मनोरञ्जन

    Showing १०१-११० of १४२ items.
  • ‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई (भिडियोसहित)

    काठमाडौँ ।  तीज पर्व नजिकिएसँगै  गायक गायिकाहरूले यसलाई लक्षित गर्दै आफ्ना सृजनाहरू दर्शकमाझ पस्किरहेका छन्। गायिका बबिना भट्टराईले पनि नयाँ गीत लिएर दर्शकमाझ आएकी छन्।भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तीज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा  बबिनाकै सङ्गीत सुन्न सकिन्छ। सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरूमा समर्पित रहेको छ। केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।

    • प्रकाशित मितिः साउन १४, २०८०
    • १६० पटक पढिएको
  • फिल्म ‘जय हो’को गीत ‘राजारानी’मा रोमान्टिक केकी र सलोन (भिडियोसहित)

    काठमाडौं । भदौको ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’मा समावेश ‘राजारानी’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रवार बिहान राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा फिल्मका दुई मुख्य कलाकारहरू अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेत प्रस्तुत छन् । सागर आले मगर र सदीक्षा कट्टेलको स्वर रहेको गीतमा केकी र सलोन रोमान्टिक देखिएका छन् । शोभित बस्नेतको प्रस्तुति रहेको ‘जय हो’ फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्ममा केकी र सलोनसँगै अर्पण थापा, निशा अधिकारी माओत्से गुरुङ लगायतका कलाकारहरू शीर्ष भूमिकामा छन् । फिल्मको निर्माता सुरज सरकार र राज के. अधिक

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १४७ पटक पढिएको
  • ‘ए झरी’को फिमेल भर्सनमा मालाको हट अवतार

    काठमाडौँ । ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नवीन के भट्टराईको उक्त चर्चित गीत फिमेल भर्सनमा आएको छ । गायक नवीन के भट्टराईले झन्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूले फिमेल भर्सनमा ल्याएकी हुन् ।गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडल पुष्प खड्का र अभिनेत्री तथा मोडल माला लिम्बूले अभिनय गरेका छन् । प्रेम र प्रकृति भावलाई दर्साएको भिडियोमा पुष्प र मालाको केमेस्ट्री दमदार देखिएको छ । ‘ए झरी’ गीतमा सङ्गीत अर्जिनल भर्सनलाई नै राखिएको छ, अर्थात सङ्गीत संयोजनमा कुनै तोडमोड गरिएको छैन । जसमा शम्भुजीत बास्कोट

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १७८ पटक पढिएको
  • प्रताप र रिज्योनाको ‘माइत जाने हो’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । तीज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा विष्णु तामाङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, विजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरूको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १४७ पटक पढिएको
  • शिव परियारले ल्याए ‘तिमी हौ सबथोक मेरो’(भिडियोसहित)

    काठमाडौं ।गायक शिव परियारको नयाँ गीत ‘तिमी हौ सबथोक मेरो’सार्वजनिक भएको छ । प्रेमभावको यो गीतको शब्द रचना सागर फुयालले गरेका हुन् । गीतमा शिव परियारको संगीत र रिदम कँडेलको एरेन्ज छ ।शुक्रबार राइजिङ मलस्थित क्युज सिनेमाजमा आयोजित पत्रकार सम्मेलनमा उक्त एल्बममा समावेश गीत ‘तिमी हौ सबथोक मेरो’ गीत रिलिज गरिएको हो । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र अभिनेता अनुपविक्रम शाही फिचर्ड छन् । यो रोमान्टिक गीतमा मिरुना र अनुपलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।हरि हुमागाईंले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोका निर्माता सागर फुयाल हुन् । ‘

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १६९ पटक पढिएको
  • ‘मिसेस तामाङ २०२३’को उपाधि सरिता तामाङलाई

    काठमाडौं । ‘मिसेस तामाङ २०२३’को उपाधि सरिता तामाङले जितेकी छिन् । शुक्रबार काठमाडौंको नाचघरमा सम्पन्न सो प्रतियोगितामा अन्य १२ प्रतिस्पर्धीलाई पछि पार्दै सरिता ‘मिसेस तामाङ २०२३’ बनेकी हुन् ।एसके इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित यो प्रतियोगिताले तामाङ महिलाको व्यक्ति विकाशमा महत्वपूर्ण भूमिका खेल्ने कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङले बताए ।प्रतियोगितामा फष्ट रनर अपको उपाधि दुर्गा तामाङले, सेकेण्ड रनर अपको उपाधि सुस्मिता तामाङले हाँसिल गरे । मिना तामाङ थर्ड रनर अप र मनिषा तामाङ फोर्थ रनर अप घोषित भए ।अन्तिम प्रतिश्पर्धाको निर्णायकहरुमा गायकहरु आनन्द कार्की, विश्व दोंग, रो

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १७४ पटक पढिएको
  • कलाकारले भिजा नपाउँदा नेफ्टा अवार्ड रद्द

    काठमाडौँ । अन्ततः नेफ्टा अवार्ड नहुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यो अवार्ड यही जुलाई २२ मा अमेरिकाको टेक्सासमा हुने भनी आयोजकले प्रचारप्रसार गरेको थियो । आयोजकले प्रचारप्रसारसँगै मनोनयन पनि सार्वजनिक गरेको थियो । मनोनयन सार्वजनिक पछिको भिजा प्रक्रियाप्रति आयोजकले नै चित्त दुखाई गरेर पछाडि सरेपछि अवार्ड हुने वा नहुनेमा अन्योल थियो । अब भने अवार्ड रद्द भएसँगै त्यो अन्योलको अन्त्य भएको छ । अवार्डको मिति अब केबल ४ दिन मात्र बाँकी छ । मिति नजिकिँदै गएपछि कलाकारको भिजा प्रक्रियालाई लिएर अवार्ड हुन नसकेको आयोजकको दाबी छ ।अमेरिकास्थित अवार्डको स्थानीय आयोजक

    • प्रकाशित मितिः साउन २, २०८०
    • १६७ पटक पढिएको
  • अनुपको ‘एक कदम’मा स्मारिका र प्राञ्जलको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको नयाँ गीत ‘एक कदम’ सार्वजनिक भएको छ । कमला न्यौपानेको शब्द रहेको गीतमा यदिन गजमेरको संगीत र रुपम सिंह गुरुङको एरेन्ज छ ।अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको यो गीत रोमान्टिक शैलीमा तयार भएको छ । म्युजिक भिडियोमा मोडल स्मारिका ढकाल र प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोमा एक जोडी युवायुवतीको प्रेमकथा देखाइएको छ । भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन्, भने मानकृष्ण मर्हजनको छायांकन र बान्दे प्रसादको सम्पादन छ । भिडियो:

    • प्रकाशित मितिः साउन २, २०८०
    • १५१ पटक पढिएको
  • आकाश र करुणा अभिनित ‘माया धोका’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौंँ । पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘माया धोका’ सार्वजनिक भएको छ । प्रेम र धोका देखाउन खोजिएको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।  सिडी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा  रमेश लुइँटेलको शब्द छ । भिडियो भने उत्तम हुमागाईले  छायांकन र माधव बेलबासेको सम्पादन गरेका हुन् । भिडियो नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक भएको हो ।गीतकार रमेश लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । परदेशमा रहेर पनि नेपाली गीत लेखनमा निकै सक्रिय उनको यस अगाडि पनि थुप्रै गीत बाहिर आएका छन् । भिडियो:&nb

    • प्रकाशित मितिः साउन १, २०८०
    • १५५ पटक पढिएको
  • म्युजिकल सिनेमा ‘समलिङ्गी’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । नेपाली गीत सङ्गीत बजारमा नयाँ प्रकारको “समलिङ्गी” नामक  म्युजिकल सिनेमा सार्वजनिक छ ।  हालसम्म निस्केको र  बनेको भन्दा फरक कथा र विषय समेटेर भिडियो बनाइएको  निर्माण पक्षको दाबी छ।शिरिशा पौडेलको शब्द, भीम बिसीको सङ्गीत तथा समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । दीपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उक्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन्।सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक वसन्त सापकोटाले यो म्युजिकल भिडियोमा भने आफू क्रीएटिभ डाइरेक्टरका रूपमा काम गरेका बताए । भिडियोलाई दीपशिखा खड्काले निर्देशन गरेकी हुन् ।भि

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १९१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल