इटहरी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनमा उम्मेदवार बन्न चाहनेका लागि विभिन्न पदअनुसार शुल्क निर्धारण गरिएको छ ।डा. शशाङ्क कोइराला नेतृत्वको महाधिवेशन आयोजक समितिअन्तर्गत तयार गरिएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि उम्मेदवारी शुल्क तोकिएको हो ।निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति सदस्यका लागि ५० रुपैयाँ तोकिएको छ भने सबैभन्दा बढी केन्द्रीय सभापति पदका लागि ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले विभिन्
इटहरी । नेपाली कांग्रेसको संगठनभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला सुनसरीमा २५ वर्षीय युवा नेता सुमन रेग्मीले आफूलाई पुस्तान्तरणको अभियानसँग जोड्दै सक्रिय राजनीतिक यात्रा अघि बढाएका छन्। युवा पुस्ताको आवाज पार्टीको निर्णय प्रक्रियामा स्थापित हुनुपर्ने धारणा राख्दै रेग्मीले सुनसरी क्षेत्र नं. २ को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।सानै उमेरमा पार्टी संगठन र लोकतान्त्रिक गतिविधिमा सक्रिय हुँदै आएका रेग्मी पछिल्लो समय सुनसरी कांग्रेसमा नयाँ पुस्ताको प्रतिनिधिका रूपमा चर्चामा छन्। उनी डेमोक्रेटिक जेन्जी सुनसरी क्षेत्र नं. २(क) का संयोजक समेत हुन्। जेन्जी प
इटहरी । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।यसैगरी, महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण न
विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिकामा हिजो मतदान प्रक्रियामार्फत् नेतृत्व चयन भएको छ ।५१३ जना क्षेत्रीय प्रतिनिधि (मतदाता) मध्ये ४९० जनाले मतदान गर्दा पोखरेलले २९२ मत पाउनुभयो । प्रतिष्पर्धी हरिबहादुर पौडेलले १८७ मत प्राप्त गर्नुभएको थियो ।को हुन् होमनाथ पोखरेलसामान्य परिवारबाट राजनीतिक यात्रा शुरु गरेका पोखरेल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । विद्यार्थी जीवनमै सरकारका गतिविधिविरुद्ध खरो रूपमा प्रस्तुत हुने तथा प्रभावशाली भाषण गर्ने युवाका रूपमा उहाँ परिचित हुनुहुन्थ्यो ।विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका
सलकपुरः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगर कार्यसमितिको सभापतिमा होमनाथ पोखरेल विजयी हुनुभएको छ ।४९० मत खसेको निर्वाचनमा पोखरेलले २९२ मत प्राप्त गर्दा पौडेलले १८७ मत प्राप्त गर्नुभएको हो । १०५ मत बढी ल्याएर पोखरेल विजयी हुनुभएको हो । पोखरेल वर्तमान कार्यसमितिमा सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।निर्वाचनबाट खुला उपसभापतितर्फ कमल ढुङ्गाना ‘कुन्दन’ २९१ मत ल्याएर विजयी हुँदा प्रतिष्पर्धी रविन दाहालले १७६ मत प्राप्त गर्नुभयो ।उपसभापति महिलातर्फ अमृता लिम्बूले २७८ मत ल्याएर विजयी हुँदा धारणा खनालले १९६ मत प्राप्त गर्नुभयो । खनाल सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ को वडा
विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज मोरङको सुन्दरहरैंचा नगरपालिकामा मतदान प्रक्रियामार्फत् नेतृत्व चयन हुने भएको छ ।आज बिहान ८ बजे सुन्दरहरैंचाको दुर्गादेवी दुलाल स्पोर्टस्ग्राममा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।नगरमा पार्टीको नेतृत्व लिनका लागि २ समूह निर्वाचनमा होमिएका छन् । सचिव र सदस्य पदका पदाधिकारी भने निर्विरोध निर्वाचित भइसकेका छन् ।सभापति पदका लागि होमनाथ पोखरेल र हरिबहादुर पौडेलबीच प्रतिष्पर्धा हुने भएको छ ।महिला उपसभापति पदका लागि धारणा खनाल र अमृता लिम्बूबीच प्रतिष्पर्धा हुने भएको छ ।खुला उपसभापति पदमा कमल ढुङ्गाना कुन्दन र रबिन दाहालबीच प्रतिष्पर्धा हुन
विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको नेतृत्वका लागि सहसचिव पदमा उम्मेद्वारी दिनुभएका राजनकुमार बास्तोलाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ ।हिजो उम्मेद्वारी फिर्ता लिने समय सकिएपछि साँझ पौने ५ बजे उहाँले निर्वाचन अधिकृतलाई लिखित पत्र दिँदै उम्मेद्वारी फिर्ता गर्नुभएको हो ।उम्मेद्वारी फिर्ताका लागि दिइएको निवेदनमा सो पदमा आफू उम्मेद्वार नबन्ने मनसायले स्वेच्छाले उम्मेद्वारी फिर्ता लिइएको उल्लेख गरिएको छ ।अब सहसचिव पदमा विमला कार्की खड्का र कोमलप्रसाद लुइँटेलबीच प्रतिष्पर्धा हुने निर्वाचन अधिकृत विनोद अधिकारीले जानकारी दिनुभयो ।नगर कार्यसमितिको सचिव पदम
विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको अधिवेशन आज शुरु भएको छ । नगरको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।मतदानपूर्व नै केही पदमा भने सर्वसम्मत पदाधिकारी चयन भएका छन् । सचिव पदमा भुवनसिंह मगर निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष हुनुहुन्छ ।त्यस्तै, नगर सदस्य पदमा पनि सबै सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्य पदमा महिलातर्फ नुतनकुमारी साहको मात्रै उम्मेद्वारी परेको छ । २ जना निर्वाचित हुने खुला सदस्यमा रबिन बजगाईँ र सुजन थापाको उम्मेद्वारी परेको छ । दलित महिलामा रबिना रोक्का र दलित पुरुषम
इनरुवाः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत इनरुवा नगर कार्यसमिति सभापति पदमा योगेन्द्रप्रसाद मेहता निर्वाचित हुनुभएको छ ।हिजो सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार मेहताले २९६ मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी खेमराज थापाले १०५ मत प्राप्त गर्नुभयो । ४६१ मत खसेकोमा ६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।सभापति पदका अर्का दावेदार रोशन खड्काले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि मेहता र थापाबीच मात्र प्रतिस्पर्धा भएको थियो । थापा नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिका निवर्तमान सचिव हुनुहुन्छ ।उपसभापति पदमा लिलामणि पोखरेल, महिला उपसभापतिमा देवकी नेप
विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचामा आज नगर अधिवेशन हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।नगर सभापति पदका लागि शुरुमा ६ जनाले उम्मेद्वारी घोषणा गरे पनि तीमध्ये तीन जनाले सो घोषणा फिर्ता लिनुभएको जनाइएको छ ।सभापति पदका लागि होमनाथ पोखरेल, हरि बस्नेत र हरि पौडेलले उम्मेद्वारी दिने सम्भावना रहेको जनाइएको छ ।उपाध्यक्ष, सचिव, सहसचिवलगायत केही पदमा निर्वाचन हुने सम्भावना रहेको जनाइएको छ । सबै पदमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको बताइएको छ ।बिहान ८ बजेदेखि नगर अधिवेशन सुकुना बहुमुखी क्याम्पसमा हुने भएको छ ।