इटहरी । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।टस जितेको नेपालले मलेसियालाई अजमानस्थित सेभेन डिस्टिक ग्राउन्ड–२ मा पहिलो ब्याटिङका लागि निम्तो दियो । मलेसिया १७.२ ओभरमै ५१ रनमा समेटियो । नितेशले ८ ओभरमा २ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रनमा ३ विकेट हात पारे। कप्तान अशोक धामी र रोशन विश्वकर्माले पनि १–१ विकेट जोडे।मलेसियाबाट नवौँ नम्बरका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाए । यी दुईबाहेक अन्य खेलाडी दोहो
विराटनगरः त्रिवि खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा ३ विकेटले विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले प्रियांक पान्चलको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो । ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६३ रन बनाएका थिए ।उनको यस सिजन यो दोस्रो अर्धशतक हो । पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे ।गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १
काठमाडौंः काठमान्डु गोर्खाजले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भएपछि ५३ रनले काठमाण्डु गोर्खाज विजयी भएको छ ।त्रिवि खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दा पाँच खेल खेलिसकेको काठमान्डुको यो तेस्रो जीत हो । विराटनगर किंग्ससँग काठमाण्डु गोर्खाजको समान अङ्क भए पनि रनरेटमा विराटनगर अघि छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो ।काठमान्डुका लागि सिम्पसनले सर्वाधिक
काठमाडौंः नेपाल प्रिमियम लिगको पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स जारी दोस्रो सिजनमा अङ्कविहीन छ । हालसम्म खेलेका तीनै खेलमा उसले जीत निकालेको छैन ।ब्याटिङमा सुमित वर्माको अर्धशतक अनि बलिङमा स्पीनर विपिन खत्री चम्किएपछि पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जीत हात पारेको छ । साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै पोखराले अङ्कको खाता खोलेको हो ।१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे पनि जीतसम्म पु¥याउन भने सकेनन् । आठौं
काठमाडौंः सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जीत हात पारेको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूर पश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।लगातार चार जीतपछि ८ अङ्कका साथ शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ । सुदूर पश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफमा पुग्नेछ । लुम्बिनीको यो लगातार तेस्रो हार हो । ४ खेलमध्ये एउटा खेलमात्र लुम्बिनीले जितेको छ ।आजक
काठमाडौंः नेपाल प्रिमियम लिग एनपीएलमा हालसम्म अपराजित यात्रा गरिरहेको विराटनगर किंग्सको यात्रामा विराम लागेको छ । आज भएको खेमा विराटनगरलाई अलआउट गर्न चितवन राइनोजका रन्जितले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । उनी यस सिजनमा एकै खेलमा ५ विकेट लिने पहिलो बलरसमेत बने ।बायाँ हाते स्पीनर रन्जित कुमारले पाँच विकेट लिएपछि विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लागेको हो । आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइएनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो ।चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा अलआउट भएको हो
इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर र चितवन आमने सामने हुँदैछन् । आज एक मात्रै खेल दिउँसो ४ बजेबाट सुरु हुँदै छ ।प्रतियोगिताको १२ औं खेलमा विराटनगर आफ्नो चौंथो खेलमा अपराजित रहने लक्ष्यमा रहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो। चितवन अघिल्लो खेलमा लुम्बिनी लायन्स सँग ६ विकेटले हारेकाले जितको लयमा फर्कने लक्ष्य सहित मैदान उत्रिनेछ।अर्कोतर्फ विराटनगरले जारी सिजन निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकाले विराटनगर आफ्नो अपराजित यात्रा कायम राख्दै अघि बढ्ने लक्ष्यमा छ। विराटनगरले प्रतियोगिताका सबै तीन खेल जितेकाले आत्माविश्वासी रहेको छ।विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ र
इटहरी । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायोन्सले लगातार दोस्रो हार बेहोरेको छ। लुम्बिनी २२ रनले पराजित भएको हो।त्रिवि क्रिकेट रङ्गशालामा काठमान्डु गोर्खाजले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १३५ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि दिलीप नाथले २५ रन बनाए। उनले ३३ बलमा १ चौका र १ छक्का प्रहार गरे। यस्तै, डी आर्सी सर्टले २२ रन बनाए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे। सेयर मल्लले १८ बलमा ३ छक्काको सहयोगमा २७य रन प्रहार गर्दै रन आउट भए।कप्तान रोहितकुमार पौडेल र गुलबदिन नाबिले समान ११, ओपनर सन्दीप जोराले ७ रन बनाए। यो जितसँगै ४ खेलमा काठमान्डुले दोस्रो जित दर्ता गरेको छ। यता
इटहरी । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ। उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ।करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो। काठमाडौं दुई अङ्कसहित तेस्रो स्थानमा छ।रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ। दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।
काठमाडौंः नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरी विराटनगर किंग्सले लगातार तेस्रो जीत हात पारेको छ । विराटनगरले यो सिजनका सबै तीन खेल जितेको हो ।विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि लफ्टी इतनले सर्वाधिक ४२ रन बनाएका थिए ।विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए । यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।त्रिवि क्रिकेट रंगशालामा विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाए