काठमाडौंः नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको जग्गा मिचिएको भनी दिएको अभिव्यक्ति आत्मघाती भएको बताउनुभएको हो । सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले यस्तो बताउनुभएको हो ।राईले भन्नुभयो, ‘आज मेरो शिर निहुरेको महसुस भएको छ । सदनको रोस्ट्रममा उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मेरो मात्र होइन, करिब तीन करोड नेपालीको शिर निहुर्याएको छ । नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने भनाइ संसद्मा रेकर्ड भएको छ, त्यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ ।’प्रधानमन्त्रीको भनाइमा गर्वका सा
काठमाडौंः हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरुले विरोध जनाएका छन् ।बैठकमा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्री साहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्रीको विरोध जनाएका थिए । प्रधानमन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी सांसदहरुले दिएका हुन् ।हिजो प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहले भारतले मात्
इटहरी । एकात्मक राजतन्त्रको अन्त्य गरी देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन भएको हुनाले आजको दिनलाई नेपालमा गणतन्त्र दिवसको रुपमा मनाइन्छ ।पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो ।संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको अन्त्य गरी गणतन्त्रात्मक व्यवस्था लागू भएको घोषणा गरेको थियो ।लोकतन्त्र स्थापना भएपछि २०६३ जेठ ४ गतेको प्रतिनिधिसभाक
धरानः पूर्व वडाध्यक्ष धनबहादुर राईलाई श्रम संस्कृति पार्टीले आगामी स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेद्वार बनाउने घोषणा गरेको छ । सो पार्टीले हालै पार्टी प्रवेश गरेका सुदन किरातीलाई प्रदेशको मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।आज श्रम संस्कृतिले राईलाई मेयरमा अघि सार्ने घोषणा गरेको हो । राई धरान उपमहानरपालिका–४ का पूर्ववडाध्यक्ष हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित भए पनि स्वतन्त्र उम्मेद्वारी दिएर मेयर पदमा जितेका हर्क साम्पाङलाई राईले सघाउँदै आएका थिए ।धरानमा साम्पाङलाई साथ दिने उनै एक्ला वडाध्यक
विराटनगरः भोलि जेठ ६ गते दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा कोशी प्रदेश सभाको नवौं अधिवेशन बैठक बस्ने भएको छ ।बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि प्रदेश सभा सचिवालय हाल कटहरीबाट सञ्चालन हुँदै आएको छ । सचिवालय भवनमा बैठक सञ्चालनको पर्याप्त तयारी नभएकाले यसपटक पनि वीरेन्द्र सभा गृहबाटै अधिवेशन सञ्चालन हुने भएको हो ।कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम पर्सि जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।
काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।बैठक सिंहदरबारमा बस्ने र सकारको काम कारबाहीका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले स्कटल्यान्डमाथि शानदार जीत निकाल्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो ।स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ दशमलव १ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जीतमा कप्तान रोहित पौडेलले ९८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७४ रन बनाएका थिए । इशान पाण्डेले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रनको योगदान दिए ।स्कटल्यान्डका लागि मार्क वा
काठमाडौंः नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।भण्डारीले यसअघि नै सदस्यता नवीकरणका लागि निवेदन दिएकी थिइन् । तर त्यतिबेला पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । सोमबार बसेको सचिवालय बैठकले भने सदस्यता दिने निर्णय गरेको हो ।अब भण्डारी सक्रिय राजनीतिमा आउने बाटो खुलेको छ । भण्डारीले एमाले नेतृत्वमै आउने आकांक्षा राखेकी छिन् । गत वर्षको ३ साउनमा बसेको एमाले सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।पार्टी अध्यक्ष ओली कमजोर बन्दै गएप
धरानः श्रम संस्कृति पार्टीको कोशी प्रदेश तदर्थ कार्यसमिति चयन भएको छ । धरान–१० स्थित सैनिक भवनमा शुक्रबार समिति चयन भएको हो । तदर्थ समिति १३३ सदस्यीय रहेको सो पार्टीले जनाएको छ ।पार्टी अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा भएको भेलाले खोटाङका प्रताप राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । श्रमदाता र अगुवा श्रमदाताहरूको प्रतिनिधित्व रहने गरी समावेशी रूपमा गठन गरिएको समितिले प्रदेशमा पार्टीको नीति, श्रम संस्कृति र राजनीतिक एजेन्डालाई तल्लो तहसम्म पुर्याउने बताइएको छ ।यस्तो छ समितिको नामावलीःअध्यक्षः प्रताप राई (खोटाङ)उपाध्यक्षः प्रतिभा सेख अन्सारी (सुनसरी)उपाध्यक्षः दुर्गा पोखरेल (मोरङ)उपाध्यक्
इटहरी । नेकपा एमालले हिजो आयोजना गरेको ३३ औँ मदन आश्रित स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बन्नुभएको छ । भण्डारीले राजनीतिक सक्रियता बढाएपछि गत साउनमा भएको केन्द्रीय समितिको बैठकले भण्डारीको साधारण सदस्यता खोसेको (रद्द गरेको) थियो । एमालेले बल्खुको पुरानो कार्यालय रहेको खण्डहर स्थानमा आयोजना गरेको स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बन्नुभएको हो । भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय ओलीकै चाहना अनुसार भएको बताइएको छ । पत्थरी र हर्नियाको शल्यक्रिया गरेर हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले कार्यक्रममा आफू उपस्थित नहुने बरू विद्या भण्डारीलाई प्रम