खेलकुद

    Showing ४१-५० of ५७५ items.
  • पाराग्वेलाई हराउँदै साबिक उपविजेता फ्रान्स पुग्यो क्वार्टरफाइनलमा

    विराटचोकः अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान सुरक्षित बनााएको छ ।कप्तान किलियन एम्बाप्पेले खेलको ७० औं मिनेटमा गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल बनेको थियो । एम्बाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।जारी विश्वकपमा एम्बाप्पेको सातौं गोल हो । उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको

    • प्रकाशित मितिः असार २१, २०८३
    • १५४ पटक पढिएको
  • सहआयोजक क्यानडालाई हराउँदै मोरक्को पुग्यो क्वार्टरफाइनलमा

    इटहरी ।  अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा प्रतियोगिताको सहआयोजक क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।मोरक्कोको जीतमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५० औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए । कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए ।खेलको ८२ औं मिनेटमा ओउनाहीले अर्काे गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाएका थिए ।मध्यान्तरपछिको अतिरिक्त समयको अन्तिम मिनेटमा रहिमीले अर्काे गोल गर्दै मोरक्कोलाई ३–० को सहज जीतमा पुर्याएका हुन् ।सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस

    • प्रकाशित मितिः असार २१, २०८३
    • १८७ पटक पढिएको
  • विश्वकपमा अब बाँकी १६ टोली, शुरु भो प्रि–क्वाटरफाइनलको रोमाञ्च

    इटहरी ।  फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल (राउन्ड अफ १६) को समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सम्पन्न भएसँगै विश्वकप उपाधि दौडमा अब १६ टोली मात्र बाँकी रहेका छन् ।राउन्ड अफ ३२ मा केही ठूला टोली अप्रत्याशित रूपमा बाहिरिएका छन् । चार पटकको विश्वविजेता जर्मनी, गत विश्वकपमा तेस्रो बनेको क्रोएसिया, दाबेदार नेदरल्यान्ड्स, एशियाली शक्ति जापान तथा अफ्रिकाको बलियो टोली सेनेगल अन्तिम १६ मा पुग्न असफल भए ।साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, गत संस्करणमा चौथो बनेको मोरक्को, युरोपेली महारथी स्पेन, इंग्ल्यान्ड, बेल्जियम, ब्राजिल, पोर्चुगल, अमेरिका लगायतका टोलील

    • प्रकाशित मितिः असार २१, २०८३
    • १६३ पटक पढिएको
  • कोलम्बिया पुग्यो अन्तिम १६ मा

    इटहरी ।  फिफा विश्वकप २०२६ को अन्तिम १६ मा कोलम्बिया पुगेको छ । आज बिहान भएको खेलमा घानालाई १–० ले पराजित कोलम्बिया अन्तिम १६ मा पुगेको हो ।अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा कोलम्बियाको जीतमा जोन एरियासले खेलको १४ औं मिनेटमा लुइस स्वारेजको पासमा गरेको गोल नै निर्णायक भएको थियो ।सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रोपटक नकआउट चरणमा जीत निकालेको छ । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो ।कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बन्दै राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो ।अब कोलम्बियाले क्वार्टरफाइनल

    • प्रकाशित मितिः असार २०, २०८३
    • १५२ पटक पढिएको
  • मध्यान्तरअघि कोलम्बिया एक गोलले अघि

    इटहरी । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानाविरुद्ध एक गोलको अग्रता लिएको छ ।कन्सास स्टेडियममा जारी खेलको मध्यान्तरअघि कोलम्बियाले एक गोलको अग्रता लिएको हो ।खेलको १४ औं मिनेटमा जोन एरियासले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

    • प्रकाशित मितिः असार २०, २०८३
    • १५६ पटक पढिएको
  • खेलको अन्तिम मिनेटमा भएको आत्मघाती गोल नै साबिक विजेता अर्जेन्टिनाका लागि सहज बन्यो अन्तिम १६ का लागि

    इटहरी ।  विश्वकप फुटबलको साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध सङ्घर्षपूर्ण जीत निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।आज बिहान मियामी स्टेडियममा भएको खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो पटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।खेलको २९ औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए ।निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको

    • प्रकाशित मितिः असार २०, २०८३
    • १४९ पटक पढिएको
  • लेटाङ नगरपालिकाले बालबालिकाका लागि ‘पब्जी र फ्रि फायर’ प्रतियोगिता सञ्चालन गर्ने

    लेटाङः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लेटाङ नगरपालिकाले बालबालिकाहरूलाई लक्षित गर्दै लोकप्रिय अनलाइन खेलहरू पब्जी र फ्रि फायर प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेको छ ।नगरपालिकाको १९ औँ नगरसभामा बजेटका नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै नगरप्रमुख भुपेन्द्रकुमार लावतीले सो जानकारी दिनुभएको हो।नगरसभामा नीति प्रस्तुत गर्दै नगरप्रमुख लावतीले बालबालिका तथा युवाहरूको रुचि र प्रविधिको बदलिँदो स्वरूपलाई ध्यानमा राख्दै नगरस्तरीय पब्जी र फ्रि फायर प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।यस्ता कार्यक्रमले नगरभित्र रहेका ई–स्पोट्र्सका प्रतिभाहरूलाई पहिचान गर्न र उनीहरूको क्षमतालाई सकारात्मक दि

    • प्रकाशित मितिः असार १८, २०८३
    • १७७ पटक पढिएको
  • लेटाङ फुटबल क्लब र लेटाङ एडभान्स अस्पतालबीच स्वास्थ्य साझेदारी, खेलाडी र परिवारलाई विशेष सुविधा

    लेटाङः लेटाङ फुटबल क्लब र लेटाङ–४ स्थित लेटाङ एडभान्स अस्पताल प्रालिबीच स्वास्थ्य साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार लेटाङ एड्भान्स अस्पताल क्लबको आधिकारिक हेल्थ पार्टनर रहनेछ ।सो अस्पतालले क्लबमा आबद्ध खेलाडी, पदाधिकारी, कर्मचारी तथा उनीहरूका नजिकका परिवार सदस्यहरूलाई विभिन्न स्वास्थ्य सेवामा निःशुल्क तथा सहुलियत सुविधा उपलब्ध गराउने भएको छ ।सम्झौतामा खेलाडी तथा कर्मचारीहरूलाई एमबीबीएस ओपीडी परामर्श, एक्स–रे, सामान्य घाउ ड्रेसिङ तथा दीर्घकालीन ड्रेसिङ सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ । टाँका, प्लास्टर÷स्ल्याब तथा हड्डीसम्बन्धी उपचार प्रक्रियामा ५० प्रतिशत छुट र प्रयोगशाला परी

    • प्रकाशित मितिः असार १६, २०८३
    • १७७ पटक पढिएको
  • चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश

    इटहरी ।  आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई पेनाल्टी सुट आउटमा ४–३ गोलले पराजित गरी अन्तिम १६ मा आफ्नो नाम दर्ता गरेको छ ।निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत् गरिएको थियो ।जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो । सन् २००२ मा जापान र कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला लिएको छ ।पाराग्वेले अब फ्रान्स र स्वीडेनबीचको खेलको विजेतासँग अन्तिम १६ मा खेल्नेछ ।जर्मनी जारी विश्

    • प्रकाशित मितिः असार १६, २०८३
    • ९६ पटक पढिएको
  • इङ्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा

    विराटचोकः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को समूह चरणको दोस्रो खेलमा इङ्ल्याण्ड र घानाबीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ ।समूह चरणको पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ को फराकिलो गोलअन्तरले हराएको थियो भने घानाले पानामामाथि १–० को जीत दर्ता गरेको थियो ।

    • प्रकाशित मितिः असार १०, २०८३
    • ३०० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल