खेलकुद

    Showing २५१-२६० of ५७५ items.
  • एनपीएल– जनकपुरले टस जितेर रोज्यो फिल्डिङ

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ।टीयू क्रिकेट मैदानमा विराटनगर किंग्स विरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।डिफेन्डर च्याम्पिययन जनकपुर पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग पराजित भएको छ। विराटनगर भने यसअघिका दुई खेलमै विजयी बनेको छ।टीयू क्रिकेट मैदानमा आजै अर्को खेल पनि हुनेछ। आज बेलुका ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • १९२ पटक पढिएको
  • ब्लाइन्ड महिला विश्वकपको उपाधि भारतलाई, नेपाल उपविजेता

    इटहरी । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलङ्काको कोलम्बोमा आइतबार भएको फाइनलमा नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो भने भारतले १२ ओभरमै तीन विकेटको क्षतिमा ११७ रन पूरा गर्दै लक्ष्य भेटाएको हो।फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन् भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन योगदान गरिन्।प्रतियोगितामा नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका सहभागी थिए। सेमिफाइनलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने भारतले अस्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो।यसप्रकारको क्रि

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २३४ पटक पढिएको
  • एनपीएल : आज कर्णाली र लुम्बिनी, काठमाडौं र विराटनगर भिड्दै

    इटहरी । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ ।लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् ।करण केसीको कप्तानीमा रहेको

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • ३४५ पटक पढिएको
  • मंसिर १५ देखि २२ गतेसम्म गछिया गोल्डकप

    गछियाः यही मंसिर १५ गतेदेखि २२ गतेसम्म गछिया युवा समाज मोरङको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप–२०८२ हुने भएको छ ।प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजकले गछियामा पत्रकार सम्मेलन गरेको थियो । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार र उपविजेता टिमले नगद १ लाख १ हजार रुपैयाँ पाउनेछन् ।अयोजक गछिया फुटबल क्लबका अध्यक्ष सरोज दाहालका अनुसार मंसिर १५ गते उद्घाटन खेल सहलेश फुटबल क्लब र बेलबारी फुटबल क्लबबीच हुनेछ । १६ गते आयोजक गछिया युवा क्लब र लिजेण्ड फुटबल एकेडेमी पश्चिम बंगाल, दार्जिलिङबीच हुनेछ । १७ गते जलथल फ

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ४१७ पटक पढिएको
  • अघिल्लो संस्करणमा पुछारमा रहेको लुम्बिनी लायन्सद्वारा चितवन राइनोज पराजित

    काठमाडौंः लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउंदै सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । लुम्बिनी पहिलो संस्करणमा एक खेल मात्र जितेर खेलको अन्तिममा रहेको थियो ।चालु संस्करणमा पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै विजयी शुरुवात गरेको चितवन राइनोज लुम्बिनीसँग पराजित भएको हो । लुम्बिनीले पहिलो संस्करणमा चितवन राइनोजलाई मात्रै हराएको थियो । यसपटक पनि पहिलो खेलमा त्यही दोहोरिएको छ ।चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको हो । लुम्बिनीका लागि गुल्बादिन नइबले अविजित रहँदै २३ बलमा

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २५३ पटक पढिएको
  • एनपीएलः टस जितेर चितवन राइनोजसँग फिल्डिङ गर्दै लुम्बिनी लायन्स

    काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङ गरिरहेको चितवनले यो प्रतियोगिताको दोस्रो खेल खेलेको हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।लुम्बिनीले भने पहिलो खेल खेल्न लागेको हो ।खेलमा चितवन राइनोजका तर्फबाट कुशल मल्लको कप्तानीमा रिजन ढकाल, देव खनाल, अर्जुन साउद (विकेटकिपर), अमरसिंह रटेउला, दीपक बोहरा, कमलसिंह ऐरी, डबिड मलान, रवी बोपरा, सइफ जइब र सोहेल तन्विरले खेलिरहेका छन् ।त्यस्तै, लुम्बिनी लायन्समा रोहितकुमार पौडेलको कप्तानीमा सन्दीप ज

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २०७ पटक पढिएको
  • सुदूर पश्चिमद्वारा काठमाण्डू गोर्खाज् पराजित

    काठमाडौंः गत संस्करणको उपविजेता टोली सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई हराएर सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।सुदूर पश्चिमको तर्फबाट खेलेका अमेरिकी खेलाडी हर्मीत सिंहको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले राजधानीको टोलीलाई हारको बाटो देखाएको हो ।पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमान्डु गोर्खाज सुदूर पश्चिमसँग पराजित भएको हो ।खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमको सुरुवात खराब भएको थियो । सुदूरले पहिलो ओभरमै २ ब्याटरको विकेट गुमाएको थियो । करण केसीको बलमा जोश ब्राउन एलबीडब्लुमा परे भने विनोद

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २३३ पटक पढिएको
  • विराटनगर किंग्सको शानदार जीत

    इटहरी । लोकेश बम र मार्टिन गप्टिलको शतकीय साझेदारीसँगै कीर्तिमान कायम भएको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा विराटनगर किङ्सले शानदार जीत हात पारेको छ ।मंगलबार सम्पन्न खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको हो । विराटनगर किंग्सले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनायो । एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले सो लक्ष्य पूरा गर्न नसक्दा हार बेहोर्नुपरेको हो ।पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ३१ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर एडम रोसिङ्टनले ३९ रन बनाए ।विराटनगरका

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • १९९ पटक पढिएको
  • विराटनगर किंग्सले दियो एनपीएलकै सर्वाधिक २२१ रनको लक्ष्य

    इटहरी ।  विराटनगर किंग्सले लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा नेपाल प्रिमियर लिगको इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको हो ।एनपीएलमा २०० रन स्कोर गर्ने पहिलो टिम बनेको विराटनगरले यसअघि आफैंले बनाएको सर्वाधिक स्कोरको कीर्तिमानसमेत तोडेको छ । पहिलो संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो ।विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बल खेल्दै १ चौका र ७ छक्का मद्दतमा ७२ रन बनाए । यस्तै न्युजिल्याण्डका म

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • २८३ पटक पढिएको
  • चितवन राइनोजको रोमाञ्चक जीत

    कीर्तिपुरः कर्णाली याक्सलाई ४ विकेटले पछि पार्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा रोमाञ्चक जीत हात पारेको छ ।कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदा १७१ रन बनायो । योसँगै चितवनले २ अंक जोडेको छ । चितवनका रवी बोपाराले सर्वाधिक ५२ रन बनाए । ३६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए । सैफ जैब ३८ र कप्तान कुशल मल्ल २० रनमा आउट हुँदा अर्जुन साउद ८ रनमा अविजित रहे ।कर्णालीका सोमपाल कामीले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए । युनिस सिंह, मार्क वार्ट र युवराज खत्रीले समान एकए

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • २३४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल