मनोरञ्जन

    Showing ५१-६० of १४२ items.
  • कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

    इटहरी । गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ। गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ ।एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए । उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’ मा समावेश पहिलो गीत ‘साँझ पर्‍यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो सम

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ६०६ पटक पढिएको
  • मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध साइबर ब्युरोले कारबाही गर्ने भएको छः समीक्षा अधिकारी

    इटहरी । गायिका समीक्षा अधिकारीको चरित्र हत्या हुने भिडिओ बनाउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही प्रक्रिया अघि बढाउने भएको छ। आफूले साइबर ब्युरोमा दिएको निवेदनअनुसार दोषी व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको गायिका अधिकारीले बताएकी छन्।गायिका अधिकारीले साइबर ब्युरोमा दिएको निवेदन पनि सार्वजनिक गरेकी छन्। ‘मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध आज साइबर ब्युरोमा निवेदन दिएकी छु। मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्नेगरी राखिएको यस्तो प्रकारका भिडिओले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, अधिकारीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘साइबर ब्युरोबाट कम्प्युटर

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ४४१ पटक पढिएको
  • रिहा भएपछि अल्लु अर्जुनले भने- मायाका लागि धन्यवाद!

    एजेन्सी । भारतको चञ्चालगुडा केन्द्रीय कारागारबाट शनिबार बिहान रिहा भएपछि अभिनेता अल्लु अर्जुनले सबैलाई धन्यवाद दिएका छन्। उनको चलचित्र ‘पुष्पा-२ : द रुल’ हैदराबादमा प्रिमियर सोका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको थियो।त्यसपछि हैदराबाद अदालत पेस गरिएका उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भए पनि उनले तेलंगना उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतले शुक्रबार साँझ नै धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी शनिबार बिहान छुटेका हुन्।हिरासतबाट रिहा भएपछि उनले भने, ‘म सबैलाई धन्यवाद दिन्छु।’अभिनेता अल्लुले आफूलाई कानुनमा पूर्ण विश्वास रहेको बत

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • ४८२ पटक पढिएको
  • पुष्पा–२ का अभिनेता अल्लु अर्जुन पक्राउ

    काठमाडौं । हैदराबादको सन्ध्या थिएटरमा ४ डिसेम्बरमा भएको भागदौडमा महिलाको मृत्युको घटनामा संलग्न रहेको आरोपमा तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । अल्लु अर्जुन अभिनित ’पुष्पा २ः द रुल’ को प्रिमियर शोका क्रममा घटना भएको थियो । अनियन्त्रित भीडका कारण भागदौड मच्चिएपछि ३५ वर्षीय रेवतीको मृत्यु भएको र उनका ९ वर्षीय छोरा श्री तेजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।चक्कडपल्ली प्रहरी चौकीको टोलीले अल्लु अर्जुनलाई शुक्रबार बिहान जुबिली हिल्सस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई प्रहरी चौकीमा लगेर घटनाबारे सोधपुछ गरिने प्रहरी स्रोतले जानकारी दिएको छ । पी

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • ३७१ पटक पढिएको
  • ‘कमेडियन’ हिक्मत महराको दुर्घटनामा मृत्यु

    इटहरी। चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ को उत्कृष्ट ४ मा पुग्न सफल कमेडियन हिक्मत महराको मृत्यु भएको छ । कैलालीको गोदावरीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटना उनको मृत्यु भएको हो।गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सुपप्र ०१–००१क २०६० नम्बरको ट्रकमा महराले चलाएको म.२ प ९११७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।‘कमेडी च्याम्पियन–२’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • ३३७ पटक पढिएको
  • तृप्ति बनिन् सबैभन्दा लोकप्रिय भारतीय स्टार, शाहरुख र दीपिकालाई पनि पछि पारिन्

    एजेन्सी । आईएमडीबीले भारतको सबैभन्दा लोकप्रिय चलचित्र स्टारहरूको सूची जारी गरेको छ। सूची अनुसार तृप्ति डिमरीको नाम पहिलो स्थानमा छ । यसरी अभिनेत्रीले शाहरुख खान, दीपिका पादुकोण र आलिया भट्टलाई पछाडि छाडेकी छिन् । आईएमडीबीको सूची अनुसार दीपिका दोस्रो स्थानमा, शाहरुख चौथो र आलिया ९औँ स्थानमा छन् । सूचीको तेस्रो स्थानमा ईशान खट्टर रहेका छन् । ऐश्वर्या राय सातौँ, सामन्था रुथ प्रभु आठौँ र प्रभास दसौँ स्थानमा छन् ।तृप्तिले यस उपलब्धिमा खुसी व्यक्त गर्दै आईएमडीबीलाई पनि धन्यवाद दिएकी छन् । इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेकी छन्– यो मेरो लागि निकै अनौठो पल हो । कस्तो अचम्मको वर्ष थियो। यस

    • प्रकाशित मितिः मंसिर २२, २०८१
    • ३७७ पटक पढिएको
  • राजविराजमा "विचार गोष्ठी" सम्पन्न, शेखर कोइरालाको सम्बोधन

     सप्तरी - जय नेपाल फाउन्डेसन मधेस प्रदेशको आयोजनामा सप्तरीको राजविराजमा "विचार गोष्ठी" कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभयो। कोइरालाले वर्तमान राजनीतिक परिस्थिति, कांग्रेस पार्टीको रणनीति र मधेसका चुनौतीहरूबारे विचार राख्दै कांग्रेस पार्टीको जनसेवाप्रतिको प्रतिबद्धता दोहोर्याउनुभयो।गोष्ठीमा कांग्रेस केन्द्रीय सदस्यहरू किरण यादव, राजीव कोइराला, दिनेश यादव, र डा. चन्द्रमोहन यादव सहभागी भएका थिए। त्यस्तै, विभिन्न जिल्लाबाट आएका कांग्रेसका जिल्ला सभापतिहरू डिगबहादुर लिम्बू (मोरङ), केदार भण्डारी (सुनसरी), न

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • ३९६ पटक पढिएको
  • मनीषा कोइरालाले जितिन् फिल्म फेयर ओटीटी अवार्ड

    एजेन्सी । चर्चित अभिनेत्री मनीषा कोइरालाले फिल्म फेयर ओटीटी अवार्ड्स २०२४ जितेकी छिन। उनले ‘हीरामन्डी’ मा दिएको उत्कृष्ट प्रदर्शनका लागि महिला, ड्रामा श्रेणीमा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जित्न सफल भएकी हुन्।अवार्ड पाएसङ्गै मनीषाले फेसबुकमा निर्माण टिमलाई धन्यवाद दिएकी छ्न। ‘मलाई जीवनभरको भूमिका दिनुभएकोमा भन्साली प्रोडक्सनलाई धन्यवाद’ उनले लेखेकी छिन्।मे १ बाट नेटफ्लिक्समा स्ट्रीमिङ भएको यस वेव सिरिजलाई निकै रुचाइएको थियो। यसमा मनिषासहित सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, ताना शाह बदुशा, सञ्जिदा शेख र शर्मिन सहगलको पनि अभिनय छ। सञ्जय लीला भन्साली निर्देशित यस वेब सिरिजमा हीरामन्ड

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २८० पटक पढिएको
  • इटहरीमा सुरु भयो ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’

    इटहरी । नेपाल र युरोपबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा चार दिने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ सुरु भएको छ । इटहरीको इलाईट सिनेमा हलमा आयोजित महोत्सवको उद्घाटन समारोह कार्तिक ३० गते साँझ ५ बजे सम्पन्न भएको थियो । उद्घाटन समारोहमा नेपाली चलचित्र उद्योगका चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।महोत्सवको पहिलो दिन हाल प्रदर्शनरत फिल्म ‘पुर्ण बहादुरको सारङी’का प्रमुख कलाकार विजय बराल, प्रेमगीत सिरिजका निर्माता सन्तोष सेन, वरिष्ठ अभिनेता प्रेम सुब्बा, १२ गाउँ फिल्मका लेखक तथा अभिनेता सन्तोष सरकार,

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ३१४ पटक पढिएको
  • ‘कबड्डी ४’ लाई उछिन्दै विराजको ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड

    इटहरी । विराज भट्टको फिल्म ‘१२ गाउँ’ बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। ‘कबड्डी ४’ रेकर्ड तोड्दै यो फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको हो।यस फिल्मले चार सातामा २५ करोड ५० लाख कमाइ गरेको वितरक गोविन्द्र शाहीले जानकारी दिए। ‘यस फिल्मले चार सातामा २५ करोड ५० लाख कमाइ गरिसकेको छ। पाँचौं हप्तामा पनि दर्शकको साथ राम्रै छ। हिजोको शोहरु हाउसफुल थिए’, उनले भने।जुन कलेक्सन यसअघिकै सर्वाधिक कमाइ गर्ने फिल्म ‘कबड्डी ४’को लाइफटाइम कलेक्सनभन्दा बढी छ। यस फिल्मले नेपालभर जम्मा २५ करोड हाराहारीमा कमाइ गरेको निर्माण टिमको जनाएको थियो। रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र सौगात मल

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • ४८४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल