राजनीति

    Showing १७१-१८० of ८५४ items.
  • ओली र लेखकलाई पक्राउ गरिएकोमा प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै एमालेले जनायो आपत्ति

    इटहरी ।  आज शुरु भएको प्रतिनिधि सभाको पहिलो बैठक शुरु हुनासाथ नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई अविलम्ब रिहाइ गर्न माग गरेको छ ।एमालेका सांसद गुरु बरालले फौजदारी कार्यविधिको गलत प्रयोग गरेर ओली र लेखकलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र १८२ अनुसार गलत ढङ्गले प्रयोग गरिएकोमा गम्भीर आपत्ति रहेको उनले बताए ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २१९ पटक पढिएको
  • ४ घण्टा अघि साइकल चढेर हिँड्न सुझाएका सिन्धुलीका रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर पुगे संसद भवन

    इटहरी । सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् । २१ फागुनको निर्वाचनपछि पहिलो प्रतिनिधिसभा बैठकको लागि गजुरेल साइकलमा सिंहदबार पुगेका हुन् ।सडक सुरक्षा र हरित ऊर्जाका पक्षपाती रहेका गजुरेलले आज बिहान १० बजे आसपास सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए ।यस्तो छ उनले लेखेको स्टाटसः१ सम्भब भए सम्म हिडौ२ साइकल भए, प्रयोग गरौ३ सार्बजनिक यातयात प्रयोग गरौ४ बिधुतिय उर्जा को प्रयोग प्राथमिकतामा राखौपेट्रोल\डिजेल को प्रयोग कम गरौ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १७९ पटक पढिएको
  • नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा आज विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौंः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सांसदहरुको पहिलो बैठक आज शुरु हुँदैछ । बैठकमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको बताइएको छ ।आज रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने जनाइएको छ ।आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्ने बताइएको छ ।बैठकको अन्त्यमा सभामुखले

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २०३ पटक पढिएको
  • नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा आज तीन अध्यादेश पेश हुने

    काठमाडौंः २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सिंहदरबास्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे शुरु हुने भएको छ ।बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ र एक स्वतन्त्र सांसद रहेका छन् ।बैठकमा तीन अध्यादेश पेश हुनेआजको बैठकमा ती

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २०४ पटक पढिएको
  • नयाँ सभामुख चैत २२ गतेभित्र चुनिने

    काठमाडौंः नयाँ प्रतिनिधि सभाले चैत २२ भित्र नयाँ सभामुख पाउने भएको छ ।बुधबार सम्पन्न सर्वदलीय छलफलले पहिलो बैठकमै सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मा महासचिवलाई दिने सहमति गरेको हो ।आज दिउँसो २ बजेका प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकपछि चैत २० गते सभामुख पदका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १४६ पटक पढिएको
  • संसदीय दलको नेता चयनको विषयमा एमालेमा ‘युवा विद्रोह’, एमाले महासचिवको पुतला दहन

    काठमाडौंः संसदीय दलको नेता चयन प्रक्रियामा नेताहरूले गरेको व्यवहारको विरोधमा नेकपा एमालेसमर्थित युवा नेताले असन्तुष्टि जनाएका छन् । निर्वाचनमा लगातार धक्का खाँदै आएको नेकपा एमालेभित्र सुधारको अपेक्षा गरिए पनि व्यवहारमा भने पुरानै प्रवृत्ति दोहोरिएको युवाको भनाइ छ ।नेतृत्व तहमा युवालाई अवसर नदिएको भन्दै एमालेको भ्रातृ संगठन अनेरास्ववियुसँग आबद्ध विद्यार्थीहरूले हिजो महासचिव शंकर पोखरेलको राजीनामा माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् । अस्कल क्याम्पसबाट शुरु भएको प्रदर्शन पार्टी केन्द्रीय कार्यालयअगाडि पुगेर नाराबाजीमा परिणत भएको थियो ।संसदीय दलको नेतामा रामबहादुर थापालाई निर्विरोध निर्वा

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २०५ पटक पढिएको
  • यी हुन् नेकपा एमालेले बैशाख १२ सम्म घोषणा गरेका चरणबद्ध आन्दोलनका कार्यक्रम

    इटहरी । नेकपा एमालेको हिजो बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारविरुद्धको विरोधलाई थप व्यापक बनाउन सहकार्यको रणनीति अघि सारेको छ ।ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन अन्य दल र नागरिक समाजको सहयोग र समर्थनका लागि अपिल पनि गरेको छ ।यस्ता छन् नेकपा एमालेले घोषणा गरेका कार्यक्रमहरू–चैत २५ भित्र जिल्लास्तरमा कार्यकर्ता भेलाहरू आयोजना–चैत २८ मा सबै पालिकामा विरोध प्रदर्शन–वैशाख ३ मा वडा तहसम्म प्रदर्शन विस्तार–वैशाख ७ मा प्रदेशस्तरीय विरोध कार्यक्रम–वैशाख १२ मा काठमाडौँमा केन्द्रीय प्रदर्शनयी

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २०१ पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद् अधिवेशन आह्वान

    काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाउनुभएको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले चैत १९ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेपछि सोही आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको सिफारिशअनुसार चैत १९ गते दिउँसो २ बजेका लागि बैठक तय गरिएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १८९ पटक पढिएको
  • आन्दोलनमा एमालेले माग्यो अन्य दल र नागरिक समाजको समर्थन

    काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एमालेले अन्य दल र नागरिक समाजको सहयोग र समर्थनका लागि अपिल गरेको छ ।आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारविरुद्धको विरोधलाई थप व्यापक बनाउन सहकार्यको रणनीति अघि सारेको हो । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको ‘असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण’ गिरफ्तारीको विरोधमा देशव्यापी आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।सो आन्दोलनलाई प्रभावकारी बनाउन सबै राजनीतिक शक्ति र नागरिक समाजलाई एकताबद्ध हुन एमाल

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १५४ पटक पढिएको
  • मोरङ ३ का सांसद गणेश कार्कीको प्रस्तावः भूमि समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’ आवश्यक

    विराटचोकः मोरङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी सांसद गणेश कार्कीले भूमि र सुकुम्बासीसँग जोडिएका समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।कोशी प्रदेशका प्रत्यक्षतर्फका सांसदहरूको प्रधानमन्त्रीसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव राखेका हुन् ।भूमि र सुकुम्बासीसँग जोडिएका समस्या देशभर भए पनि मोरङ क्षेत्र नम्बर ३ मा धेरै जटिल र विशेष समस्या भएको हुनाले ती समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गरेर नयाँ सिकाइ देशभर फैलाउनुपर्ने उनको भनाइ छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १३९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल