राजनीति

    Showing १-१० of ८५४ items.
  • मोरङ–६ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कमला ओझा (मनिता) दंगालको उम्मेद्वारी

    दुलारीः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ बाट कमला ओझा दंगाल (मनिता) ले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय दंगाल सफल व्यवसायीका रूपमा समेत परिचित हुनुहुन्छ । व्यवसायसँगै सामाजिक गतिविधि र संगठनात्मक काममा सक्रिय रहँदै आउनुभएकी उहाँले पार्टीको महाधिवेशनमार्फत् आफूलाई थप जिम्मेवारीमा अघि बढाउने उद्देश्यसहित उम्मेद्वारी दिएको जनाउनुभएको छ ।‘एकता, संवाद र समृद्धि’ लाई आफ्नो मूल भावनाका रूपमा अघि सारेकी दंगालले संगठनलाई थप सुदृढ बनाउने, महिला तथा युवा सहभागिता बढाउने र कार्यकर्ताको आवाजलाई प्राथमिकताका

    • प्रकाशित मितिः असोज १४, २०८३
    • ३८ पटक पढिएको
  • मोरङ–६ मा कांग्रेसको क्षेत्रीय अधिवेशनका क्रममा झडप, केही नेता घाइते

    दुलारीः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ । मनोनयन दर्ताका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।झडपका क्रममा कांग्रेस नेता चुमनारायण तबदार, डिला संग्रौलालगायत घाइते भएको बताइएको छ ।सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु समन्वय प्रतिष्ठानमा आज मनोनयन दर्ता गर्ने क्रममा झडप भएको बताइएको छ । केही समय तनावपूर्ण अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।घटनाको वास्तविक कारण, झडपमा संलग्न पक्ष तथा निर्वाचन प्रक्रिया पुनः सञ्चालनबारे सम्बन्धित निर्वाचन समितिबाट औपचारिक जानकारी आउन बाँकी छ ।उता, मोरङ क

    • प्रकाशित मितिः असोज १४, २०८३
    • २९ पटक पढिएको
  • तेह्रथुम कांग्रेसको प्रदेशसभा सभापतिमा श्रीप्रसाद कार्की र कृष्ण बास्कोटा निर्वाचित

    म्याङलुङः नेपाली कांग्रेस तेह्रथुमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा श्रीप्रसाद कार्की निर्वाचित हुनुभएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कृष्ण बास्कोटा निर्वाचित हुनुभएको छ ।प्रदेशसभा ‘क’ को सभापतिका लागि भएको निर्वाचनमा कार्कीले २८२ मत ल्याउँदा प्रतिस्पर्धी प्रल्हाद खड्काले २६९ मत ल्याउनुभएको थियो ।प्रदेशसभा ‘ख’ को सभापतिमा निर्वाचित बास्कोटाले २१३ मत ल्याउँदा प्रतिस्पर्धी भीमबहादुर लिम्बूले १७४ मत ल्याउनुभयो ।नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत तेह्रथुमका ४३ वडामा असोज ४ गते वडा तहको नेतृत्व चयन गरिएको थियो । ६ वटै स्थानीय तहमा असोज ७ र ८ गते पालिका तहको नेतृत्व चयन

    • प्रकाशित मितिः असोज १४, २०८३
    • १८ पटक पढिएको
  • पाँचथरमा कांग्रेसको क्षेत्रीय सभापतिमा गणेश पोखरेल र भरत तुम्बापो विजयी

    फिदिमः नेपाली कांग्रेसको १५ औं महाधिवशेनअन्तर्गत पाँचथरको प्रदेश क्षेत्रीय सभापति निर्वाचित भएका छन् । प्रदेश निर्वाचन क्षेत्र–क मा गणेश पोखरेल र क्षेत्र– ख  मा भरत तुम्बापो सभापति पदमा विजयी हुनुभएको हो । ४१० मत प्राप्त गर्दै पोखरेल विजयी हुँदा प्रतिस्पर्धी अमिरहाङ केरुङले २९३ मत ल्याउनुभएको थियो । प्रदेश ख मा तुम्बापो ३०३ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी सन्तोष शेर्माले २८६ मत ल्याउनुभयो । प्रदेश क मा सचिवमा प्रदीप भण्डारी निर्वाचित हुनुभएको छ । प्रदेश २ मा कैलाश शेर्मा सर्वसम्मत चयन हुनुभएको छ । महाधिवेशन प्रतिनिधिको मतपरिणाम भने आउन बाँकी छ ।

    • प्रकाशित मितिः असोज १४, २०८३
    • ३०६ पटक पढिएको
  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा देवेन्द्र लामा पाँचथरको प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन

    फिदिमः पाँचथर क्षेत्र नं. ‘ख’ बाट युवा व्यवसायी तथा सक्रिय राजनीतिज्ञ देवेन्द्र लामा नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत प्रदेश प्रतिनिधिमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।नेपाली कांग्रेसको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यता तथा पार्टीभित्रको सहमति र सहकार्यलाई आत्मसात् गर्दै अघि बढ्ने क्रममा लामालाई प्रदेश प्रतिनिधिका रूपमा सर्वसम्मत चयन गरिएको हो । उहाँको राजनीतिक सक्रियता, सामाजिक योगदान, युवा पुस्तासँगको निरन्तर सम्बन्ध तथा सङ्गठन निर्माणमा देखाउँदै आउनुभएको सक्रिय भूमिकालाई ध्यानमा राख्दै क्षेत्रीय प्रतिनिधिहरूले उहाँलाई सर्वसम्मत रूपमा प्रदेश प्रतिनिधिका रूपमा अघि बढाएका ह

    • प्रकाशित मितिः असोज १४, २०८३
    • २९ पटक पढिएको
  • सुनसरी कांग्रेसको क्षेत्र नम्बर ४ को रोकियो मतगणना

    इटहरीः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुनसरीको लौकही सिटी हलमा जारी सुनसरी क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशन विवादमा परेपछि मतगणना रोकिएको छ ।मतदानका क्रममा एक पक्षबाट मतपत्र फालेपछि उत्पन्न विवाद केही समय तनावको अवस्था सिर्जना भएको थियो । विवादका कारण मतदान तथा त्यसपछिको मतगणना प्रक्रिया प्रभावित भएको जनाइएको छ ।स्थिति नियन्त्रणमा लिन सिटी हल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विवाद समाधान गरी निर्वाचन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा निर्वाचन समिति तथा स्थानीय नेताहरूबीच छलफल भइरहेको छ ।

    • प्रकाशित मितिः असोज १४, २०८३
    • ३५ पटक पढिएको
  • नेताको ‘आशीर्वाद’ पाएका उम्मेद्वार कमजोर देखिएपछि रोकियो मोरङ ३ मा कांग्रेसको अधिवेशन

    विराटचोकः नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ३ को निर्वाचनमा नेताहरु एकातिर र कार्यकर्ता एकातिर देखिएका छन् । क्षेत्र नम्बर ३ को सभापति पदका लागि सुन्दरहरैंचाका राजेन्द्र ढकाल र बेलबारीका राजेन्द्र अधिकारी चुनावी मैदानमा छन् ।पूर्व सांसद सुनिलकुमार शर्माका दाहिने हातका रुपमा रहेका वर्तमान क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले निर्वाचनमा हार्ने देखेपछि ठूला नेताको दबाबमा आजको निर्वाचन रोकिएको कार्यकर्ता बताउँछन् ।अधिकारीलाई शर्माका साथै पूर्व प्रदेश मन्त्री मानबहादुर लिम्बू, पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, नेपाली कांग्रेस मोरङका सचिव ललित श्र

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ११४ पटक पढिएको
  • कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना

    काठमाडौंः असोज १६ गतेदेखि शुरु हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशन केही दिन पछि सार्ने तयारी भएको छ ।प्रतिकूल मौसमी अवस्थालाई मध्यनजर गर्दै तीन दिनदेखि एक सातासम्म पछि सार्ने तयारी भइरहेको बताइएको छ ।पछिल्लो केही दिनयताको झरीले देशका विभिन्न भागमा फेरि बाढी र पहिरोको समस्या भएकाले मिति सार्ने तयारी भएको हो । मौसमी प्रतिकूलताका कारण विभिन्न जिल्लाका क्षेत्रीय अधिवेशनहरू प्रभावित भएपछि यस्तो निर्णय लिन लागिएको जनाइएको छ ।आज केन्द्रीय कार्यसमितिको बैठक बसेर यसबारेमा निर्णय हुने बताइएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ५५ पटक पढिएको
  • नेपाली काङ्ग्रेस मोरङ–३ सभापतिमा राजेन्द्र ढकालको उम्मेदवारी

    विराटचोकः नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा राजेन्द्र ढकालको उम्मेदवारीले चर्चा पाएको छ । युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका ढकाल सुन्दरहरैँचा–१२ निवासी हुनुहुन्छ ।स्वच्छ छविका ढकालले मोरङ–३ मा कांग्रेसको शुद्धीकरण र संगठन सुदृढीकरणका लागि उम्मेद्वारी दिएको बताउनुभएको छ । पार्टीका तल्लो तहका कमिटीमा नेताहरूको हस्तक्षेप बढ्दै जाँदा मोरङ–३ मा गुटबन्दी तीव्र बनेको भन्दै त्यसको अन्त्यका लागि आफूले उम्मेद्वारी दिएको उहाँको भनाइ छ ।नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सोमबार मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । क्षेत्रीय सभापति पद

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ४८ पटक पढिएको
  • देउवा समूहको महाधिवेशनका लागि तोकियो उम्मेद्वारी शुल्क

    इटहरी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनमा उम्मेदवार बन्न चाहनेका लागि विभिन्न पदअनुसार शुल्क निर्धारण गरिएको छ ।डा. शशाङ्क कोइराला नेतृत्वको महाधिवेशन आयोजक समितिअन्तर्गत तयार गरिएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि उम्मेदवारी शुल्क तोकिएको हो ।निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति सदस्यका लागि ५० रुपैयाँ तोकिएको छ भने सबैभन्दा बढी केन्द्रीय सभापति पदका लागि ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले विभिन्

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १०१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल