मनोरञ्जन

    Showing १११-१२० of १४२ items.
  • ‘हिँड्दा हिँड्दै’ को टिजरमा झल्कियो आकाश र रेखाको प्रेम (टिजरसहित)

    काठमाडौँ । प्रेम कथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनिक गरिएको छ । भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्रको करिब एक मिनेट लामो टिजर साइराम पिक्चर्स मार्फत दर्शकमाझ ल्याइएको हो ।  नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशित चलचित्रको टिजरमा अभिनेता आकाश श्रेष्ठ र नव अभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडको कथा देखाइएको छ, साथमा सलोन बस्नेत र सानीया खानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । सुशील पंगेनीको लेखन र निर्माणमा बनेको चलत्रिमा आकाश, रेखा, सलोन ,सानियाका साथमा बिमल श्रेष्ठ, भोला सापकोटा, विशाल श्रेष्ठ, विकास थापा मगर र बालकलाकार अर्विन थिङ्गल

    • प्रकाशित मितिः असार २९, २०८०
    • १८१ पटक पढिएको
  • बाबुलको ‘माया केही त बोलन’ शिल्पा र राज (भिडियोसहित)

    काठमाडौँ । गायक तथा संगीतकार बाबुल गिरीको नयाँ गीत ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो । संगीत समेत गिरीकै रहेको गीतमा ध्रुव कटुवालको शब्द छ । गीतको भिडियोमा राज कटुवाल र शिल्पा पोखरेलले अभिनय गरेका छन् । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।असारको धान रोप्ने परिवेशलाई भिडियोमा उतारिएको छ । भिडियोलाई ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन छ ।भिडियो:

    • प्रकाशित मितिः असार २७, २०८०
    • १४६ पटक पढिएको
  • स्वर्गीय गायक रोविन तामाङको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक

    काठमाडौँ । रक गायक रोविन तामाङको केही दिन अगाडि निधन भयो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै हिजो (आईतबार) अन्तिम संस्कार गरिएको छ । नेपाली गीतसङ्गीत र अभिनयको क्षेत्रमा गायक तामाङले योगदान उल्लेखनीय मानिन्छ । यस्तैमा उनै तामाङको स्वर रहेको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ ।निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर, रोविन तामाङको असामयिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै यो गीत सार्वजनिक गरिएको हो ।गीतले जिन्दगीलाई धुवाँमा नउडाउन सन्देश दिएको छ । गीतमा रोविनलाई गायक राजेश पायल राईले पनि स्वरमा साथ दिएका छन् ।सुरेश राईको शब्द

    • प्रकाशित मितिः असार २५, २०८०
    • १६८ पटक पढिएको
  • ट्रेलरमा यस्तो देखियो ‘लुङा’ फिल्म

    काठमाडौँ । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक भएको छ । श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा माया प्रेम संगै,सामाजिक कथालाई विशेष स्थान दिइएको छ ।किरण राईको निर्देशन रहेको फिल्मका निर्माता सञ्जीव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल र मनिशा पाठक रमेनुका घिमिरे र कैलाश राई र टि आर साम्सोहाङ सहनिर्माता रहेका छन् ।पूर्वमा छायाँकन गरिएको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, नि

    • प्रकाशित मितिः असार २५, २०८०
    • १७३ पटक पढिएको
  • खरेलको ‘मै नाचिदिन्छु’ मा पुष्प र कविताको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ । भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपाली लगायतको अभिनय छ । गीतमा कामेश्वर गम्बर सिंहको रुपमा प्रस्तुत भएका छन् । गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ । जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्द

    • प्रकाशित मितिः असार १५, २०८०
    • १९४ पटक पढिएको
  • यस्तो छ फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’(भिडियोसहित)

    काठमाडौंँ । अगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने फिल्म  ‘लुङा’को ‘अल्लारे जोवन’ गीत सार्वजनिक भएको छ । आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार छ । गीतमा अभिनेता भुवनसिंह राई र अभिनेत्री सारा लोहोरुङ राईबीचको प्रेम, नोंकझोक र परिवारको अवरोधलाई देखाइएको छ । किरण राईको निर्देशन रहेको फिल्ममा भुवन र साराको अलवा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सञ्जीव राई हुन् ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • १९२ पटक पढिएको
  • बाल गायिका अमिसाले ल्याइन् गीत ‘नाचूँ नाचूँ लाग्छ’(भिडियोसहित)

    काठमाडौँ । बाल गायिका अमिसा बजगाईँको स्वर रहेको गीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईँको सङ्गीत रहेको गीतको भिडियो पनि बनेको छ । जसको निर्देशन पनि सङ्गीतकार बजगाईँले गरेका हुन् ।भिडियोमा गायिका अमिसा नै देखिएकी छन् । केशव विश्वकर्माको छायाङ्कन, राजेश कुँवरको सम्पादन रहेको  भिडियो म्युजिक किचन स्टुडियोले तयार पारेको भिडिया त्रिमूर्ति इन्टरटेनमेन्टले बाहिर ल्याएको हो ।भिडियो:

    • प्रकाशित मितिः असार ११, २०८०
    • २३५ पटक पढिएको
  • विवाहको ११ वर्षपछि बुवा बने ‘आरआरआर’ अभिनेता राम चरण

    एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राम चरण पिता बनेका छन् । उनकी श्रीमती उपासना कामिनेनीले छोरी जन्माएकी छिन् ।सोमबार राती अभिनेतालाई आफ्नी श्रीमती र परिवारका केही सदस्यसँग हैदराबादको अस्पताल भित्र प्रवेश गरिरहेको देखिएको थियो । अस्पतालले यसबारे जानकारी दिएको छ । अस्पतालको मेडिकल बुलेटिनमा लेखेका छ, ‘उपासना कामिनेनी र राम चरणले २० जून २०२३ मा हैदराबादको अपोलो अस्पताल जुबली हिल्समा छोरीलाई जन्म दिएका छन् ।अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक भएको जानकारी दिएको छ । यी दुईलाई धेरैले बधाई दिइरहेका छन् । १४ जून २०१२ मा यी दुईको विवाह भएको थियो । विवाहको ११ वर्षपछि उनीहरुले छो

    • प्रकाशित मितिः असार ५, २०८०
    • १५० पटक पढिएको
  • उदय र मनिलाले गाए ‘जालहारी ठूली’(भिडियोसहित)

    काठमाडौँ । लामो समयपछि गायक उदय सोताङ र मनिला सोताङको युगल गीत सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा सफल गायन जोडीको रुपमा चिनिएका उदय र मनिलाको स्वरमा ‘जालहारी ठूली’ बोल गीत आएको छ । लोकशैलीको ‘जालहारी ठूली’ गीतको शब्द युकेमा रहेका मिलन नाल्बोले लेखेका हुन् । पुष्पराज बरालको संगीत र पवन भाटको संगीत संयोजन रहेको गीतको भिडियोलाई सांग्रिला क्रियशनले निर्माण गरेको हो । गीतको भाव अनुसार गाउँले परिवेश भिडियोमा उतारिएको छ ।बेदना थुलुङ र दिनेश कायस्थको अभिनय रहेको भिडियोमा उदय र मनिला पनि देखिएका छन् । सुजन तोलङ्गीले छायाँकन गरेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।भिडियो: 

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १५७ पटक पढिएको
  • यस्तो छ फिल्म ‘अन्तिम संस्कार’ को नयाँ गीत

    काठमाडौँ । प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को ओएसटी गीत ‘अल्झिन्छ सम्झना, बिर्सन्छु भने नि बिर्सन्न’ सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटी गीतमा स्वप्निल शर्माको शब्द, संगीत तथा स्वर छ । गीत भिडियोमा फिल्मका केही दृश्यहरु पनि समावेश गरिएको छ । असार ८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अभिनेता विजय लामाले न्युड सिन दिएको चर्चा छ ।साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्मले सामाजिक एवं सांस्कृ

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • १५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल