निर्वाचनमा नेकपा एमालेका भीमप्रसाद आचार्य ३२ हजार २४ मतसह

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १६७ पटक पढिएको
  • ताप्लेजुङमा नेकपा एमालेका क्षितिजि थेबे विजयी

    इटहरीः फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज थेबे १३ हजार ९६२ मत ल्याएर विजयी हुनुभएको छ ।निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५, श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ र रास्वपाका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले २३५ भन्दा कम मत ल्याउनुभएको छ ।ताप्लेजुङमा अघिल्लो निर्वाचनमा नेकपा एमालेका योगेशकुमार भट्टराई २१ हजार ९४३ मत ल्याएर विजयी हुनुभएको थियो ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २१३ पटक पढिएको
  • सामाजिक अभियन्ता रास्वपाकी उम्मेद्वार आशिका तामाङ धादिङ १ बाट विजयी

    इटहरी ।  सामाजिक अभियन्ताको छवि बनाएकी रास्वपाकी उम्मेद्वार आशिका तामाङ धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट ३९ हजार १२८ मत ल्याएर विजयी हुनुभएको छ ।अन्तिम मत परिणामअनुसार तामाङका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत ल्याउनुभएको छ ।नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ र नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ४७० भन्दा कम मत ल्याउनुभएको छ ।अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे ३६ हजार १८ मत ल्याएर विजयी हुनुभएको थियो ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १५० पटक पढिएको
  • न रह्यो गिलास, न बज्ने भो मादल

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको मत परिणामअनुसार संसदमा अब नेपाल मजदुर किसान पार्टी (मादल चुनाव चिह्न) र राष्ट्रिय जनमोर्चा (गिलास चुनाव चिह्न) को उपस्थिति नहुने भएको छ । रास्वपाको उर्लँदो लहरसँगै ती दुवै दलले आफ्नो गढ मानिएका भक्तपुर र बागलुङ जिल्लामा पराजय भोगेका छन् ।पराजयसँगै ३४ वर्षपछि यी दुई वामपन्थी दलको अस्तित्व सङ्कटमा परेको हो । संसदमा निरन्तर स्थायी प्रतिपक्षको भूमिका खेलेका नेमकिपा र राजमोले यो निर्वाचनमा एक सिट पनि जित्न सकेनन् । २०४८ सालदेखि हरेक निर्वाचनमा भक्तपुरबाट नेमकिपा र बागलुङबाट राजमोका उम्मेद्वार निर्वाचित हुँदै आएका थिए ।भक्तपुरबाट २०४८, २०५

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • ३५९ पटक पढिएको
  • सबैभन्दा कान्छो सांसद रास्वपाबाट विजयी, २६ वर्षीय केपी खनालले कैलाली २ बाट गर्दैछन् संसदको यात्रा

    इटहरी । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित हुनुभएको छ । २६ वर्षीय खानलले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गर्नुभयो ।निर्वाचनमा निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल हुनुभयो । अन्तिम मत परिणामअनुसार चौधरीले ११ हजार ९४९ मत ल्याउनुभएको छ ।एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ र नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४ हजार ३६९ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ७४५ भन्दा कम मत ल्याउनुभएको छ ।यसअघि क

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २२३ पटक पढिएको
  • भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज राई निर्वाचित, खोटाङ, भोजपुर र सुनसरी १ बाट श्रम संस्कृतिको हुने भो प्रतिनिधित्व

    इटहरी ।  ध्रुवराज राई श्रम संस्कृति पार्टीको तर्फबाट भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । योसँगै श्रम संस्कृति पार्टीका ३ जना उम्मेद्वार विजयी हुनुभएको छ ।अन्तिम मत परिणामअनुसार विजयी राईले १६ हजार ६६३ मत ल्याउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत ल्याउनुभयो ।नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७०, रास्वपाका रमेशप्रसाद ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टीका अजम्मर राई काङमाङले ५ हजार ७२८ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ८१५ भन्दा कम मत ल्याउनुभएको छ ।भोजपुरमा अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुदन किराती २८ हजार ५९१

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १६८ पटक पढिएको
  • जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हराउँदै रास्वपाका रामजी यादव सप्तरी २ बाट निर्वाचित

    इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउत पराजित हुनुभएको छ । राउतलाई रास्वपाका रामजी यादवले पराजित गर्नुभएको हो । गत निर्वाचनमा सप्तरी २ बाट विजयी राउत यस पटक भने तेस्रो हुनुभएको छ ।निर्वाचनको अन्तिम मत परिणामअनुसार २८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याउनुभयो । जनमतका अध्यक्ष राउतले ९ हजार ८८० मत ल्याउनुभयो ।जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिमान पार्टीका सतिशकुमार सिंहले ३ हजार ५५७ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८ र राष्ट्र निर्म

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १३१ पटक पढिएको
  • कांग्रेसले जित्यो १७ सिट, गणना भइरहेका स्थानमा कांग्रेसको छैन अग्रता

    इटहरी ।  फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य चयनको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । अब गणना भइरहेका क्षेत्रमा कांग्रेसको अग्रता नभएकाले प्रत्यक्षतर्फ उसले थप सिट पाउने सम्भावना कम छ । अहिले अग्रता नलिएका क्षेत्रमा अन्तिम समयमा कांग्रेसले बढी मत ल्याएमा थप सिट जित्ने सम्भावना हुन्छ ।नेपाली कांग्रेसले मनाङ, मुस्ताङ, हुम्ला, रसुवा, मुगु, अछाम, तेह्रथुम, दैलेख, सोलुखुम्बु, पाँचथर, डोटी, बाजुरा, पाल्पा, जाजरकोट, कपिलवस्तु ३, सुर्खेत १ र रौतहट २ मा जीत हासिल गरेको छ ।प्रत्यक्षतर्फ दोस्रो ठूलो दल भएको नेपाली कांग्रेस समानुपातिकतर्फ पनि दोस्रो ठूलो दल हुने भएको

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २१४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल