इटहरी । समानुपातिकतर्फ निर्वाचित भएकाहरूको नागरिकता जारी भएको जिल्लाअनुसार सबैभन्दा धेरै सहभागिता बागमती प्रदेशमा देखिन्छ । यहाँबाट विभिन्न दलका ३६ जना नेताहरू सांसद बनेका छन् ।बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, चितवन, मकवानपुर र दोलखाबाट ३६ जना सांसद निर्वाचित भएका छन् ।कोशी प्रदेशबाट २२ जना र मधेश प्रदेशबाट १८ जना समानुपातिकतर्फ निर्वाचित भएका छन् ।कोशी प्रदेशका ताप्लेजुङ, मोरङ, सुनसरी, झापा, पाँचथर, संखुवासभा र सोलुखुम्बुबाट २२ जना तथा मधेश प्रदेशका सबै जिल्लाबाट १८ जना निर्वाचित भएका छन् ।गण्डकी प्रदेशका गोरखा, बाग्लुङ, तनहुँ र स्याङ्जाका
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट केही सेलिब्रेटीहरू पनि संघीय संसदमा पुगेका छन् ।रिमा विश्वकर्मा र अनुष्का श्रेष्ठले संसदको यात्रा तय गरेका हुन् । रिमा विश्वकर्माले पत्रकारिता तथा मिडिया क्षेत्रबाट आफ्नो करियर सुरु गरेकी थिइन् । रास्वपाले उनलाई दलित महिला समूहबाट समानुपातिक प्रणालीअन्तर्गत मनोनयन गरेको हो । उनी अभिनेत्री, मोडल र टेलिभिजन प्रस्तोता पनि हुन् । राजनीतिमा आउनुअघि उनले ‘नेपाल आइडल’ गायन रियालिटी शो सञ्चालन गरेकी थिइन् ।अनुष्का श्रेष्ठ सन् २०१९ की मिस नेपाल विजेता हुन् । उनलाई रास्वपाले आदिवासी जनजाति महिला समूहबाट समानुपातिक प्र
इटहरी । धादिङका १३ वटा स्थानीय तहले बैठक गरेर संयुक्त विज्ञप्ति जारी गर्दै सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत् दिएको ‘निर्देशन’ प्रति असन्तुष्टि जनाएका छन् ।रास्वपाबाट धादिङ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेकी तामाङले ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी गराउँछु । र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेकी थिइन् ।त्यसपछि धादिङका १३ वटै स्थानीय
इटहरी । समानुपातिकतर्फ निर्वाचित सांसदको संख्या हेर्दा जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंबाट १७ जना परेका छन् । यहाँ रास्वपाबाट मात्रै १० जना रहेका आयोगको तथ्याङ्कले देखाउँछ । यो तथ्याङ्क सांसदहरूको नागरिकता जारी भएको जिल्लाको आधारमा लिइएको हो ।रास्वपाबाट काठमाडौंका अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, कुसुम महर्जन, भूमिका श्रेष्ठ, कृपा महर्जन, लिमा आचार्य, विधुषी राणा, समीक्षा बास्कोटा, सुरेन्द्र चौधरी र अफ्साना बानु रहेका छन् ।भूमिका लिम्बू सुब्बा, रामबहादुर थापामगर र कुलभक्त शाक्य नेकपा एमालेबाट, प्रमेशकुमार हमाल र परशुराम तामाङ नेकपाबाट तथा भरत गिरी र खुश्बु ओली राप्रपाबाट समानुपाति
काठमाडौंः नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जीत हात पार्दै बहुमत प्राप्त गरेको छ ।रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेको थियो । रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छसंघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ ।
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । शाही गत निर्वाचनमा राप्रपाबाट प्रत्यक्षतर्फ विजयी हुने एक मात्र सांसद हुनुहुन्छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।बैठकले प्रमुख सचेतकको जिम्मेवारी खुश्बु ओलीलाई दिने भएको छ । ओली समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा चयन हुनुभएको हो ।पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बैठक बसेको पार्टीले जनाएको छ ।
इटहरी । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ११० सांसद निर्वाचित भएका छन्, तीमध्ये ३७ जिल्लाबाट भने कुनै पनि दलका उम्मेद्वार समानुपातिक सांसद भएनन् । काठमाडौं जिल्लाबाट भने सबैभन्दा धेरै १७ जना समानुपातिक सांसद भएका छन् ।काठमाडौंपछि धेरै समानुपातिक सांसद हुनेमा झापा जिल्ला परेको छ । झापाबाट ६ जना समानुपातिक सांसद भएका छन् ।धादिङ र मोरङबाट समान पाँच–पाँच जना, सुनसरी, सिराहा, धनुषा, दाङ र कञ्चनपुरबाट समान चार–चार जना उम्मेदवार विजयी भएका छन् ।त्यस्तै, ताप्लेजुङ, महोत्तरी, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, बाग्लुङ, रुपन्देही, कैलालीबाट समान तीन–तीन जना तथा संखुवासभा, रौतहट, सप्तरी, चितवन, गो
काठमाडौंः निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्न आवश्यक रहेको बताएका छन् ।आज प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्दा निर्वाचन खर्च घट्ने बताएका हुन् ।वर्तमान कानुनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने हुनाले त्यसको लागि हाल लागू रहेका करिव १० वटा निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । सो ऐनको लागि आयोगले मस्यौदा
काठमाडौंः अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर आज रिट दायर गरिएको हो । अधिवक्ता मनिषकुमार श्रेष्ठले रिट दायर गरेका हुन् ।दायर गरिएको रिटमा सदस्यताको योग्यताबारे नेपालको संविधानको धारा ८७ को उपधारा १ (ङ) मा संघीय संसद्को सदस्य हुन कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्थाविरुद्ध सिफारिश गरिएको, विगतमा नियुक्तिका निम्ति ‘कुलिङ अफ पिर
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज प्रमाणपत्र प्रदान गरेको छ ।आज एक कार्यक्रमका बीच समानुपातिकतर्फका ११० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले सांसदहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।सो निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र